Dictionary

All Word

83251 शार्दूल ना. १. बाघ, सिंह, चितुवा आदि हिंस्रक जन्तु।
83252 शार्दूल ना. २. अग्रणी वा श्रेष्ठ पुरुष (जस्तो- नरशार्दूल )।
83253 शार्दूलविक्रीडित ना. प्रत्येक पाउमा उन्नाइस अक्षर हुने, मगण, सगण, जगण, सगण, दुई तगण र गुरु अक्षर मिलेर बन्ने र सात तथा बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
83254 शार्वरी ना. १. साठी संवत्सरमध्ये एक संवत्सरको नाम। वि.
83255 शार्वरी ना. २. रात्रिसम्बन्धी; रातको।
83256 शार्वरी ना. ३. अन्धकार; अँध्यारो।
83257 शाल १ ना. हे. साल ५।
83258 शाल २ ना. हे. साल ४।
83259 शालधूप ना. हे. सालधूप।
83260 शाला ना. बस्ने वा काम गर्ने ठाउँ- वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला, पाठशाला, नाट्यशाला इ.)।
83261 शालाकी ना. चिरफार गर्ने वैद्य; शल्यचिकित्सक।
83262 शालाक्य ना. टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य-चिकित्साशास्त्रको एक विभाग।
83263 शालाक्य तन्त्र ना. शालक्यका रूपले उपचार गरिने विधिविधानको तन्त्र वा सिद्धान्त।
83264 शालिग्राम ना. कालीगण्डकीमा पाइने कालो, चिल्लो, र चक्रचिह्न भएको, विष्णुका रूपमा पूजा गरिने विशेष प्रकारको पत्थर।
83265 शालिधान्य ना. सालीधान; मार्सीधान।
83266 शालिनी ना. १. शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो- भाग्यशालिनी, शक्तिशालिनी आदि)।
83267 शालिनी ना. २. गृहस्वामिनी; गृहिणी।
83268 शालिनी ना. ३. एक मगण, दुई तगण र दुई गुरुबाट बन्ने, चार र सात अक्षरमा अडान हुने एक वार्णिक छन्द।
83269 शालिवाहन ना. शक संवत् चलाउने प्रसिद्ध शक अथवा खस राजा।
83270 शालिहोत्र ना. घोडा वा अन्य पशुहरूको चिकित्सासम्बन्धी विद्या; पशु-चिकित्साशास्त्र।
83271 शालिहोत्री ना. घोडा वा अन्य पशुहरूको चिकित्सक; पशुचिकित्सक।
83272 शाली वि. सहित; युक्त; सम्पन्न (प्रायः समासको अन्तमा, जस्तै- शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ.)।
83273 शालीन वि. १. शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको।
83274 शालीन वि. २. लजाउने प्रकृतिको; लजालु।
83275 शालीन वि. ३. काममा पोख्त; कुशल; सिपालु।
83276 शालीनता ना. शालीन हुनाको भाव, गुण वा अवस्था; सौम्यता।
83277 शाल्मलि / शाल्मली ना. १. सिमलको रुख।
83278 शाल्मलि / शाल्मली ना. २. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक।
83279 शाल्मलि / शाल्मली ना. ३. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक।
83280 शाव वि. १. शवसम्बन्धी ( कुनै नाताकुटुम्बको ); मृत्युद्वारा उत्पन्न; मृतकसित सम्बन्धित। ना.
83281 शाव वि. २. प्रायः पशुपन्छीको बच्चो; छाउरो।
83282 शावक ना. कुनै पनि वन्यजन्तुको बच्चो।
83283 शाश्वत वि. १. कहिल्यै पनि नाश नहुने; सधैंभरि रहिरहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन । ना.
83284 शाश्वत वि. २. वेदव्यास।
83285 शाश्वत वि. ३. स्वर्ग।
83286 शाश्वत वि. ४. शिव।
83287 शाश्वत वि. ५. सूर्य।
83288 शाश्वत वि. ६. अन्तरिक्ष।
83289 शासक ना. १. राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासनकर्ता।
83290 शासक ना. २. अधीनस्थ व्यक्तिहरूलाई अनुशासित वा नियन्त्रित गर्ने व्यक्ति; मुख्य हाकिम।
83291 शासकीय वि. शासक वा शासनसम्बन्धी; शासकको कामसँग सम्बन्ध राख्ने।
83292 शासन ना. १. सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम।
83293 शासन ना. २. अनुशासन वा मर्यादा पालन गराउने काम; आज्ञा; आदेश; हुकुम।
83294 शासन ना. ३. इन्द्रियहरूको संयम वा नियन्त्रण।
83295 शासन ना. ४. कुनै कसुरका निम्ति दिइने दण्ड वा सजाय।
83296 शासन ना. ५. कसैलाई दिइने लिखित अधिकार।
83297 शासन ना. ६. कुनै शब्दले आफ्नो नजिकमा रहेको शब्दको रूप परिवर्तन गर्न विवश गर्ने व्याकरणिक प्रक्रिया।
83298 शासनकर्ता ना. शासन गर्ने; शासक।
83299 शासनतन्त्र ना. शासनपद्धति; शासनप्रणाली।
83300 शासनपत्र ना. राजाको आज्ञा लेखिएको ताम्रपत्र; शिलापत्र आदि।