Dictionary

All Word

82101 विकर्षण ना. ४. परीक्षण, जाँच।
82102 विकल वि. मनमा शान्ति नभएको व्याकुल, विह्वल।
82103 विकल वि. २. सन्तोष नभएको, असन्तुष्ट, क्षुब्ध ३ टुटेफुटेको, भाँचिएको, भताभुङ्ग।
82104 विकल वि. ४. पूरा नभएको, अपूर्ण अधुरो।
82105 विकल वि. ५. कम भएको नपुगेको; घटेको।
82106 विकलन ना. कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम।
82107 विकलन ना. २. आय वा व्ययको थपघटसम्बन्धी विवरण जनाउने सेस्ताको अभिलेख।
82108 विकला ना. चन्द्रमाको कलाको साठीयाँ भाग, चन्द्रमाको एक कला।
82109 विकला ना. २. कलाको साठी भागको एक भाग।
82110 विकला ना. ३. रजस्वला हुन छाडेकी स्त्री।
82111 विकला ना. ४. वाग्दत्ता तर अविवाहिता नारी, वाग्दान भएपछि केटो मरेर विधवातुल्य भएकी स्त्री, वैकल्या।
82112 विकलाङ्ग वि. शरीरको कुनै अङ्ग साबुद नभएको; अङ्गभङ्ग भएको; अपाङ्ग।
82113 विकलीकृत वि. हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको।
82114 विकलीकृत वि. २. अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको।
82115 विकलीकृत वि. ३. मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको।
82116 विकल्प पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत; अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार।
82117 विकल्प २. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम, अथवा।
82118 विकल्प ३. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम।
82119 विकल्प ४ अन्यौल भ्रान्ति भ्रम।
82120 विकल्प ५. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति।
82121 विकल्प ६. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालङ्कार।
82122 विकल्पन दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प।
82123 विकल्पन २. अनिश्चय; सन्देह।
82124 विकल्पन ३. नचाहिंदो खालको तर्कवितर्क।
82125 विकल्पित वि. निश्चय नभएको, अनिश्चित, सन्दिग्ध।
82126 विकल्पित वि. २. नियमको अनुसरण नगर्ने, अनियमि।
82127 विकसन ना. फूलको कोपिला अवस्थाबाट फक्रेको अवस्थामा पुग्ने काम; प्रफुल्लता।
82128 विकसन ना. २. अगाडि बढ्ने काम; उन्नति।
82129 विकसित वि. फक्रेको; फुलेको; प्रफुल्ल।
82130 विकसित वि. २. खुसी भएको; प्रसन्न।
82131 विकसित वि. 3. वृद्धि भएको; हल्केको।
82132 विकस्वर वि. फुलेको; विकसि।
82133 विकस्वर वि. २. चम्किलो; टलकदार; झलमलाउँदो।
82134 विकस्वर वि. ना. ३. विशेष कुरालाई सामान्य कुराले पुष्टि गर्दा पर्ने एक काव्यालङ्कार।
82135 विकार ना. कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण।
82136 विकार ना. २. बिग्रेको स्थिति खराब भएको अवस्था।
82137 विकार ना. ३. अदलबदल हेरफेर परिवर्तन।
82138 विकार ना. ४. पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली।
82139 विकार ना. ५. अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम।
82140 विकार ना. ६. अरुलाई जानेर वा नजानेर बिगार गर्ने काम।
82141 विकारी वि. कुनै किसिमको विकार पैदा भएको; विकारयुक्।
82142 विकारी वि. २. बदलिने स्वभावको; परिवर्तनशील।
82143 विकारी वि. ३. मनमा राग; द्वेष आदि विकार उत्पन्न भएको।
82144 विकारी वि. ना ४. साठी संवत्सरमध्येको एक संवत्सर।
82145 विकाश ना. देखाउने काम प्रकटीकरण प्रदर्शन।
82146 विकाश ना. २. उज्यालो प्रकाश, चहक।
82147 विकाश ना. ३. फैलावट, विस्तार।
82148 विकाश ना. ४. बढ़ती; वृद्धि।
82149 विकाश ना. ५. आकाश।
82150 विकाश ना. ६. आकाङ्क्षा, उत्सुकता।