Dictionary

All Word

82651 विदित वि. ना. ज्ञान; विवेक।
82652 विदित वि. ५. विद्वान् व्यक्ति।
82653 विदिशा ना. दुई दिशाको बिचको कुनो; आग्नेय; नैर्ऋत्य; वायव्य र ईशान नामका चार उपदिशा विदिक्।
82654 विदिशा ना. २. मध्य भारतको अहिले भेलसा भनिने एक प्राचीन सहर।
82655 विदीर्ण वि. चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि)।
82656 विदीर्ण वि. २ टुक्र्याइएको, फोरेको (ढुड्गा आदि)।
82657 विदीर्ण वि. ३. कष्ट दिइएको; सताइएको।
82658 विदुर वि. आफ्नो काम पट्याउन सिपालु; चलाक;चतुर।
82659 विदुर वि. २. जान्नेबुझ्ने जानिफकार; विज्ञ, निपुण ना. 3. विद्वान् व्यक्ति।
82660 विदुर वि. ४. धृतराष्ट्रका विमातृतर्फका कान्छा भाइ पर्ने एक ज्ञानी पुरुष।
82661 विदुषी ना. राम्रो पढेलेखेकी स्त्री, विद्वान् स्त्री।
82662 विदुषी ना. वि. २. राम्रो पढेलेखेकी (स्त्री)।
82663 विदूषक ना. नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरुलाई हँसाउने एक ठट्यौलो पात्र, नाटकको हास्यकलाकार, नायकको ठट्टा गर्ने एक साथी।
82664 विदूषक ना. वि. २. काम बिगारिदिने, भ्रष्ट पार्ने।
82665 विदूषक ना. ३. गाली गर्ने, सताउने।
82666 विदूषक ना. ४. मुख्य रूपमा हानि पुर्‍याउने, दोष पुर्‍याउने।
82667 विदूषण ना. अरुलाई दोष दिने काम; दोषारोपण।
82668 विदूषण ना. २. वातावरणमा परेको नराम्रो प्रभाव।
82669 विदूषित वि. बिग्रेको, सडेगलेको, कुहिएको।
82670 विदूषित वि. २. दोष लगाइएको, बात लगाइएको अभियुक्।
82671 विदूषित वि. ३. हेला गरिएको,अपमानित, तिरस्कृ।
82672 विदेश ना. आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश, अर्काको देश, पराई मुलुक।
82673 विदेशी वि. अर्काको देशको विदेशमा तयार भएको वा बनेको अर्को मुलुकको (कपडा, माल आदि)।
82674 विदेशी वि. २ विदेशी सरकार, एजेन्ट वा दलालद्वारा स्थापना गरिएको वा चलाइएको ( संस्था, सङ्गठन, हल्ला आदि)।
82675 विदेशी मुद्रा ना. अर्को देशको मुद्रा, अर्काको देशमा चलेको रुपियाँपैसा।
82676 विदेशी लगानी ना. कुनै देशको उद्योग, व्यवसाय आदिमा विदेशबाट गरिएको लगानी।
82677 विदेशी शत्रु ना. शत्रुका देश वा राज्यको नागरिक।
82678 विदेह वि. शरीर नभएको।
82679 विदेह वि. २. बेहोस, अचे।
82680 विदेह वि. 3. मरेको,मृ।
82681 विदेह वि. ना. ४. मिथिलादेशका प्रसिद्ध पौराणिक राजा जनक।
82682 विदेह वि. ५. मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम।
82683 विद्ध वि. प्वाल पारिएको, छेद गराइएको, छेडिएको।
82684 विद्ध वि. २. घाइते, अङ्गभङ्ग भएको, आह।
82685 विद्ध वि. ३. टाँसिएको, जडिएको।
82686 विद्यमान वि. रहेको, अवस्थित, मौजूद, वर्तमान।
82687 विद्यमान वि. २. उपस्थित, हाजिर।
82688 विद्यमान वि. ३. जो भएको,यथार्थ, प्रत्यक्ष।
82689 विद्यमानता ना. विद्यमान हुनाको भाव वा अवस्था; रहने काम; उपस्थिति।
82690 विद्या ना. शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि।
82691 विद्या ना. २. कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र विज्ञान।
82692 विद्या ना. ३. तन्त्रमन्त्र, तन्त्रशास्त्र।
82693 विद्या ना. ४. इन्द्रजालसम्बन्धी कर्म, जादुटुना।
82694 विद्या ना. ५. दुर्गा भवानी।
82695 विद्यागम ना. ज्ञानको उपलब्धि, विद्याप्राप्ति।
82696 विद्यागृह ना. पाठशाला, विद्यालय।
82697 विद्यादान ना. पढाउने काम, अध्यापन, शिक्षण।
82698 विद्यादेवी ना. सरस्वती विद्याकी अधिष्ठात्री देवी।
82699 विद्याधर ना. एक देवयोनिजाति (गन्धर्व, किन्नर आदि)।
82700 विद्याधिदेवता ना. सरस्वती।