Dictionary

All Word

82751 विद्रोह ना. ३. ठुलो विरोध, कड़ा शत्रुता।
82752 विद्रोह ना. ४. मनाबैरी झगडा।
82753 विद्रोह ना. ५. रिस, आवेश, द्वेष, तीव्र ईर्ष्या।
82754 विद्रोहात्मक वि. विद्रोह वा आतङ्क फैलाउने, विरोध गर्ने, शान्तिमा खलल पार्ने।
82755 विद्रोही वि. विद्रोह गर्ने, बागी, विप्लवी, क्रान्तिकारी।
82756 विद्रोही वि. २. द्वेष गर्ने ईर्ष्यालु, रिस देखाउने।
82757 विद्वच्छिरोमणि ना. विद्वान्हरूमा श्रेष्ठ व्यक्ति, अत्यन्त विद्वान् व्यक्ति।
82758 विद्वच्छिरोमणि ना. २. नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको एक सम्मान।
82759 विद्वज्जन ना. बुद्धिविवेक भएको व्यक्ति, विद्वान्, पण्डि।
82760 विद्वत्तम वि. सबभन्दा बढी विद्या कमाएको, प्रकाण्ड विद्वान्।
82761 विद्वत्तम वि. ना २. शिव, महादेव।
82762 विद्वत्ता ना. विद्वान् हुनाको भाव, गुण वा स्थिति,पाण्डित्य।
82763 विद्वत्ता ना. २. विवेक, बुद्धि, अक्कल।
82764 विद्वत्ता ना. ३. ज्ञान।
82765 विद्वत्परिषद् / विद्वत्सभा ना. विद्वान्‌हरूको सभा वा समिति।
82766 विदवर्ग ना. विद्वान्‌हरूको वर्ग वा समूह।
82767 विद्वद्वृत्ति ना. विद्वान्‌लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान।
82768 विद्वद्वृत्ति ना. २ शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप)।
82769 विद्वान् वि. धेरै विद्या आर्जन गरेको, ज्यादै शिक्षित, पण्डि।
82770 विद्वान् वि. २. शास्त्रको मर्म बुझ्ने, तत्त्ववेत्ता, तत्त्वज्ञ।
82771 विद्वान् वि. ना. ३. धेरै लेखपढ गरेको व्यक्ति; पण्डि।
82772 विद्वेष ना. आपसी मनमुटाव, वैरभाव, शत्रुता।
82773 विद्वेष ना. २. विरोध, झगडा।
82774 विद्वेष ना. 3. द्वेष, ईर्ष्या, डाह।
82775 विद्वेषक / विद्वेषी वि. रिस गर्ने, डाह गर्ने, ईर्ष्यालु, इखालु।
82776 विधर्म ना. आफूले मानिआएको धर्मदेखि भिन्न धर्म, अर्काको धर्म, परधर्म।
82777 विधर्म ना. वि. २. खराब, घृणित, कुत्सि।
82778 विधर्म ना. ३. गुण नभएको, निर्गुण।
82779 विधर्मी वि. आफ्नो धर्मको विरुद्ध आचरण गर्ने, धर्मच्युत, धर्मभ्रष्ट।
82780 विधर्मी वि. २. विधर्मको अनुसरण गर्ने, परधर्मी।
82781 विधर्मी वि. ३. कुकर्मी, अधर्मी।
82782 विधवा ना. पति मरेकी स्त्री, राँडी।
82783 विधवा विवाह ना. विधवाले पुनर्विवाह गर्ने काम, विधवाको विवाह।
82784 विधवाश्रम ना. आश्रयहीन विधवाहरूको भरणपोषण गर्ने ठाउँ, विधवाहरू बस्ने आश्रम।
82785 विधा ना. अंश हिस्सा, भाग २. काइदा, तरिका, शैली।
82786 विधा ना. ३. काव्य वा साहित्यमा प्रचलित खासखास विषय, प्रकार वा किसिम (जस्तो- नाट्यविधा, कविताविधा, कथाविधा इ.)।
82787 विधा ना. ४. कामकाज, व्यवहार।
82788 विधा ना. ५. उच्चारणविधि, उच्चारण।
82789 विधा ना. ६. काम गरेबापत पाइने निर्धारित रकम तलब, वेतन।
82790 विधा ना. ७. सृष्टिकर्ता,ईश्वर, ब्रह्मा ८ क्रम सिलसिला रोल।
82791 विधा ना. ९. विचारको केन्द्रीय रूप, मुख्य विचार।
82792 विधा ना. १० लक्ष्य, उद्देश्य।
82793 विधाता वि. कामकुराको चाँजोपाँजो गर्ने व्यवस्था मिलाउने, प्रबन्धक।
82794 विधाता वि. २. सृष्टि गर्ने निर्माता।
82795 विधाता वि. ना. ३. व्यवस्था मिलाउने व्यक्ति।
82796 विधाता वि. ४. सृष्टि गर्ने व्यक्ति।
82797 विधाता वि. ५ ब्रह्मा।
82798 विधाता वि. ६. ईश्वर।
82799 विधाता वि. ७. प्रारब्ध भाग्य।
82800 विधाता वि. ८. विश्वकर्मा।