Dictionary

All Word

83501 शिल्प उद्योग ना. शिल्पसम्बन्धी कुरा वा हस्तकलाको उद्योग।
83502 शिल्पक ना. अठार उपरूपकमध्ये एक तथा शान्त र हास्यरसबाहेक अरू रस हुने, मसान आदिको वर्णन गरिने, नायक ब्राह्मण र उपनायक नीच पात्र भएको, चारअङ्के उपरूपक।
83503 शिल्पकला ना. शिल्पसम्बन्धी कला; हस्तकला; कालिगडी।
83504 शिल्पकार ना. शिल्पसम्बन्धी वा हस्तकलाको काम गर्ने कालिगड; शिल्पी।
83505 शिल्पकारी ना. शिल्पकारको काम वा कौशल; कारिगरी।
83506 शिल्पकौशल ना. शिल्पकला।
83507 शिल्पगृह ना. शिल्पशाला।
83508 शिल्पजीवी ना. कारिगरीको कामबाट जीवनवृत्ति चलाउने व्यक्ति; कारिगर।
83509 शिल्पता/त्व ना. शिल्पको भाव, गुण वा धर्म।
83510 शिल्पवाद ना. साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौँ शताब्दीको तेस्रो दशकमा अमेरिकामा प्रयोग भएको साहित्यिक सिद्धान्त।
83511 शिल्पविद्या ना. शिल्पसम्बन्धी विद्या वा ज्ञान।
83512 शिल्पविधान ना. रचनात्मक अभिव्यक्तिका सन्दर्भमा आवश्यक कुरा कलात्मक एवं कुशलतापूर्वक प्रस्तुत गर्ने पद्धति वा ढाँचाकाँचा।
83513 शिल्पशाला ना. १. शिल्पसम्बन्धी काम गर्ने घर वा शिल्पविद्या सिकाउने विद्यालय।
83514 शिल्पशाला ना. २. शिल्पसम्बन्धी साधन वा वस्तुहरू राखिएको ठाउँ।
83515 शिल्पशास्त्र ना. शिल्पसम्बन्धी निर्माणका विधि लेखिएको वा कालिगडीको विवेचना गरिएको शास्त्र; शिल्पविद्या।
83516 शिल्पशास्त्री ना. शिल्पसम्बन्धी शास्त्र वा प्रयोगकुशलताको ज्ञाता।
83517 शिल्पसज्जा ना. शिल्पले सजाउने काम; हस्तकलाको सजावट।
83518 शिल्पिक वि. १. शिल्पकला वा कारिगरीसित सम्बन्धित। ना.
83519 शिल्पिक वि. २. शिल्पको काम गर्ने व्यक्ति; कालिगड।
83520 शिल्पिका ना. औषधीका रूपमा काम लिइने एक प्रकारको तृण।
83521 शिल्पी ना. १. शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड। वि.
83522 शिल्पी ना. २. शिल्पसम्बन्धी; शिल्पको।
83523 शिल्पी ना. ३. शिल्पकलामा निपुण।
83524 शिव ना. १. हिन्दुका तीन प्रधान देवता- ब्रह्मा, विष्णु र महादेवमध्ये संहारकार्यका प्रतीक मानिएका प्रसिद्ध देवता; रुद्र; महादेव; शम्भु; पशुपति।
83525 शिव ना. २. मङ्गल; कल्याण; आनन्द।
83526 शिव ना. ३. मुक्त हुने काम; मुक्ति; मोक्ष।
83527 शिव ना. ४. विष्कम्भादि सत्ताइस योगमध्ये एक योग।
83528 शिव ना. ५. कालो धतुरो।
83529 शिव ना. ६. पानी; जल।
83530 शिवका ना. लिच्छविकालीन मुद्रा वा सिक्का।
83531 शिवगामी ना. मङ्गलकामना गरेर शिवको उपासना गर्ने व्यक्ति।
83532 शिवगिरि ना. कैलाश ( शिखर वा पर्वत)।
83533 शिव चतुर्दशी ना. शिवरात्रि।
83534 शिवता /त्व ना. १. शिव वा कल्याणको भाव, गुण वा धर्म।
83535 शिवता /त्व ना. २. अमरता; मोक्ष।
83536 शिवनामी ना. 'शिव- शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को।
83537 शिवपुराण ना. अठार महापुराणमध्ये शिवको महिमा वर्णन गरिएको एक पुराण; शैव पुराण।
83538 शिवपुरी ना. १. शिवलोक; कैलाश।
83539 शिवपुरी ना. २. वाराणसी।
83540 शिवपुरी ना. ३. काठमाडौँ उपत्यकाको सोझो उत्तरमा रहेको एक पर्वत।
83541 शिवबुटी ना. भाङ; गाँजा। (शिवले खाने वा शिवको नाम लिएर खाइने रूपमा )।
83542 शिवभक्त ना. १. शिवजीको भक्त।
83543 शिवभक्त ना. २. वि. सं. १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा- कमारीहरूलाई दिइएको उपनाम।
83544 शिवरात्रि ना. शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रतउपवास आदि बसिने, फागुन कृष्णचतुर्दशी तिथिको रात; शिवचतुर्दशी।
83545 शिवलिङ्ग ना. शिवको लिङ्गाकार रूप; लिङ्गका रूपमा पुजिने शिवको मूर्ति वा प्रतीक।
83546 शिवलिङ्गी ना. पन्जाकार तथा कुनाकुना परेका पात हुने, लहरा वा पातका टुप्पामा धागाका छाँटका त्यान्द्रा देखिने, साना पहेँल्छ्या फूल फुल्ने, फर्सीको जस्तो एक जातको लहरो; त्यसै लहरामा फल्ने काँचोमा हरियोसेतो धर्से र पाकेपछि रातो हुने गोल फल वा शिवलिङ्गका आकारको नाइटो हुने बिउ।
83547 शिवलोक ना. शिवजीको वास भएको लोक; कैलाश।
83548 शिववाहन ना. शिवजीको वाहन; नन्दी नाउँको साँढे।
83549 शिवा ना. १. पार्वती; दुर्गा।
83550 शिवा ना. २. मोक्ष; मुक्ति।