Dictionary

All Word

82501 व्यतीत वि. ३. प्रस्थान गरेको; प्रस्थित।
82502 व्यथा ना. १. मानसिक वा शारीरिक रूपमा हुने पीडा; कष्ट; पिर; चिन्ता।
82503 व्यथा ना. २. बिमारी; बिसन्चो।
82504 व्यथित वि. १. व्यथाग्रस्त; पीडित।
82505 व्यथित वि. २. आत्तिएको; डराएको; भयभीत।
82506 व्यथित वि. ३. पिर परेको; चिन्तित।
82507 व्यभिचार ना. १. अनुचित वा खराब काममा लाग्ने प्रवृत्ति; अनाचार; दुराचा; दुश्चरित्रता।
82508 व्यभिचार ना. २. परस्त्री वा परपुरुषसँग हुने अनुचित यौन सम्बन्ध; (रन्डीबाजी, वेश्यावृत्ति आदि)।
82509 व्यभिचार ना. ३. मर्यादा आदिको अतिक्रमण।
82510 व्यभिचारिणी ना. चरित्र भ्रष्ट भएकी स्वास्नीमानिस; परपुरुषसँग अनुचित यौन सम्बन्ध राख्ने स्त्री; व्यभिचारमा प्रवृत्त स्त्री।
82511 व्यभिचारी वि. १. परस्त्रीसँग अनुचित यौन सम्बन्ध राख्ने; व्यभिचार गर्ने; दुश्चरित्र।
82512 व्यभिचारी वि. २. खराब बाटोमा लागेको; कुलतमा प्रवृत्त।
82513 व्यभिचारीभाव ना. स्थायी भावका सहकारी रूपमा वर्तमान रहने र अनेक रसमा व्यभिचरण वा सञ्चरण गरी रसनिष्पत्ति गराउन सहायक हुने, साहित्यमा प्रचलित एक भाव; सञ्चारी भाव वा सहचारी भाव।
82514 व्यय ना. १. कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश।
82515 व्यय ना. २. वस्तु आदि घट्दै जाने काम; ह्रास।
82516 व्यय ना. ३. ज्योतिषशास्त्रअनुसार लग्नकुण्डलीको बाह्रौँ स्थान।
82517 व्ययकारक वि. खर्च गराउने; खर्चिलो।
82518 व्ययभार ना. सरकारी वा गैरसरकारी रूपमा सुरु गरिने कुनै योजना वा कार्यमा लाग्ने खर्चको भार।
82519 व्ययी वि. बढी खर्च गर्ने स्वभावको; खर्चालु।
82520 व्यर्थ वि. १. कुनै अर्थ नभएको; विनाअर्थको; निरर्थक।
82521 व्यर्थ वि. २. कुनै काममा नआउने; विनाप्रयोजनको; उपयोगिताविनाको; बिनसित्तिको। क्रि.वि.
82522 व्यर्थ वि. ३. नाहक; बिनसित्ति; बित्था।
82523 व्यवधान ना. १. कुनै कुरालाई खण्डित गर्ने वस्तु वा क्रिया।
82524 व्यवधान ना. २. बिचमा छेक्ने वस्तु; पर्दा; आवरण।
82525 व्यवधान ना. ३. छेकबार; आड; ओट।
82526 व्यवधान ना. ४. बिथोल्ने काम; बाधा; अड्काउ।
82527 व्यवधायक वि. १. बाधाअडकाउ पैदा गर्ने; व्यवधान गर्ने।
82528 व्यवधायक वि. २. कुनै कामकुरामा छेकथुन गर्ने।
82529 व्यवसाय ना. १. जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम ।२. काम।
82530 व्यवसाय ना. ३. प्रयास; उद्यम।
82531 व्यवसाय ना. ४. व्यापार।
82532 व्यवसाय ना. ५. विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग।
82533 व्यवसाय प्रशिक्षण ना. कुनै व्यवसाय वा पेसामा दक्षता हासिल गर्न दिइने तालिम; कुनै व्यवसायसँग सम्बद्ध प्रशिक्षण।
82534 व्यवसाय सङ्घ ना. उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासित सम्बन्धित व्यक्ति वा कर्मचारीहरूको हक, हितको सुरक्षा गर्न बनेको सङ्घ वा संस्था।
82535 व्यवसायी वि. उद्योग, व्यापार, नोकरी आदि कुनै पेसासँग सम्बन्धित; कुनै व्यवसायमा लागेको।
82536 व्यवस्था ना. १. जस्तो हुनुपर्ने हो ठिक त्यस्तै अवस्था; राम्रो हालत; इन्तजाम; प्रबन्ध।
82537 व्यवस्था ना. २. रीतिस्थिति; चालचलन।
82538 व्यवस्था ना. ३. शास्त्र वा ऐनकानुनद्वारा स्थिर गरिएको नियम वा विधान।
82539 व्यवस्था ना. ४. वस्तुहरू यथाक्रम मिलाएर राख्ने काम।
82540 व्यवस्था ना. ५. कुनै कामका निम्तिको चल्दोमिल्दो उपाय; बाटो।
82541 व्यवस्थाता ना. प्रबन्धक; व्यवस्थापक।
82542 व्यवस्थापक ना. १. कुनै कामकुराको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति; प्रबन्धक। वि.
82543 व्यवस्थापक ना. २. कुनै वस्तु वा मालसामान आदि ठिकसँग मिलाएर यथास्थान राख्ने।
82544 व्यवस्थापक ना. ३. कुनै कुरा वा समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने।
82545 व्यवस्थापक ना. ४. कुनै विषयवस्तुको शास्त्रीय विधान; दस्ताबेज।
82546 व्यवस्थापन ना. १. कुनै कामकुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम; तरतर्जुमा।
82547 व्यवस्थापन ना. २. कुनै वस्तु, मालसामान आदिलाई यथास्थान र यथाक्रम राख्ने काम।
82548 व्यवस्थापन ना. ३. कुनै कुरो वा समस्याको टुङ्गो लगाउने काम; निर्धारण; निर्णय; निश्चय।
82549 व्यवस्थापन ना. ४. कुनै विषयमा नियमकानुन बनाउने काम वा विधि।
82550 व्यवस्थापनीय वि. व्यवस्थापन गर्न उचित; व्यवस्था गर्नुपर्ने; व्यवस्थाप्य।