Dictionary

All Word

83401 शिखण्डी ना. ५. पौरुष वा बलको अभाव भएको व्यक्ति वा त्यस्तो व्यक्तिलाई उभ्याएर आफ्नो काम पट्याउने मानिस।
83402 शिखर ना. १. पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो।
83403 शिखर ना. २. घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग; गजुर।
83404 शिखर नारायण ना. उपत्यकाका चार नारायणमध्ये काठमाडौँदेखि दक्षिणमा पर्ने फर्पिङ भन्ने ठाउँमा रहेका एक नारायण।
83405 शिखर सम्मेलन ना. कुनै निश्चित उद्देश्य लिई राष्ट्राध्यक्षहरूका बिचमा हुने सम्मेलन वा सद्भावनापूर्ण भेला।
83406 शिखरिणी ना. १. प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने, छ र बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
83407 शिखरिणी ना. २. छातीदेखि नाभिसम्म गएको रोमपङ्क्ति।
83408 शिखरिणी ना. ३. श्रेष्ठ वा उत्तम नारी; शालीन स्त्री।
83409 शिखरी वि. १. शिखर भएको वा शिखर हुने; टाकुरे। ना.
83410 शिखरी वि. २. पहाडी किल्ला; पर्वत।
83411 शिखा ना. १. चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी।
83412 शिखा ना. २. मुजुर, डाँफे आदिको सिउर।
83413 शिखा ना. ३. आगो, बत्ती आदिको ज्वाला।
83414 शिखा ना. ४. तिखो टुप्पो।
83415 शिखाधर वि. शिखा धारण गर्ने; शिखावान्।
83416 शिखावान् वि. १. शिखा भएको; शिखाधर; शिखी। ना.
83417 शिखावान् वि. २. अग्नि।
83418 शिखावान् वि. ३. बत्ती।
83419 शिखावान् वि. ४. चिता।
83420 शिखासूत्र ना. द्विजजातिको मुख्य धार्मिक चिह्न भएको शिखा र जनै।
83421 शिखी वि. १. शिखा भएको; शिखाधर।
83422 शिखी वि. २. चुच्चो परेको; तिखाउरे। ना.
83423 शिखी वि. ३. द्विजाति।
83424 शिखी वि. ४. मुजुर, डाँफे आदि सिउर हुने पक्षी।
83425 शिखी वि. ५. अग्नि; बत्ती।
83426 शिखी वि. ६. बाण।
83427 शिखीबुद्ध ना. काठमाडौँ उपत्यकाको फूलचोकी पहाडमा तपस्या गर्ने, पुराणप्रसिद्ध एक बुद्धको नाम।
83428 शिङ्घाण ना. सिँघान।
83429 शिञ्जा ना. १. गहनाहरू बजेको आवाज; झन्कार; सिन्जा।
83430 शिञ्जा ना. २. धनुको डोरी; ताँदो।
83431 शिञ्जिनी ना. १. ताँदो; परिन्जो।
83432 शिञ्जिनी ना. २. गोडामा पहिरिने गहना (पाउजेब, नूपुर आदि)।
83433 शिञ्जिनी ना. ३. बज्ने माला।
83434 शिति वि. १. श्वेत; सेतो।
83435 शिति वि. २. कालो।
83436 शितिकण्ठ ना. नीलकण्ठ; महादेव।
83437 शिथिल वि. १. राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि)।
83438 शिथिल वि. २. कामले साह्रै थाकेको वा गलेको; लस्त।
83439 शिथिल वि. ३. आज्ञा वा नियमविधानको राम्रो पालना नभएको।
83440 शिथिल वि. ४. दह्रो नभएको; दुर्बल।
83441 शिथिल वि. ५. छरितोसँग काम गर्न नसक्ने; जुम्सो।
83442 शिथिलता ना. १. शिथिल हुने चाल वा स्थिति।
83443 शिथिलता ना. २. वाक्यरचनामा शब्दयोजना नमिल्दा पर्ने, काव्यको एक दोष।
83444 शिम्बी ना. १. सिमी, केराउ, बोडी आदिको कोसो।
83445 शिम्बी ना. २. सिमी।
83446 शिर ना. १. शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक।
83447 शिर ना. २. प्रायः खोलाको उद्‍गमस्थल।
83448 शिर ना. ३. कुनै वस्तु वा ठाउँविशेषको टुप्पो।
83449 शिरद्वार ना. घोडाका टाउकामा कसिने छालाको उपकरण।
83450 शिरनामा ना. १. चिठीपत्र, लिखत आदिको सुरमा लेखिने प्रशस्ति वा शिरमा लेखिने बेहोरा।