Dictionary

All Word

82001 वासिल वि. उठतीपुठती भएको; असुल गरिएको; उठाइएको ( शुल्क, चन्दा आदि)।
82002 वासिल बाँकी ना. असुल भइसकेको र बाँकी रकमकलमको हरहिसाब।
82003 वासिल बाँकी ना. २. स्रेस्तामा लिनेदिने दुवै थरी बसेर हरहिसाब गरी सहीछाप गरेको ठाडो; ढपोट।
82004 वासिलात ना. असुलउपर भएको रकमकलम उठाइएको शुल्क वा चन्दा।
82005 वासिलात ना. २. जो भएको सबै आम्दानीको जोड, कुल आम्दानी।
82006 वासिलात ना. ३. तोकिएको ठाउँबाट उठ्तीपुती हुनुपर्ने रकमकलमको सूची।
82007 वासिष्ठ वि. हे. वाशिष्ठ।
82008 वासी वि. कुनै ठाउँ बुझाउने शब्दका पछिल्तिर गाँसिएर 'त्यहाँ रहने' वा 'बसोबास गर्ने भन्ने अर्थ बुझाउने विशेषण (जस्तो- नगरवासी, ग्रामवासी आदि)।
82009 वासुकि ना. अष्ट्नागमध्येका एक नाग, प्रसिद्ध नागराज।
82010 वासुदेव ना. वसुदेवका पुत्र, कृष्ण।
82011 वास्कट ना. कोट, इस्टकोट आदि तयार गर्दा प्रयोगमा ल्याइने एक जातको बाक्लो सुती कपडा।
82012 वास्कट ना. २. इस्टकोट।
82013 वास्तव ना. वस्तुतथ्य यथार्थ कुरा; साँचो भनाइ।
82014 वास्तव ना. वि. २. सत्य यथार्थ; वास्तविक।
82015 वास्तविक वि. वास्तवमा हुने, अस्तित्व वा तथ्यपूर्ण, जस्ताको तस्तो।
82016 वास्तविक वि. २. काल्पनिक वा मिथ्याभन्दा भिन्न सत्य साँचो।
82017 वास्तविकता ना. वास्तविक हुनाको भाव वा अवस्था, वस्तुतथ्यता, सत्यता।
82018 वास्ता ना. मतलब, सरोकार, प्रयोजन।
82019 वास्ता ना. २. सम्बन्ध, चासो।
82020 वास्ताव्यास्ता ना. वास्ता आदि चासो र खोज खोजीनिधी।
82021 वास्ताव्यास्ता ना. २. हेरविचार, हेरचाह।
82022 वास्तु ना. घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी।
82023 वास्तु ना. २. घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ।
82024 वास्तु ना. ३. घर,वासस्थान, भवन, आवासगृह ४ नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजाआजा, घरपैंचो।
82025 वास्तु ना. ५. भवननिर्माण गर्ने शिल्प वा कला।
82026 वास्तु ना. ६. भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम।
82027 वास्तुकर्म ना. नयाँ घरमा सर्दा गरिने माङ्गलिक काम; घरपैंचो।
82028 वास्तुकला ना. भवननिर्माण गर्ने शिल्प वा कालिगडी।
82029 वास्तुकार ना. भवननिर्माणको पेसा अँगाल्ने व्यक्ति; इन्जिनियर।
82030 वास्तुदेवता ना. भवनका इष्ट देवता; गृहदेवता।
82031 वास्तुविज्ञान ना. भवननिर्माणको प्रविधि, वास्तुविद्या।
82032 वास्तुविद्या ना. भवन बनाउने शास्त्र, वास्तुकला, गृहनिर्माणको शास्त्र।
82033 वास्तुशान्ति ना. नयाँ घरमा प्रवेश गर्दा गरिने शान्तिस्वस्ति आदि मङ्गलकार्य।
82034 वास्तुशास्त्र ना. वास्तुविद्या।
82035 वास्ते ना. यो. लागि; निम्ति; खातिर।
82036 वास्सा ना. हे. बास्सा।
82037 वाह वि.बो. राम्रो काम गर्नेलाई स्याबासी दिँदा वा तारिफ गर्दा प्रयोग गरिने शब्द, धन्य।
82038 वाह वि.बो. २. खराब काम गर्नेलाई व्यङ्ग्यपूर्वक भनिने तिरस्कारसूचक शब्द।
82039 वाह वि. शब्दको पछाडि जोडिएर बोक्ने, लैजाने, ओसार्ने आदि अर्थ बुझाउने पद।
82040 वाह वि. (जस्तो- वारिवाह, जलवाह आदि )।
82041 वाह वि. ना. २. परिआएको बखत डोली, भारी आदि बोक्ने एक प्रकारको रकम।
82042 वाह वि. ३. लैजाने काम, ओसार्ने काम।
82043 वाह वि. ४. बोक्ने साधन ओसार्ने वस्तु यान।
82044 वाह वि. ५. मानिसलाई बोकी ओसार्ने हात्ती, घोडा, गोरु आदि पशु।
82045 वाहक वि. बोकेर पुऱ्याउने, काँधमा वा पिठिउँमा बोकी हिँड्ने।
82046 वाहक वि. २. रथ, गाडा आदि चलाउने, चालक, हँकुवा ड्राइभर।
82047 वाहक वि. ना. ३. भारी बोक्ने पेसा गरी जीविका गर्ने व्यक्ति भरिया।
82048 वाहक वि. ४. सबारी हाँक्ने व्यक्ति (सारथि, सबार, ड्राइभर इ.)।
82049 वाहन ना. मानिस चढेर हिंड्ने सजीव वा निर्जीव साधन, सामान ओसार्ने यान, सवारी, यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)।
82050 वाहन ना. २. बोकेर लग्ने काम, ओसार्ने काम।