Dictionary

All Word

83101 शस्त्रागार ना. हातहतियार राख्ने ठाउँ वा घर; शस्त्रगृह; सिलखाना।
83102 शस्त्रास्त्र ना. हातैमा लिएर हिकाईने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने बाण, भाला, बन्दुक आदि हतियार; शस्त्र र अस्त्र।
83103 शस्त्री वि. शस्त्रले सुसज्जित; हतियार भिरेको; शस्त्रधारी।
83104 शस्त्रीकरण ना. कुनै राष्ट्र वा राष्ट्रका गुटहरूले सम्पूर्ण शक्ति शस्त्रास्त्रमा निर्भर गराउने काम।
83105 शस्य ना. १. भर्खर उम्रेको वा कलिलो घाँस।
83106 शस्य ना. २. खेतीपातीको उपज बाली; अन्न; धान्य। वि.
83107 शस्य ना. ३. सह्राउनुपर्ने; प्रशंसनीय।
83108 शहर ना. हे. सहर।
83109 शहीद ना. हे. सहिद।
83110 शाक ना. १. तरकारी खाइने हरियो पात, डाँठ आदि; साग।
83111 शाक ना. २. राम्रो काठ हुने एक जातको रुख।
83112 शाकद्वीप ना. पुराणमा वर्णित प्रसिद्ध सात द्वीपमध्ये एक।
83113 शाकाहार ना. सागपात, फलफूल, दुधदही, अन्न आदि मात्रको खवाइ; माछामासु आदि नभएको भोजन।
83114 शाकाहारी वि. सागपात, फलफूल, दुधदही आदि सात्त्विक भोजन मात्र गर्ने; माछामासु आदि नखाने।
83115 शाकिनी ना. १. शाक वा सागपातको खेती वा सो खेती गर्ने जमिन।
83116 शाकिनी ना. २. पिशाचिनी वा देवी ठानिने, दुर्गाकी एक सेविका।
83117 शाकिनी ना. ३. डाइनी; बोक्सी।
83118 शाकुनिक वि. १. चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति)।
83119 शाकुनिक वि. २. शकुन वा ग्रहगतिको शुभाशुभ फल बताउने (व्यक्ति)।
83120 शाकुन्तल वि. १. शकुन्तलासम्बन्धी; शकुन्तलाको। ना.
83121 शाकुन्तल वि. २. शकुन्तलाका गर्भबाट उत्पन्न भएका राजा भरत।
83122 शाकुन्तल वि. ३. शकुन्तला र दुष्यन्तसम्बन्धी कथा भएको यसै नाउँको काव्यकृति (संस्कृतमा कालिदासद्वारा रचित 'अभिज्ञानशाकुन्तल' नाटक, नेपालीमा देवकोटाद्वारा रचित 'शाकुन्तल' महाकाव्य आदि )।
83123 शाके वि. १. शकसम्बन्धी; शकको; शालिवाहनको। ना.
83124 शाके वि. २. शकसंवत्।
83125 शाक्त वि. १. तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्)।
83126 शाक्त वि. २. शक्तिसम्बन्धी; दैवी शक्तिको। ना.
83127 शाक्त वि. ३. काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी।
83128 शाक्तागम ना. दैवी शक्तिसम्बन्धी कुरा लेखिएको शास्त्र; तन्त्रशास्त्र।
83129 शाक्य ना. १. शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिँजारिएको एक प्राचीन क्षत्रिय जाति; गौतम बुद्धको कुल वा वंश।
83130 शाक्य ना. २. गौतम बुद्ध।
83131 शाक्य ना. ३. बौद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग; बाँडा।
83132 शाक्य भिक्षु / भिक्षुक ना. १. बौद्ध सन्न्यासी।
83133 शाक्य भिक्षु / भिक्षुक ना. २. बौद्ध धर्म मान्ने एक वर्ग; बाँडा।
83134 शाखा ना. १. मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग; हाँगो।
83135 शाखा ना. २. कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव; विभाग ।
83136 शाखा ना. ३. कुनै सं, कार्यालय आदिअन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग।
83137 शाखा ना. ४. वेदका संहिताको पाठ तथा क्रमभेद।
83138 शाखा ना. ५. कुनै दर्शनशास्त्र आदिको अर्को भेद; सम्प्रदाय।
83139 शाखा ना. ६. कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै विचार वा मूलका मानिसहरूको वर्ग वा समूह।
83140 शाखा ना. ७. छोरापट्टिको वंशावली तथा छोरापट्टिका सन्तानको लहरो।
83141 शाखा अधिकृत ना. राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारी; शाखाको प्रमुख।
83142 शाखा प्रशाखा ना. १. ठुलो शाखा र सानो शाखा; शाखाको पनि शाखा।
83143 शाखा प्रशाखा ना. २. पहिले निस्केका अङ्गको पनि सानोतिनो अङ्ग वा उपाङ्ग; हाँगाबिँगा।
83144 शाखामार्ग ना. मूल मार्गबाट छुट्टिएर गएको वा मूल मार्ग आई जोडिने अर्को मार्ग; सानो वा छड्के बाटो।
83145 शाखामृग ना. शाखावानर।
83146 शाखावानर ना. रुखका हाँगामा झुन्डिएर निर्वाह गर्ने, पुच्छर नभएको वानर; शाखावानरानुगणभित्र पर्ने वानर।
83147 शाखावानरानुगण ना. रुखका हाँगामा झुन्डिएर बस्ने एक प्रकारको वानरको सामूहिक नाम; शाखावानर र त्यससित मिल्ने जातको वानरको समूह।
83148 शाखा व्यवसाय ना. मूल व्यवसायबाहेकको अर्को सानो व्यवसाय वा काम।
83149 शाखी वि. १. शाखा भएको; हाँगा भएको।
83150 शाखी वि. २. शाखासित सम्बन्ध राख्ने (वेदको )। ना.