Dictionary

All Word

82201 विकेन्द्रीकरण ना. शासनको शक्ति वा सत्ता केन्द्रीय स्तरमा मात्र सीमित नगरी अञ्चल, जिल्ला र गाउँ तहसम्म प्रत्यायोजन गर्ने काम।
82202 विकेन्द्रीकरण ना. २ स्थानीय समस्याहरू सुल्झाई समुचित रूपमा प्रशासन चलाउन सकियोस् भन्ने उद्देश्यले हुने सरकारविषयक कार्य तथा उत्तरदायित्वको स्थानीय सरकारमा विभाजन।
82203 विक्रम ना. पराक्रम; बहादुरी; वीरता।
82204 विक्रम ना. २. तागत; सामर्थ्य; शक्ति।
82205 विक्रम ना. ३. हिँडाइको प्रत्येक अडान; कदम।
82206 विक्रम ना. ४. साठी संवत्सरमध्ये एक।
82207 विक्रम ना. ५. विष्णु ईश्वर।
82208 विक्रम ना. ६. विक्रमसंवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य।
82209 विक्रम ना. ७. विक्रमादित्यले प्रचलनमा ल्याएको संवत; विक्रमसंवत्।
82210 विक्रम संवत् ना. विक्रमादित्यले चलाएको संवत्; नेपालमा चलेको संवत्; विक्रमाब्द।
82211 विक्रमादित्य ना. विक्रमसंवत्का प्रवर्तक; एक शक्तिशाली राजा।
82212 विक्रमादित्य ना. २. भारतका गुप्तवंशीय सम्राट् चन्द्रगुप्तको उपाधि।
82213 विक्रमाब्द ना. विक्रमसंवत्।
82214 विक्रमी वि. पराक्रमी वीर।
82215 विक्रमी वि. २. विक्रमादित्यसम्बन्धी।
82216 विक्रमी वि. ना. ३. विक्रमसंवत्।
82217 विक्रमीय वि. पराक्रमसम्बन्धी।
82218 विक्रमीय वि. २. विक्रमादित्यसँग सम्बन्धि।
82219 विक्रमीय वि. ३. विक्रमसंवत्को।
82220 विक्रय ना. मूल्य लिएर कुनै वस्तु दिने काम; बिक्री।
82221 विक्रय कर ना. बिक्रीको मूल्यका आधारमा सरकार वा अनुमतिप्राप्त संस्थाले उठाउने शुल्क।
82222 विक्रय पञ्जी ना. प्रतिदिनको बिक्री आदिको विवरण लेख्ने बही।
82223 विक्रय पत्र ना. मालसामान बिक्री गर्दा त्यसको विवरण, दर, मोल आदि लेखिएको कागजात (क्यासमेमो )।
82224 विक्रय लेख ना. घर वा जग्गाजमिन आदिको सुक्रीबिक्रीमा बेहोरा;सर्त आदि लेखिएको कागजात राजिनामा।
82225 विक्रयार्थ वि. बिक्रीका निम्ति राखिएको वा पठाइएको; बिक्री गरिने;बेचिने।
82226 विक्रयी वि. बिक्री गर्ने; बेच्ने ना. २. व्यापार गर्ने व्यक्ति; व्यापारी; साहू।
82227 विक्रान्त वि. आँट भएको, हिम्मती, साहसी, पराक्रमी, वीर।
82228 विक्रान्त वि. २ विजय गर्ने विजेता जित्ने ना. ३. कदम, पाइलो।
82229 विक्रान्त वि. ४. युद्ध गर्ने व्यक्ति; योद्धा।
82230 विक्रान्त वि. ५. सिंह।
82231 विक्रान्त गति ना. राम्रो चालले हिँड्ने व्यक्ति, सुन्दर हिँडाइ भएको प्राणी।
82232 विक्री ना. मोल लिएर कुनै वस्तु उसके भोगचलनका लागि दिने काम बेच्ने काम; विक्रय; बिक्री।
82233 विक्री ना. २. एक वस्तु दिएर त्यसको बदलामा अर्को 'वस्तु लिने काम; विनिमय।
82234 विक्री कर ना. कुनै मालसामान बिक्री गर्दा मूल्यका आधारमा लाग्ने वा उठाइने शुल्क।
82235 विक्रीत वि. बिक्री भएको; बेचिएको।
82236 विक्रीतनामा ना. चलअचल सम्पत्ति बिक्री गर्दा लेखिएको काग।
82237 विक्रेता ना. बिक्री गर्नाका लागि किन्ने संस्था।
82238 विक्रेता ना. २. बेच्ने मानिस।
82239 विक्रेता ना. वि. ३. बिक्री गर्ने ;बेच्ने।
82240 विक्रेय वि. बिक्री गर्न लायक; बेच्न योग्य।
82241 विक्रेय वि. २. बिक्री गर्न राखिएको; बिक्री हुने।
82242 विक्षत वि. चोटपटक लागेको; घाइते; घायल।
82243 विक्षत वि. ना. २. घाउ; चोटपटक; चोट।
82244 विक्षरण ना. लगातार चुहुने काम; प्रसवण।
82245 विक्षिप्त वि. दिमाग ठेगानमा नभएको; बहुलाएको; पागल।
82246 विक्षिप्त वि. २. आत्तिएको; आकुल व्यग्र।
82247 विक्षिप्त वि. ३ यताउति छिरलिएको;छित्रिएको; छरिएको।
82248 विक्षिप्त वि. ४. त्याग गरिएको; छोडिएको; त्यक्।
82249 विक्षिप्त वि. ५. फ्याँकिएको; मिल्काइएको।
82250 विक्षुब्ध वि. मनमा स्थिरता वा शान्ति नभएको; अतालिएको; ज्यादै क्षुब्ध।