Dictionary

All Word

83001 शरच्चन्द्र ना. शरत्कालमा देखिने स्वच्छ चन्द्रमा। (उदा.- शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ )।
83002 शरच्चन्द्रिका ना. शरत्कालमा लाग्ने सफा जून; शरद्ऋतुमा देखिने चन्द्रमाको स्वच्छ किरण।
83003 शरण ना. १. कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम; आड लिएर गरिने रक्षा; आश्रय (उदा.- मेरो आज शरण् पऱ्यो भनि दया आयो उ काग्मा पनि। - भानुभक्तीय रामायण। शरणको मरण गर्नुहुँदैन। - उखान )।
83004 शरण ना. २. कसैको पछाडि लाग्ने काम; पिछा; आत्मसमर्पण।
83005 शरणागत वि. शरणमा आएको; शरणमा परेको (उदा.- शरणागतको रक्षा गर, प्रभु!)।
83006 शरणागति ना. शरण पर्ने काम।
83007 शरणार्थी वि. १. शरण चाहने वा माग्ने; आश्रयको इच्छा गर्ने। ना.
83008 शरणार्थी वि. २. परिस्थितिवश आफ्नो जन्मभूमि वा देश छाडेर अर्को ठाउँ वा देशमा गई आश्रय लिने अथवा बसोबास गर्न चाहने व्यक्ति।
83009 शरणार्थी बस्ती ना. शरणार्थीहरू आएर नयाँ आवादी वा घरजम गरी बसेको ठाउँ।
83010 शरणार्थी शिविर ना. शरणार्थीहरूको अस्थायी बसोबास भएको स्थान।
83011 शरण्य वि. १. आश्रय दिनुपर्ने; शरण दिन योग्य।
83012 शरण्य वि. २. शरणमा लिने; रक्षक।
83013 शरत् ना. शरद्।
83014 शरत्काल ना. शरद् ऋतुको समय।
83015 शरद् ना. छ ऋतुमध्ये चौथो ऋतु; वर्षापछिको ऋतु; असोज र कात्तिक महिनामा पर्ने ऋतु।
83016 शरपुङ्खा ना. टुप्पातर्फ मसिना फराक पात हुने, प्याजी रङका फूल फुल्ने एक जातको बोट र त्यसैको लामोलामो कोसो वा फल।
83017 शरभ ना. हिमालमा हुने सिंहभन्दा पनि बलियो मानिएको, धेरै माथि उफ्रन सक्ने, पुराणप्रसिद्ध आठखुट्टे पशु।
83018 शरम ना. हे. सरम।
83019 शराव ना. प्रायः कुनै पदार्थ खान वा पिउन प्रयोग गरिने माटाको भाँडो; माटाको पाला।
83020 शरासन ना. १. धनु; कमान।
83021 शरासन ना. २. बाण राख्ने ठोक्रो।
83022 शरीर ना. १. हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जिउ; काय।
83023 शरीर ना. २. कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिव रूप।
83024 शरीरधारी वि. शरीर धारण गर्ने; देहधारी।
83025 शरीररक्षक ना. हे. अङ्गरक्षक; बडीगार्ड।
83026 शरीरविज्ञान ना. शरीरका अङ्गहरूको बनोट तथा तिनका कार्यकलापको विवेचना गरिएको विज्ञान; शरीरशास्त्र।
83027 शरीरशास्त्र ना. शरीरविज्ञान।
83028 शरीरसंस्कार ना. १. नाना प्रकारका शुद्धि संस्कारका अनुष्ठानद्वारा शरीरलाई शुद्ध र पवित्र पार्ने काम।
83029 शरीरसंस्कार ना. २. सौन्दर्यका निम्ति गरिने शरीरको सफाइ, शृङ्गार आदि काम।
83030 शरीरी वि. शरीर भएको; शरीर धारण गर्ने (प्राणी, जीव आदि)।
83031 शर्करा ना. १. सखर, खुदो; चिनी।
83032 शर्करा ना. २. बालुवाको कण; बलौटे जमिन।
83033 शर्करा ना. ३. कुनै पनि साह्रो टुक्रो वा कण (कङ्कट , गेगर, असिना इ.)।
83034 शर्मा ना. १. ब्राह्मणहरूका नामको पछाडि रहने एक उपाधि (जस्तो- विष्णु शर्मा, बालचन्द्र शर्मा इ.)।
83035 शर्मा ना. २. प्रसन्नता; आनन्द; खुसी।
83036 शर्मा ना. ३. आशीर्वाद।
83037 शर्मा ना. ४. आधार; घर (प्रायः वैदिक अर्थमा )।
83038 शर्मिष्ठा ना. महाभारतप्रसिद्ध दानवराज वृषपर्वाकी पुत्री तथा चन्द्रवंशी राजा ययातिकी कान्छी रानी।
83039 शर्वरी ना. १. रात्रि; रात।
83040 शर्वरी ना. २. साठी संवत्सरमध्ये एक।
83041 शर्वरी ना. ३. हलेदो।
83042 शलभ ना. १. गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह।
83043 शलभ ना. २. फट्याङ्ग्रो।
83044 शलाका ना. १. काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को।
83045 शलाका ना. २. रङ भर्ने वा आँखामा गाजल लाउने पेन्सिल।
83046 शलाका ना. ३. नलीखुट्टाको हाड।
83047 शलाका ना. ४. दुम्सी।
83048 शलाका ना. ५. सलाई।
83049 शलाका ना. ५. छाताको करङ।
83050 शल्य ना. १. चिरफार गर्ने हतियार (कैँची, छुरा, सुइरो, स्याँगी आदि)।