Dictionary

All Word

82401 विचेतन वि. ३. विवेक हराएको; मूर्ख।
82402 विचेतन वि. ना. ४. चेतनारहित हुने भाव वा क्रिया; संज्ञाशून्य स्थिति; निश्चेतन।
82403 विचेष्ट वि. चेष्टा नभएको; संज्ञाहीन; निश्चेष्ट बेहोस।
82404 विचेष्ट वि. २. चल्नचलबलाउन नसक्ने;अचल;स्थिर।
82405 विचेष्टता ना. संज्ञाहीनता; गतिशून्यता।
82406 विचेष्टित वि. प्रयास गरिएको; मेहनत पुयाइएको।
82407 विचेष्टित वि. २. खोजतलास गरिएको; खोजी भएको।
82408 विचेष्टित वि. ३. विचार नपुर्‍याई गरिएको।
82409 विच्छन्द वि. छाँट नमिलेको; नसुहाउँदो।
82410 विच्छन्द वि. २. छन्द नमिलेको; छन्द न बन्दको।
82411 विच्छन्द वि. ३. धेरै किसिमका छन्द भएको;विविध छन्दको (महाकाव्य आदि)।
82412 विच्छन्द वि. ना. ४. धेरै लङ; खण्ड वा कोठा भएको ठुलो भवन।
82413 विच्छित्ति ना. अलग्ग्याउने वा छुट्ट्याउने काम; विच्छेद; अलग्ग्याइ।
82414 विच्छित्ति ना. २. कमी;न्यूनता; अधुरोपन।
82415 विच्छित्ति ना. ३. स्त्रीको शृङ्गारप्रिय हाउभाउ; नारीको चेष्टाभेद।
82416 विच्छित्ति विशेष ना. अङ्गराग।
82417 विच्छित्ति विशेष ना. ३. स्त्रीको आकर्षक चेष्टा; हाउभाउ।
82418 विच्छिन्न वि. छिन्नभिन्न पारिएको; काटेर छुट्ट्याइएको;टुक्राटुक्रा बनाइएको।
82419 विच्छिन्न वि. २. तहसनहस पारिएको; फाँडिएको।
82420 विच्छेद ना. अलग्ग्याउने काम; सम्पर्कहीनता।
82421 विच्छेद ना. २. काटेर टुक्राटुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति।
82422 विच्छेद ना. ३. सिलसिलाको अभाव; क्रमभङ्ग।
82423 विच्छेद ना. ४. बिछोड; वियोग।
82424 विच्छेद ना. ५. बरबादी; नाश; खतम।
82425 विच्छेदक वि. छिन्नभिन्न पार्ने; टुक्र्याउने; सम्पर्क टुटाउने।
82426 विच्छेदन ना. प्वाल पार्ने वा छेड्ने काम; रोपण।
82427 विच्छेदन ना. २. काटेर टुक्र्याउने वा छुट्ट्याउने काम।
82428 विच्छेदन ना. ३. बिछोड; अलग्याइ; वियोग।
82429 विच्छेदन ना. ४. चट्टान फस्रिने चाल।
82430 विच्छेदनीय/ विच्छेद्य वि. काटेर एकएक गरी टुक्र्याउन लायक;छुट्ट्याउन योग्य।
82431 विजन वि. केही पनि नभएको; निर्जन।
82432 विजन वि. २. कोलाहल नभएको मानिसको आवागमन नहुनाले हल्ला नभएको; एकान्।
82433 विजन वि. ना. ३. निर्जन ठाउँ; एकान्त स्थल।
82434 विजय ना. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जि।
82435 विजय ना. २. वादविवाद प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित, जय, जितबाजी।
82436 विजय ना. ३. साठी संवत्सरमध्ये एक।
82437 विजयचिह्न ना. युद्ध; प्रतियोगिता आदिमा जित भएको चिनो; विजयको चिन्नल।
82438 विजय डिण्डिम हे. विजय दुन्दुभि।
82439 विजय दुन्दुभि ना. लडाइँका समयमा जित भएपछि बजाइने एक किसिमको प्राचीन बाजा।
82440 विजय पताका ना. लडाईंमा शत्रुपक्षलाई हराएर जित भएपछि फहराइने झन्डा वा ध्वजा, विजयसूचक चिह्न।
82441 विजय मुहूर्त ना. काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण।
82442 विजय मुहूर्त ना. २. युद्धमा जाँदा लडाईं जित्न उत्साह दिने प्रस्थानसमय।
82443 विजय यात्रा ना. शत्रुपक्ष वा यस्तै विपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान;प्रतियोगिता; युद्ध आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव।
82444 विजय लक्ष्मी ना. युद्ध आदिमा विजय दिलाउने देवी विजयश्री।
82445 विजय शाल ना. ज्यादै बलियो काठ हुने एक जातको रुख; विजयसार।
82446 विजयश्री ना. विजयलक्ष्मी।
82447 विजयसार ना. विजयशाल।
82448 विजयसिद्धि ना. युद्ध आदि जितेको सम्झनामा खडा गरिएको स्मारक वा स्तम्भ रणस्तम्भ जयस्तम्भ।
82449 विजया ना. दुर्गा भवानी देवी।
82450 विजया ना. २. दुर्गा वा पार्वतीकी सखी।