Dictionary

All Word

82901 शत्रु ना. कथ्य.- सत्तुर । चर्को वैमनस्य वा विरोध भएको व्यक्ति अथवा पक्ष; दुस्मन; वैरी; रिपु।
82902 शत्रुता ना. वैरभाव; दुस्मनी।
82903 शनि ना. १. फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने एक ग्रह; नवग्रहमध्ये सातौँ ग्रह; शनैश्चर।
82904 शनि ना. २. साताको आखिरी दिन; सन्सरबार।
82905 शनिदृष्टि ना. शनिश्चरको जस्तो अमङ्गल गर्ने दृष्टि; कुदृष्टि।
82906 शनिप्रदोष ना. शुक्लपक्षको त्रयोदशीका दिन शनिवार पर्दा व्रत बसेर गरिने शिवको सायङ्कालीन पूजा।
82907 शनिवार ना. साताको अन्तिम दिन वा वार।
82908 शनिवासर ना. शनिवार।
82909 शनिश्चर ना. १. शनि ग्रह।
82910 शनिश्चर ना. २. शनिवार।
82911 शनिश्चरे वि. १. अमङ्गल गर्ने; बिच्छुकी।
82912 शनिश्चरे वि. २. शनिश्चरको।
82913 शनै: क्रि.वि. बिस्तारै; सुस्तरी।
82914 शनैश्चर ना. १. शनिश्चर। वि.
82915 शनैश्चर ना. २. मन्द गतिले वा बिस्तारै हिँड्ने।
82916 शनैश्चरवार ना. शनिवार; सन्सरबार।
82917 शन्तनु ना. चन्द्रवंशी एक राजा तथा महाभारतप्रसिद्ध भीष्मका पिता।
82918 शपथ ना. १. कुनै कामकुरो हो-होइन वा गर्ने-नगर्ने भन्ने विषयमा बोलिने वचन; धर्मभकाइ; किरिया; प्रतिज्ञा।
82919 शपथ ना. २. संविधानअनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।
82920 शपथ ग्रहण ना. संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमान्दार रही सेवा गर्न वचनबद्ध हुने तथा प्रतिज्ञा गर्ने काम।
82921 शपथपत्र ना. सम्बन्धित स्थानमा आफ्नो कुरा साँचो हो भनी प्रस्तुत गर्नका निम्ति शपथ गरिएका कुरा लेखिएको पत्र; प्रतिज्ञापत्र।
82922 शपथिका ना. शपथपत्र।
82923 शप्त वि. १. सराप दिइएको; सरापेको; शापित। ना.
82924 शप्त वि. २. सराप दिइएको व्यक्ति।
82925 शफर / शफरी ना. एक प्रकारको सानो टल्कने माछो; असला माछो।
82926 शबर ना. एक प्राचीन जङ्गली जाति; भिल्ल।
82927 शबरी ना. १. रामकी अनन्य भक्त एक भिल्लिनीको नाम।
82928 शबरी ना. २. भिल्लिनी।
82929 शबल वि. मिश्रित रङ भएको; रङ्गीबिरङ्गी; छिरबिरे।
82930 शब्द ना. १. अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि; आवाज।
82931 शब्द ना. २. वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि; सार्थक पद; लबज।
82932 शब्दकोश ना. कुनै भाषाका शब्दहरूको वर्णक्रमअनुसार शब्द सङ्कलन गरी व्याकरणात्मक कोटि आदि खुलाएर उही वा अन्य भाषामा अर्थ, पर्याय, विशेषता आदि लेखिएको ग्रन्थ; अभिधान।
82933 शब्दकोष ना. शब्दकोश।
82934 शब्दचित्र ना. १. साहित्यमा कर्णमधुर वा चमत्कार उत्पन्न गर्ने शब्द प्रयोग हुने यमक, अनुप्रास आदि शब्दालङ्कार।
82935 शब्दचित्र ना. २. अक्षरहरूको रखाइद्वारा कुनै जीव वा वस्तुको वर्णनचित्र तयार पारिने साहित्यिक रचना (खड्ग, मुख आदि बन्ध)।
82936 शब्दचित्र ना. ३. प्रत्यक्ष देखे झैँ गरी कुनै व्यक्ति, वस्तु वा घटनाको वर्णन गरिने साहित्यिक लेखन वा शैली।
82937 शब्दजाल ना. शब्दको थोपरथापर; शब्दाडम्बर।
82938 शब्दप्रमाण ना. कसैले भनेको वा लेखेको शब्दका आधारमा अडेको वा लिइएको प्रमाण।
82939 शब्दब्रह्म ना. शब्दमा निहित वा शब्दरूपमा विद्यमान ब्रह्म; आत्मा वा परमात्मासम्बन्धी आध्यात्मिक ज्ञान। (शब्द नै ब्रह्म हो, सृष्टि हो र त्यही नै ब्रह्मका रूपमा नित्य रहिरहन्छ भन्ने ब्रह्मवादीहरूको सिद्धान्त छ )।
82940 शब्दभेद ना. ध्वन्यात्मक, व्यक्तवर्णात्मक र अनुकरणात्मक रूपबाट हुने शब्दका तीन भेद।
82941 शब्दभेदी वि. नदेखिने वा अँध्यारो ठाउँबाट आएको शब्दका भरमा नै निसाना लगाउने (बाण वा व्यक्ति )।
82942 शब्दयोजना ना. १. कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम।
82943 शब्दयोजना ना. २. त्यसरी राखिएका शब्दहरूको क्रम।
82944 शब्दविद्या ना. शब्दको उत्पत्ति, रूप, संरचना, भेद आदिको ज्ञान गराउने विद्या; शब्दशास्त्र।
82945 शब्दवेधी वि. शब्दभेदी।
82946 शब्दश्लेष ना. दुई वा धेरै चमत्कारपूर्ण अर्थ दिने गरी कुनै ठाउँमा एउटै शब्द प्रयुक्त हुने काम।
82947 शब्दशास्त्र ना. शब्दविद्या; व्याकरण।
82948 शब्दशुद्धि ना. शब्दको शुद्धता।
82949 शब्दसाधन ना. शब्दहरूको व्युत्पत्ति, भेद, रूपान्तर आदि देखाइने व्याकरणको अङ्ग वा भाग।
82950 शब्दाक्षर ना. प्रणव; ॐ।