Dictionary

All Word

82851 विधिवशात् क्रि.वि. अकस्मात्, संयोगवश, अचानक, भाग्यवश।
82852 विधिविधान ना. कर्मको फल, भाग्यको लेखा।
82853 विधिविधान ना. २. कानुनी व्यवस्था, ऐनकानुन।
82854 विधिविधान ना. ३. सबै अङ्ग पुगेको काम - कुरो।
82855 विधिविपर्यय ना. कर्म वा प्रारब्धले ठगिने काम, दुर्भाग्य, अभाग।
82856 विधिविपर्यय ना. २. ऐन कानुनको विपरीत चालचलन।
82857 विधिविहित वि. विधि वा नियमअनुकूल गरिएको, नियमले दिएको।
82858 विधिविहित वि. २. ऐन कानुनअनुसार गरिएको।
82859 विधिवेत्ता वि. विधि वा कानुन जान्ने (व्यक्ति)।
82860 विधिसचिव ना. विधि वा कानुनका सम्बन्धमा सरकारलाई सल्लाह दिने सरकारी उच्च पदाधिकारी कानुन सचिव।
82861 विधिस्नातक वि. विधि वा कानुन विषयको स्नातकपरीक्षामा उत्तीर्ण कानुनवेत्ता।
82862 विधिस्नातक वि. ना. २. कानुन जान्ने व्यक्ति।
82863 विधु ना. चन्द्रमा; जून।
82864 विधु ना. २. ब्रह्मा।
82865 विधु ना. ३. विष्णु।
82866 विधु ना. ४. कपुर।
82867 विधु ना. ५. वायु।
82868 विधुर वि. स्वास्नी मरेको पुरुष, राँडो।
82869 विधुर वि. २. दुःख पाएको, कष्टभोगी।
82870 विधुर वि. ३. आत्तिएको व्याकुल, विह्वल।
82871 विधुर वि. ४. विपक्षमा लाग्ने,विरोधी।
82872 विधुरदर्शन ना. डरलाग्दो वा आपत्तिजनक कुरो देखिने काम, भयावह दृश्य।
82873 विधुरदर्शन ना. २. अशान्ति।
82874 विधुर विवाह ना. पत्नी मरेपछि पतिबाट गरिने पुनर्विवाह।
82875 विधेय वि. गर्नुपर्ने काम गर्न लायक, कर्तव्य।
82876 विधेय वि. २. नियमद्वारा जानिने विधिद्वारा थाहा पाइने।
82877 विधेय वि. ३. आज्ञा पालन गर्ने, आज्ञापालक।
82878 विधेय वि. ना. ४. गर्नुपर्ने काम, कर्तव्य कर्म।
82879 विधेय वि. ५. व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो वाक्य पूर्ण गराउने पद।
82880 विधेयक ना. व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा, प्रतिनिधि सभामा पेस गरिने ऐनको प्रस्तावित रूप मस्यौदा,कानुन।
82881 विधेयक ना. २. राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप।
82882 विधेय विमर्श ना. भन्नुपर्ने कुरो वा मुख्य आशय दबिन जाँदा पर्ने एक साहित्यिक वाक्यदोष।
82883 विध्य वि. छेड्न लायक, प्वाल पार्न योग्य।
82884 विध्यनुकूल वि. विधि वा कानुनको दृष्टिबाट कुनै किसिमको त्रुटि नभएको, ऐनकानुनका सबै बुँदाहरू पालन गरिएको।
82885 विध्वंस ना. भयङ्करको नाश, विनाश, छारस्ट स्वाहा।
82886 विध्वंस ना. वि. २. भयङ्करसँग नाश भएको, विनष्ट।
82887 विध्वंसक वि. विध्वंस गर्ने, विनाशक।
82888 विध्वंसकारी वि. विध्वंसक।
82889 विध्वंसन नाश गर्ने काम, ठुलो आतङ्क मच्चाउने क्रिया, तहसनहस, विध्वंस।
82890 विध्वंसवाद ना. चारैतिर अशान्ति मच्चाएर राज्यको ऐनकानुनलाई नै खलल पार्ने मत वा सिद्धान्त, विध्वंसकारी क्रियाकलापमा लाग्ने म।
82891 विध्वंसवादी वि. विध्वंसवादको अनुयायी।
82892 विध्वंसी वि. विध्वंसकारी, भताभुङ्ग पार्ने, विनाशक।
82893 विनत वि. टुप्पाबाट भुइँसम्म लत्रेको, नुहेको झुकेको।
82894 विनत वि. २. विनम्र; विनयी; विनी।
82895 विनति ना. आदर भाउसहितको प्रार्थना, निवेदन, बिन्ती।
82896 विनति ना. २. आफूलाई परेको पिरमर्काबारेको उजुर।
82897 विनति ना. ३. आदरभाउ देखाउने काम, नम्रता।
82898 विनति पत्र ना. बिन्तीपत्र, निवेदन।
82899 विनतोदर वि. पेट सुकेको वा बसेको, कुप्रो परेको, कुप्रे।
82900 विनतोदर वि. २. बिचमा खाल्डो परेको।