Dictionary

All Word

82301 विघट्टन ना. घोट्ने वा रगड्ने काम; पिंधाइ।
82302 विघट्टन ना. २. उघार्ने वा खोल्ने काम।
82303 विघट्टन ना. ३. अलग्याउने वा छुट्ट्याउने काम।
82304 विघट्टनीय वि. विघट्टन गर्न योग्य।
82305 विघत ना. दुष्ट्याइँ; उपद्रो।
82306 विघत ना. २. नोक्सानी; हानि।
82307 विघात ना. घाउखटिरा; आघा।
82308 विघात ना. २. हत्या; वध मार।
82309 विघात ना. ३. टुक्र्याउने काम; छिन्नभिन्न गराउने कार्य।
82310 विघात ना. ४ रोक्ने प्रयास; बचावट।
82311 विघाती बाधा पुर्‍याउने काम पूरा हुन नदिने; प्रतिबन्धक।
82312 विघाती २. हत्यारा;घातक।
82313 विघ्न ना. कुनै कामको थालनीमा वा बिचमा सो काम नै विथोल्ने गरी आइपरेको घटना, अपशकुन।
82314 विघ्न ना. २. वाधा, अड्चन, अड्काउ, रोकावट।
82315 विघ्न ना. ३. विरोध, शत्रुता।
82316 विघ्नकारी वि. विघ्न पुऱ्याउने, उपद्रव गर्ने, काम बिथोल्ने।
82317 विघ्नविघात ना. विघ्नवाधालाई हटाउने काम; वाधा; अड्काउको निराकरण।
82318 विचक्षण ना. कुनै विषयको विशेषज्ञ, निपुण।
82319 विचक्षण ना. २. बुद्धिमान्, चतुरो, चलाक।
82320 विचक्षण ना. 3. ज्ञानगुन भएको विद्वान्; पण्डि।
82321 विचक्षण ना. ४. चम्किलो; चहकदार।
82322 विचक्षणता ना. विचक्षण हुनाको भाव वा स्थिति, वैचक्षण्य।
82323 विचयन ना. जम्मा गर्ने काम, एकत्र गर्ने क्रिया।
82324 विचयन ना. २. गवेषणा, खोजी।
82325 विचरण ना. घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल।
82326 विचरण ना. २. निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन।
82327 विचरण ना. वि. ३. चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि)।
82328 विचरित वि. घुमफिर गरेको; यताउति घुमेको।
82329 विचरित वि. ना. २. भ्रमण, विचरण, पर्यटन।
82330 विचलन ना. काँप्ने काम; कम्पन।
82331 विचलन ना. २. अस्थिरता; चञ्चलता।
82332 विचलन ना. ३. अहङ्कार।
82333 विचलन ना. ४. अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम।
82334 विचलन ना. ५. आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया।
82335 विचलित वि. आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्यु।
82336 विचलित वि. २. चञ्चल; अस्थिर।
82337 विचलित वि. ३. तर्सेको; आत्तिएको।
82338 विचार ना. कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन; मनन।
82339 विचार ना. २. मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर।
82340 विचार ना. ३. मनको सोचाइ;मनको अनुभूति।
82341 विचार ना. ४. तत्त्व - परीक्षा तात्त्विक तर्कवितर्क।
82342 विचार ना. ५. वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला।
82343 विचार ना. ६. सत्य र असत्य कुरा छुट्ट्याउने बुद्ध; विवेक।
82344 विचार ना. ७. रेखदेख; हेरविचार क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिध; घो।
82345 विचार ना. शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।
82346 विचारपति ना. न्यायाधीश।
82347 विचारक वि. सोचविचार गर्ने; मनन गर्ने।
82348 विचारक वि. २. दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक।
82349 विचारक वि. ना. ३. न्यायाधीश।
82350 विचारक वि. ४. नायक।