Dictionary

All Word

82801 विधाता वि. ९ कामदेव।
82802 विधान ना. प्रारम्भ गरिने कामको पूर्वयोजना कुनै कामकुराको आयोजन।
82803 विधान ना. २. कामको चाँजोपाँचो व्यवस्था प्रबन्ध।
82804 विधान ना. ३. बनाउने काम निर्माण, संरचना।
82805 विधान ना. ४ पद्धति विधि, प्रणाली।
82806 विधान ना. ५. राज्य वा सरकारले समयसमयमा देशको आवश्यकताअनुकूल बनाएका नियमहरूको सङ्ग्रह) ऐन, कानुन।
82807 विधान ना. ६. राज्यसत्ताको सञ्चालन गर्ने सर्वोच्च नियमसङ्ग्रह) शासनविधान, संविधान।
82808 विधान ना. ७. कुनै सङ्घ, संस्था, सङ्गठन आदिको सञ्चालनका लागि तयारपारिएको कार्यविधि वा नियमावली।
82809 विधान ना. ८. कामकाज, व्यवहार।
82810 विधान ना. ९. धर्मशास्त्रको आदेश, वेदवाक्य, ब्रह्मवाक्य।
82811 विधान अनुसार क्रि.वि. विधानले दर्साएअनुसार, विधानका परिधिभित्र रहेर।
82812 विधानज्ञ वि. विधानको मर्म जान्ने, ऐनकानुनको ज्ञाता।
82813 विधान परिषद् ना. कुनै पनि देशको पुराना कानुनहरूको संशोधन गर्ने र नयाँ कानुनको तर्जुमा गर्ने निर्वाचित वा मनोनीत प्रतिनिधिहरूको सभा, विधान बनाउने परिषद् तल्लो सदन भारतको प्रान्तीय सरकारमा गठित प्रतिनिधिसभा।
82814 विधानमण्डल ना. विधान बनाउने सभा विधायिका सभा।
82815 विधानवाद ना. विधानको सीमा र परिधिभित्र रहने सिद्धान्त वा म।
82816 विधानवादी वि. विधानवादको अनुसरण गर्ने।
82817 विधानसभा ना. विधानपरिषद्, विधानमण्डल, विधायिका सभा, व्यवस्थापिका।
82818 विधायक वि. कानुनको निर्माण गर्ने विधान बनाउने ( व्यवस्थापिकाको सदस्य )।
82819 विधायक वि. २. व्यवस्था मिलाउने प्रबन्धक।
82820 विधायक वि. ना. ३. विधानपरिषद् वा विधायिका सभाको प्रतिनिधि सदस्य व्यवस्थापिकाको निर्वाचित वा मनोनीत सदस्य, तल्लो सदनको जनप्रतिनिधि।
82821 विधायन ना. व्यवस्थापिकाद्वारा ऐनकानुनको निर्माण गर्ने काम।
82822 विधायिका वि. राज्यको शासनसञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधिसभा, सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र विधायिका) मध्ये एक अङ्ग,व्यवस्थापिका सभा, तल्लो सदन।
82823 विधायिका वि. २. विधायकको स्त्रीलिङ्गी रूप।
82824 विधान सभा ना. विधायिका, प्रतिनिधिसभा व्यवस्थापिका।
82825 विधायी वि. विधान बनाउने, ऐनकानुनको निर्माण गर्ने, विधायक।
82826 विधायी वि. २. व्यवस्था मिलाउने प्रबन्धक।
82827 विधायी कार्य ना. विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम ऐनकानुन बनाउने काम।
82828 विधि ना. कामकुरो गर्ने तरिका, प्रणाली, रीति, ढङ्ग शैली।
82829 विधि ना. २. आदेश, आज्ञा, निषेधको उल्टो रूप।
82830 विधि ना. ३. चाँजोपाँचो,व्यवस्था प्रबन्ध।
82831 विधि ना. ४. धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम।
82832 विधि ना. ५. आचरण, व्यवहार।
82833 विधि ना. ६. कर्म,प्रारब्ध, भाग्य।
82834 विधि ना. ७. ऐनकानुन विधान।
82835 विधि ना. ८. रचना निर्माण।
82836 विधि ना. ९. सृष्टिका देवता ब्रह्मा।
82837 विधिक वि. विधि वा कानुनसँग सम्बन्धित कानुनअनुकूल।
82838 विधिगत वि. विधिअनुकूल, ऐनकानुनसँग मिल्ने।
82839 विधिग्राह्य वि. विधानले कुनै बाधा नपर्ने वैध।
82840 विधिग्राह्य मुद्रा ना. ऋण भुक्तानी गर्नाका लागि विधानले मान्यता दिएको मुद्रा।
82841 विधिज्ञ वि. विधान जान्ने, ऐनकानुनको मर्मसँग परिचित, कानुनवेत्ता।
82842 विधिनियम ना. यो गर्नुहुन्छ योचाहिँ हुँदैन भन्ने नियम, ऐनकानुन वा शास्त्रको नियम।
82843 विधिनिषेध ना. विधि र निषेध गर्न हुने र नहुने कुराको निर्देश।
82844 विधिनिषेध ना. २. कानुनद्वारा गरिएको निषेध, विधिको निषेध।
82845 विधि परामर्शी ना. सरकारलाई विधि वा कानुनसम्बन्धी सल्लाह दिने पदाधिकारी।
82846 विधिपालक वि. विधि वा कानुनको परिपालन गर्ने, कानुनको परिधिभित्र रहने।
82847 विधिपूर्वक वि. विधि-विधानअनुसार।
82848 विधिमङ्ग ना. विधि वा कानुनको उल्लङ्घन, कानुनको उपेक्षा वा अवहेलना, कानुनविपरीत व्यवहार।
82849 विधिमान्य वि. कानुनसम्मत विधिले दिएको, विधिसम्मत प्रचलित ऐनकानुनमा बाधा नपर्ने।
82850 विधिवत् क्रि.वि. विधि वा कानुनको परिधिभित्र रहने गरी विधिपूर्वक, कानुनअनुसार।