Dictionary

All Word

82551 वितण्डावाद ना. २ व्यर्थको झगडा; नचाहिंदो कलह।
82552 वितत वि. सपाट परेको, फैलिएको, फिँजिएको, विस्तृ।
82553 वितत वि. २. छोपिएको, ढाकिएको।
82554 वितत वि. ३. कार्य सम्पन्न भएको, कामकुरो सिद्ध भएको।
82555 वितत वि. ना. ४. गितार, वीणा।
82556 वितथ वि. तथ्य नभएको; झूठो; मिथ्या।
82557 वितथ वि. २. नचाहिंदो; व्यर्थ; निरर्थक।
82558 वितथवादी वि. झुटो बोल्ने; मिथ्यावादी।
82559 वितथ्य वि. तथ्यहीन; झुटो; मिथ्या।
82560 वितरक वि. वितरण गर्ने, बाँडफाँड गर्ने।
82561 वितरक वि. ना. २. व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति।
82562 वितरण ना. कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड।
82563 वितरण ना. २. प्रदान, अर्पण, समर्पण।
82564 वितरण ना. ३. कुनै नदी आदि तर्ने काम;पार गर्ने काम।
82565 वितरित वि. बाँडिएको; वितरण गरिएको।
82566 वितरित वि. २. प्रदान गरिएको; दिइएको।
82567 वितरित वि. ३. तारिएको; पार गरिएको।
82568 वितर्क ना. कुनै तर्क वा भनाइको खण्डन वा विपक्षमा प्रस्तुत गरिने तर्क, तर्कमाथि उठाइएको तर्क।
82569 वितर्क ना. २. विचार, मनन, सोचाइ।
82570 वितर्क ना. ३. शङ्का, सन्देह, दुबिधा।
82571 वितर्कण ना. तर्क वा वितर्क गर्ने काम, बहस, वादविवाद।
82572 वितर्कण ना. २. सन्देह, शङ्का।
82573 वितर्कित वि. वितर्क गरिएको।
82574 वितर्कित वि. २. वादविवाद गरिएको।
82575 वितर्क्स वि. तर्क वा विचार गर्न लायक।
82576 वितल ना. हे. बितोल।
82577 वितल ना. पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पाताल) मध्ये एक, पृथ्वीभन्दा मुनिको कल्पित लोक।
82578 वितल ना. २. कुनै ठाउँको ठिक उल्टो ठाउँ; प्रतिलोम।
82579 वितस्ति ना. बाह अगुलको नापो वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ता बराबरको परिमाण, बित्ता।
82580 वितह ना. तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप।
82581 वितह ना. २. अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ।
82582 वितान ना. पुगेजति फैलाउने काम; फैलावट; विस्तार।
82583 वितान ना. २. मन्दिर आदिको भित्री भागमा कोठामाथि टाँगिने चारकुने रङ्गीचङ्गी कपडा; चंदुवा।
82584 वितान ना. ३. पाल।
82585 वितान ना. ४. मौका; अवसर।
82586 वितान ना. वि. ५. खाली; रित्त; शून्य।
82587 वितान ना. ६. मूर्ख; बुद्धिहीन; शठ।
82588 विताल वि. ताल नमिलेको; बेतालको।
82589 वितुष वि. बोक्रा छोडाइएको; बोक्रा नभएको भुस वा कसर फ्याँकिएको।
82590 वितृष्ण वि. तृष्णा वा तिर्सना नभएको; कामनामुक्त; निस्पृह।
82591 वितृष्णा ना. तृष्णा नभएको स्थिति; तृष्णाको अभाव; सन्तोष।
82592 वितृष्णा ना. २. नराम्रो खालको तृष्णा।
82593 वित्त ना. धनमाल; जायजेथा; सम्पत्ति;अर्थ;ऐश्वर्य।
82594 वित्त ना. २. सामर्थ्य; शक्ति।
82595 वित्त ना. वि. ३. उपलब्ध; प्राप्।
82596 वित्त ना. ४. परीक्षा गरिएको; जाँचिएको।
82597 वित्त आयोग ना. खर्चबर्च र अर्थसम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको समिति।
82598 वित्त प्रबन्धक ना. राज्यको आयव्यय, राजस्व आदिको समुचित रेखदेख र व्यवस्था मिलाउने सरकारी कर्मचारी।
82599 वित्तमन्त्री ना. अर्थमन्त्री।
82600 वित्तमन्त्री ना. वित्त विधेयक- ना. प्रतिनिधिसभासमक्ष राखिने आयव्ययसम्बन्धी आर्थिक विधेयक।