Dictionary

All Word

82951 शब्दाडम्बर ना. सामान्य कुरा प्रकट गर्दा पनि अप्रचलित तथा कठिन शब्द र लामालामा वाक्यहरू प्रयोग गरिने काम वा ढाँचा; शब्दजाल; एक प्रकारको उदात्तविरोधी तत्त्व।
82952 शब्दातीत वि. शब्दद्वारा भेट्न वा भन्न नसकिने; वर्णनातीत।
82953 शब्दानुशासन ना. शब्दको शुद्धि, अर्थ, भेद आदिको ज्ञान गराउने शास्त्र; व्याकरण।
82954 शब्दान्वय ना. वाक्यमा प्रयुक्त शब्दका वचन, लिङ्ग, काल आदिको भेद छुट्ट्याउने र अन्य शब्दका साथ रहेको सम्बन्ध देखाउने काम।
82955 शब्दार्थ ना. १. शब्द र त्यसको अर्थ।
82956 शब्दार्थ ना. २. शब्दको प्रचलित तथा सामान्य अर्थ।
82957 शब्दार्थतत्त्व ना. शब्दार्थको मूल अभिप्राय वा लक्षण।
82958 शब्दार्थतात्त्विक वि. शब्दार्थतत्त्वसम्बन्धी।
82959 शब्दालङ्कार ना. साहित्यमा शब्दालङ्कार र अर्थालङ्कार दुई भेदमध्ये एक; शब्द वा वर्णनको चमत्कारको प्रधानता भएको र त्यसैबाट माधुर्य उत्पन्न हुने अलङ्कार (यमका, अनुप्रास आदि)।
82960 शब्दावली ना. १. कुनै भाषा वा बोलीमा प्रयुक्त हुने खासखास विषय वा कार्यसित सम्बन्धित शब्दहरूको सूची।
82961 शब्दावली ना. २. कुनै वाक्यरचना आदिमा प्रयोग भएका शब्दहरूको प्रकार तथा क्रम।
82962 शब्दाश्रित वि. शब्दमा आश्रित हुने वा अड्ने।
82963 शब्दाश्रित निपात ना. कुनै शब्दमा आश्रित भएर मात्र प्रयुक्त र अर्थवान् हुने निपात (त, न, नि, नै, पो आदि)।
82964 शम ना. १. मानसिक स्थिरता वा आनन्द; शान्ति।
82965 शम ना. २. मन शान्त पार्ने काम; इन्द्रिय तथा अन्तःकरणको संयम।
82966 शम ना. ३. शान्तरसको स्थायी भाव।
82967 शम ना. ४. माफ दिने काम; क्षमा।
82968 शमता ना. शम हुनाको भाव, गुण वा धर्म।
82969 शमन ना. १. कुनै बाधा, विकार, उपध्रो आदिलाई शान्त पार्ने काम; शान्ति।
82970 शमन ना. २. यमराज।
82971 शमन ना. ३. कुनै कुराको अन्त्य; समाप्ति।
82972 शमनी ना. रात; रात्रि।
82973 शमनीय वि. शमन गर्न सकिने; शमन हुने।
82974 शमशेर ना. हे. समसेर।
82975 शमित वि. १. शमन गरिएको वा भएको; शान्त।
82976 शमित वि. २. दबाइएको; दमित।
82977 शमी ना. टुप्पो तिखो नभएका चिल्ला हरिया पात हुने, विवाह आदि कार्यमा तथा यज्ञका निम्ति हाँगाबिँगा अरणी बनाएर आगो निकाल्न प्रयोग गरिने एक जातको रुख वा त्यसैको काठ।
82978 शम्पा ना. १. ओखलमा हिर्काउँदा आगो निकाल्ने भाँडो (यसो गर्दा राक्षसहरू भाग्छन् भन्ने किंवदन्ती छ)।
82979 शम्पा ना. २. बिजुली।
82980 शम्बल ना. १. बाटोखर्च; सामल।
82981 शम्बल ना. २. समुद्री किनार; तट।
82982 शम्बल ना. ३. जल्ने काम; डाह; ईर्ष्या।
82983 शम्बूक ना. १. घुँगी किरो।
82984 शम्बूक ना. २. शङ्ख।
82985 शम्बूक ना. ३. आफ्ना जातिका निम्ति वर्जित साधना गरेको कारणमा रामद्वारा मारिएको, रामायणको एक शूद्र तपस्वी।
82986 शम्बूक ना. ३. हात्तीको सुँडको अगिल्लो भाग।
82987 शम्भु ना. १. शिवजी; महादेव।
82988 शम्भु ना. २. सिद्ध पुरुष।
82989 शयन ना. १. सुत्ने काम; पल्टाइ; लेटाइ।
82990 शयन ना. २. सुत्ने साधन (खाट, पलङ, ओछ्यान, गुन्टा आदि)।
82991 शयनकक्ष ना. सुत्ने ठाउँ वा कोठा; शयनागार।
82992 शयनगृह ना. सुत्ने घर; शयनागार।
82993 शयनथैलो ना. भित्रपट्टि शरीर घुसाई सुत्ने खोलका आकारको बिछ्यौना ( स्लिपिङ ब्याग )।
82994 शयनागार ना. शयनगृह; शयनकक्ष।
82995 शय्या ना. सुत्ने तथा ओछ्‌याउने साधन ( ओछ्यान, खाट, पलङ आदि)।
82996 शय्यादान ना. मरेका एघारौँ दिनमा वा पुराण आदि मङ्गलकार्यको साङ्गे हुने दिनमा ब्राह्मण वा पुरोहितलाई दिइने वस्त्र, भाँडाकुँडा, बिछ्यौना र खाद्य वस्तुसहितको दान।
82997 शर ना. १. बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालिङ्गो आदिको डाँठ।
82998 शर ना. २. बाण, काँड, तीर आदि।
82999 शर ना. ३. नेती बेरिने पोरा लाइएको मधानीको सोठो।
83000 शर ना. ४. निगालाका टुप्पामा तिखो सुइरो वा लिसो हालेर चरा समाउने वा मार्ने अङ्कुसे।