Dictionary

All Word

81951 वाशिष्ठी वि. ना. २. वशिष्ठले बनाएको कर्मकाण्डको एक शाखा।
81952 वाष्प ना. तापको कडा असर परेर वा निर्धारित तापक्रमले आकाशमा उड्न सक्ने गरी बनेको पानीको बदलिंदो रूप, बाफ, बाष्प।
81953 वाष्प बिन्दु पानी तताउँदा बाफ बन्न थाल्ने तापक्रमको नाप।
81954 वाष्पीकरण ना. तरल वस्तुलाई बाफका रूपमा परिणत गर्ने काम।
81955 वाष्पीभूत वि. बाफका रूपमा परिणत भएको।
81956 वाष्पीय वि. बाफसँग सम्बन्धि; बाफको।
81957 वास ना. चिनी वा स्टार्च भएको कन्दमूल।
81958 वास ना. २. फलफूल, महुवा वा अन्न पानीसँग मिसाई, कुहाई रक्सी पार्न योग्य बनेको झोल।
81959 वास ना. बसोबास गर्ने किसिमले बनाइएको ओत; घ; गृह।
81960 वास ना. २. बसोबास गर्ने काम; रहने काम; निवास।
81961 वास ना. ३. लगाउने कपडा, वस्त्र, पोसाक।
81962 वास ना. ४. रहेको ठाउँ अवस्थल।
81963 वास ना. ५. बास्ना सुगन्ध।
81964 वास ना. ६. गन्ध।
81965 वास ना. ७. क्षणिक आवास, डेरा।
81966 वासकुटी ना. पाल।
81967 वासगृह ना. बस्ने घर।
81968 वासना ना. सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास।
81969 वासना ना. २. इच्छा, चाहना, आकाङ्क्षा; कामना।
81970 वासना ना. ३. मानसिक अनुभूति, भावना।
81971 वासना ना. ४. संस्कारका रूपमा अवस्थित पूर्वजन्मको अभिलाषा, आनुवंशिक संस्कार।
81972 वासना ना. ५. अज्ञान, भ्रान्ति।
81973 वासन्तिक वि. वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती।
81974 वासन्तिक वि. ना. २. विदूषक, हास्यकलाकार।
81975 वासन्तिक वि. ३. अभिनेता; अभिनय गर्ने पात्र।
81976 वासन्ती ना. वसन्त ऋतुमा हुर्कने र फुल्ने लहरा, माधवी लता।
81977 वासन्ती ना. २. नेवारी फूल।
81978 वासन्ती ना. ३. वसन्त ऋतुमा मनाइने उत्सव, वसन्तोत्सव।
81979 वासन्ती ना. ४. दुर्गा भवानी।
81980 वास बेसिन ना. शौचालय र स्नानगृह आदिमा उभिएर धाराको पानीले हातमुख धुनका लागि भित्तामा जडान गर्न मिल्ने गरी बनाइएको चिनियाँ माटो आदिको भाँडो।
81981 वासर ना. वार दिवस; दिन।
81982 वासर ना. २ आश्रयस्थल; घर।
81983 वासर ना. ३. वरवधूको प्रथम शयनागार।
81984 वासर ना. स्टोभ बल आदिमा हावा भर्न प्रयोग गरिने पम्पमा जडान गरिएको छाला वा रबरबाट निर्मित एक साधन।
81985 वासलात ना. साबिकवालाले आफूले काम गरेको मितिसम्मको स्याहासेस्ता र आम्दानीखर्चको स्रेस्ताले ठहर भएबमोजिम मौज्दात, बाँकी, नगदीजिन्सी जो भएको सबै लेखिदिई हालवालालाई सुम्पिन तयार पारिने कागजात, सरुवा हुने कर्मचारीले बुझबुझारथ गरिंदा लेखिदिने कागज।
81986 वासव ना. स्वर्गका राजा; इन्द्र।
81987 वासव ना. २. धनिष्ठा नक्षत्र।
81988 वासव ना. वि. ३. वसु देवतासँग सम्बन्धि।
81989 वासवदत्ता ना. सुबन्धुको आफ्नै कल्पनामा आधारित प्रेमकथात्मक एक संस्कृत गद्यरचना (यस प्रेमाख्यान र त्यसकी नायिकाको 'कथासरित् सागर' मा पाइने वत्सराज उदयन र वासवदत्ताको प्रेमाख्यान तथा त्यसकी नायिकासँग कुनै सम्बन्ध छैन)।
81990 वासवदत्ता ना. २. कतिपय कथामा वर्णित एक प्रसिद्ध गायिका।
81991 वासवदत्ता ना. 3. राजा उदयनकी रानी।
81992 वास व्यवस्था ना. बसोबास गर्ने प्रबन्ध, बस्ने ठाउँको बन्दोबस्।
81993 वासस्थान ना. बसाइको वास्तविक थलो बसेको ठाउँ, आवासस्थल।
81994 वासस्थान ना. २ घर गृह।
81995 वासस्थान ना. ३. आश्रयस्थान, थातथलो।
81996 वासित वि. बास्ना आउने गरी तयार गरिएको, सुगन्धि।
81997 वासित वि. २. लुगापोसाकले सजाइएको, सज्जि।
81998 वासित वि. ३. खनजोत, गोडगाड गरिएको आबादी (भूमि)।
81999 वासित वि. ४. नाम चलेको प्रसिद्ध।
82000 वासित वि. ना. ५. चराचुरुङ्गीहरूको सामूहिक स्वर कलरव।