Dictionary

All Word

82701 विद्यानुसेवन ना. विद्या पढ्ने वा पढाउने काम, विद्याध्ययन।
82702 विद्या परिषद् विश्वविद्यालयको प्राज्ञिक नीतिबारे निर्णय गर्ने अधिकारप्राप्त समिति ( फ्याकल्टी बोर्ड)।
82703 विद्यापीठ ना. शिक्षाप्रदान गर्ने ठुलो प्रमुख केन्द्र।
82704 विद्यापीठ ना. २. उच्च स्तरको शिक्षा दिने विद्यालय, महाविद्यालय, क्याम्पस।
82705 विद्याभ्यास ना. विद्याको अध्ययनमनन गर्ने काम।
82706 विद्यामन्दिर ना. पाठशाला, विद्यालय, विद्यागृह।
82707 विद्यारम्भ ना. पाँच वर्ष वा त्यसको लगभगमा बालकलाई अक्षरारम्भ गराउने संस्कार, षोडश संस्कारमध्ये एक संस्कार।
82708 विद्यार्जन ना. शिक्षा हासिल गर्ने काम, विद्या, पढ्ने काम, विद्याप्राप्ति।
82709 विद्यार्थी ना. नियमित रूपले विद्याको आर्जनमा लागिरहने व्यक्ति, शिक्षणसंस्थामा अध्ययनरत व्यक्ति, छात्र ,शिष्य।
82710 विद्यार्थी ना. २. कुनै विषयबारे खोज अध्ययन गर्ने व्यक्ति, विद्वान्।
82711 विद्यार्थी ना. वि. ३. विद्या, पढ्न चाहने।
82712 विद्यार्थी सङ्गठन ना. विद्यार्थीहरूको हक र हितका लागि विद्यार्थीहरूबाट बनाइएको सङ्घ वा सङ्गठन, विद्यार्थीहरूको समिति।
82713 विद्यालय ना. पढ्ने र पढाउने ठाउँ, पाठशाला, स्कुल।
82714 विद्यावान् वि. धेरै विद्या प्राप्त गरेको विद्वान्।
82715 विद्यावारिधि ना. तोकिएको योग्यता प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयबाट अनुमति लिई अनुसन्धानपूर्ण शोधग्रन्थ तयार गरेर स्वीकृत भएमा दिइने विशेष उपाधि, (पीएच् .डी)।
82716 विद्याश्रम ना. बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय, गुरुकुल (बोर्डिङ)।
82717 विद्यास्नातक ना. विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति।
82718 विद्यास्नातक ना. २. उच्च शिक्षा हासिल गरेको व्यक्ति।
82719 विद्यास्नातक ना. वि. ३. उच्च शिक्षा प्राप्त गरेको।
82720 विद्याहीन वि. विद्या नभएको वा नपढेको, अपठित, अनपढ।
82721 विद्युत् ना. बर्खाकालमा बादल लागेको बेला आकाशमा झिलिक्क चम्कने क्षणिक प्रकाश, बिजुली।
82722 विद्युत् ना. २. प्रकाश, ताप, आकर्षण आदि पैदा गर्न सक्ने विशिष्ट वैज्ञानिक क्रियाबाट उत्पन्न गराइने शक्ति, बिजुली।
82723 विद्युत् ना. ३. चट्याङ, वज्र, चट्को, चिर्को।
82724 विद्युत् आघात ना. ऋणात्मक विद्युत्तरङ्गबाट धनात्मक विद्युत्तरङ्गतिर विद्युत्तरङ्ग प्रवाहित हुने प्रक्रिया।
82725 विद्युत् आघात ना. २. विद्युत्तरङ्गले चोट पुऱ्याउने काम।
82726 विद्युताणु ना. कुनै रासायनिक यौगिकलाई पानीमा घोल्दा धनात्मक तथा ऋणात्मक परमाणु विघटन भई छुट्टिएर बनेको परमाणुयुक्त विद्युत्।
82727 विद्युतीकरण ना. सबैतिर बिजुली- सेवा उपलब्ध गराउने काम।
82728 विद्युत् ऊर्जा ना. विद्युत्बाट प्राप्त हुने शक्ति।
82729 विद्युत् एकाइ ना. विद्युत्शक्तिको न्यूनतम परिमाण युनिट।
82730 विद्युत् कर्पोरेसन ना. विद्युत्शक्तिको उत्पादन र वितरण गर्ने निगम, बिजुली अड्डा।
82731 विद्युत्यात ना. बिजुलीको करेन्टबाट दिइने प्राणदण्ड, करेन्टको स्पर्शबाट हुने मृत्यु।
82732 विद्युत् चिकित्सा ना. बिजुलीको करेन्टद्वारा गरिने उपचार।
82733 विद्युत् तरङ्ग ना. दूरसञ्चारको प्रणाली सञ्चालन गरिने विद्युतचुम्बकयुक्त तरङ्ग (माइक्रोवेभ )।
82734 विद्युत् दर्शक ना. विद्युत्तरङ्गको गति देखाउने यन्त्र, बिजुलीको खपत देखाउने मिटर।
82735 विद्युत्पात ना. आकाशबाट चट्याङ खस्ने काम, वज्रपा।
82736 विद्युत् प्राधिकरण ना. बिजुली अड्डा।
82737 विद्युत् वितरक ना. बिजुली उपलब्ध गराउने उपकरण।
82738 विद्युत् शक्ति ना. पानी, कोइला, तेल आदिको वैज्ञानिक प्रयोगबाट प्राप्त हुने ऊर्जा।
82739 विद्युत् स्तम्भ ना. बिजुलीको तार जाने खम्बा, पोल।
82740 विद्युन्मापक ना. बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र, बिजुलीको खपत नाप्ने मिटर, विद्युत् दर्शक।
82741 विद्युन्माला ना. लहरै जडिएको बिजुलीको प्रकाश।
82742 विद्युन्माला ना. २. हरेक पाउमा दुई मगण र दुई गुरु हुने एक वार्णिक छन्द।
82743 विद्युल्लता ना. आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा।
82744 विद्योपार्जन ना. विद्याको आर्जन, विद्या हासिल गर्ने काम,शिक्षाप्राप्ति।
82745 विद्रधि ना. शरीरका मासुका गाँठा, पिप भरिएको घाउ, अर्बुद रोग।
82746 विद्रुम ना. रुखका कलिला पात, पालुवा।
82747 विद्रुम ना. २. कोपिलो।
82748 विद्रुम ना. ३. मुगा, प्रबाल।
82749 विद्रोह ना. सरकारको कार्यसञ्चालनमा बाधा पुर्‍याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव, विप्लव,क्रान्ति।
82750 विद्रोह ना. २. शासनसत्ता वा सरकारलाई पल्टाउने काम।