Dictionary

All Word

81851 वारि ना. यो. ना. २. आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार।
81852 वारि ना. पानी, जल।
81853 वारि ना. २. वर्षा झरी।
81854 वारिज ना. कमल।
81855 वारिज ना. २. शङ्ख।
81856 वारिज ना. वि. ३. पानीमा उत्पन्न हुने।
81857 वारित वि. रोक लगाइएको; मनाही गरिएको; निषिद्ध।
81858 वारित वि. २. छेकिएको; रोकिएको।
81859 वारित साहित्य ना. सार्वजनिक हितका दृष्टिले प्रकाशन गर्नगराउन वा पढ्नपढाउन मनाही गरिएको साहित्य, सरकारबाट प्रतिबन्धित साहित्य।
81860 वारिद ना. पानी बर्साउने तत्त्व; जलद; बादल।
81861 वारिनिधि ना. समुद्र।
81862 वारिपारि ना. यो. नदी वा सडक आदिको वल्लो र पल्लो किनारमा वारि र पारि वारपार।
81863 वारिस ना. उत्तराधिकारी।
81864 वारिस ना. २ मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति, प्रतिनिधि, वारेस।
81865 वारिस ना. ३. मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न पाउने व्यक्ति; हकदार।
81866 वारिसनामा ना. कुनै कामकुराका लागि वा मुद्दामामिलाको पैरबी गर्नाका लागि वारिस पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागतपत्र वा लिखत वारेसनामा अख्तियारनामा।
81867 वारिसनामा ना. २. उत्तराधिकारपत्र।
81868 वारिसपत्र ना. वारिसनामा।
81869 वारी प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिएर आउने एक तद्धितप्रत्यय ( जस्तो महिनावारी, मास्केवारी, फाँटवारी, रखवारी आदि)।
81870 वारुण वि. वरुणसँग सम्बन्धित ना. २. पानी, जल।
81871 वारुण वि. ३. सिब्लिकानको रुख वा पा।
81872 वारुणपदक ना. २०२३ साल जेठ १० गते स्व. श्री ५ महेन्द्रबाट संस्थापित; अविच्छिन्न पन्ध्र वर्षसम्म वारुणयन्त्रमा काम गर्ने कर्मचारीलाई प्रदान गरिने पद।
81873 वारुणयन्त्र ना. भवन, कार्यालय आदिमा आगलागी हुँदा पानीको फोहरा फ्याँकेर सो आगो निभाउने यान्त्रिक उपकरण; दमकल।
81874 वारुणी ना. वरुण देवताकी पत्नी।
81875 वारुणी ना. २. पश्चिम दिशा।
81876 वारुणी ना. ३. मदिरा; रक्सी।
81877 वारुणी ना. ४. दुबो।
81878 वारुणी ना. ५ .शतभिषा नक्षत्रयुक्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग।
81879 वारेन्ट ना. कुनै अपराधीलाई पक्रन सम्बन्धित अड्डा वा कार्यालयबाट मातहतका कर्मचारीलाई सुम्पिएको अधिकारपत्र।
81880 वारेन्ट ना. २. कुनै अपराधीका नाउँमा फौजदारी अड्डाबाट जारी गरिएको पक्राउपुर्जी, एक किसिमको समाह्वान वा समन।
81881 वारेन्ट ना. ३. कुनै व्यक्तिलाई तोकिएको रकम भुक्तान गर्न रुपियाँ झिक्नेबाट गरिएको आदेश।
81882 वारेन्टी ना. कुनै तथ्यको विवरण सत्य छ भन्ने प्रतिज्ञा।
81883 वारेन्टी ना. २. वारन्ट पाउने व्यक्ति।
81884 वारेस ना. हे. वारिस।
81885 वारेसनामा ना. वारिसनामा मन्जुरीपत्र।
81886 वार्ड ना. संरक्षण, रेखदेख।
81887 वार्ड ना. २. प्रशासनिक र विकास आदि काम गर्न सुविधा हुने गरी छुट्ट्याइएको भूभाग सीमित इलाका।
81888 वार्ड ना. ३. छात्रावास, अस्पताल, जेल आदिको खण्ड वा विभाग।
81889 वार्ड समिति ना. प्रशासन वा चुनाव आदिको सुविधाका दृष्टिले नगर वा गाउँको सानो एकाइ वार्डमा गठित वा निर्वाचित व्यक्तिहरूको समिति।
81890 वार्डेन ना. संरक्षक।
81891 वार्डेन ना. २. छात्रावासको रेखदेख गर्न खटिएको अधिकारी।
81892 वार्णिक वि. वर्ण वा अक्षरसँग सम्बन्धित वर्णको।
81893 वार्णिक वि. २. लेखक।
81894 वार्णिक छन्द ना. वर्ण वा अक्षरको लघुगुरु गणना गरिने शास्त्रीय छन्द वर्णवृत्।
81895 वार्ता ना. दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी, बातचि।
81896 वार्ता ना. २. वृत्तान्त हालखबर, समाचार।
81897 वार्ता ना. ३. हल्ला, जनश्रुति।
81898 वार्ता ना. ४. विषय प्रसङ्ग।
81899 वार्ता ना. ५ वर्ण- व्यवस्थाअनुसार वैश्यजातिले अँगाल्ने आजीविका, वैश्यवृत्ति, वैश्यकर्म।
81900 वार्तालाप ना. कुराकानी, वार्ता।