Dictionary

All Word

83551 शिवालय ना. १. शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर; शिवमन्दिर; महादेवको देवल।
83552 शिवालय ना. २. शिवको वास हुने ठाउँ।
83553 शिवालिक ना. महाभारत पर्वतशृङ्खलादेखि दक्षिणपट्टि त्यसैको हाराहारीमा पूर्वपश्चिम केही टाढासम्म फिँजारिएको होचो पर्वतमाला; चुरे पहाड।
83554 शिवि ना. १. पुराणप्रसिद्ध एक दानशील राजाको नाम।
83555 शिवि ना. २. सिकारी जन्तु।
83556 शिवि ना. ३. भोजपत्र।
83557 शिविका ना. पाल्की; म्याना।
83558 शिविर ना. १. सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक।
83559 शिविर ना. २. राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला; दुर्ग।
83560 शिविर ना. ३. यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी बास कायम गरिने ठाउँ।
83561 शिशिर ना. १. छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु। वि.
83562 शिशिर ना. २. सर्दी जमेको; चिसो।
83563 शिशिर ऋतु ना. छ ऋतुमध्ये अन्तिम ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु।
83564 शिशु ना. १. जन्मेदेखि प्रायः पाँच वर्षसम्मका उमेरका बालक; नानी; बच्चो।
83565 शिशु ना. २. कुनै पनि पशुपक्षीको बच्चो (बाछो, छावा, केटो, चल्लो, बचरो इ.)।
83566 शिशु उद्यान ना. केटाकेटीलाई खेल्न, बस्न र मनोरञ्जन गर्नका निम्ति बनाइएको साधनयुक्त बगैँचा।
83567 शिशुकल्याण केन्द्र ना. केटाकेटीको स्वास्थ्यको संरक्षण, निरीक्षण वा उपचार आदि गरिने स्थान।
83568 शिशुता ना. बालकपन; बाल्यावस्था।
83569 शिशुत्व ना. शिशुता।
83570 शिशुपाल ना. युधिष्ठिरद्वारा राजसूय यज्ञ भइरहेका बेला द्वेष र दुर्वचनको फलस्वरूप कृष्णका हातबाट मारिने, चेदिदेशका राजाको नाम।
83571 शिशुपाल वध ना. कृष्णद्वारा शिशुपाललाई मारिएको कथाको विषय वर्णन भएको कविमाघनिर्मित संस्कृत भाषाको महाकाव्य।
83572 शिशुमार ना. १. सोँस नामको एक जलजन्तु।
83573 शिशुमार ना. २. पुछारमा ध्रुवतारा रहेको देखिने एक नक्षत्रमण्डल।
83574 शिशुमार चक्र ना. त्यस्ता नक्षत्रहरूको घेरो वा फन्को।
83575 शिशुरोग विशेषज्ञ ना. केटाकेटीहरूको रोग तथा निदानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति; बालकहरूको कुशल डाक्टर वा चिकित्सक।
83576 शिश्न ना. पुरुषको जननेन्द्रिय; लिङ्ग।
83577 शिष्ट वि. १. आनीबानी राम्रो भएको; नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने।
83578 शिष्ट वि. २. सधाइएसिकाइएको; समुचित शिक्षादीक्षा पाएको; सभ्य।
83579 शिष्ट वि. ३. शान्त र नम्र स्वभावको।
83580 शिष्ट वि. ४. बाँकी रहेको; शेष; रहल। ना.
83581 शिष्ट वि. ५. मान्य वा प्रतिष्ठित व्यक्ति; बुद्धिमान् पुरुष।
83582 शिष्टता ना. शिष्ट हुनाको भाव, गुण वा स्थिति।
83583 शिष्टप्रयोग ना. मर्यादित रूपको वा शिष्ट व्यक्तिलाई सुहाउने खालको प्रयोग (बोलाइ, लेखाइ आदिमा )।
83584 शिष्टमण्डल ना. मैत्री, सदभावना, सम्झौता, सुसम्बन्ध आदिका निम्ति कुनै विशिष्ट व्यक्तिको नेतृत्वमा अर्को देश वा सम्बन्धित तहमा जाने भद्र व्यक्तिहरूको समूह।
83585 शिष्टसमाज ना. शिष्ट वा सभ्य मानिसहरू बसेको समाज; सभ्यहरूको समूह।
83586 शिष्टसम्मत वि. शिष्ट जनद्वारा स्वीकृत वा अनुमोदित; भलादमीहरूले अँगालेको।
83587 शिष्टाचार ना. १. आगन्तुकहरूप्रति अँगालिने मान- मर्यादासहितको राम्रो व्यवहार, आतिथ्य; सत्कार।
83588 शिष्टाचार ना. २. शिष्ट वा सभ्य मानिसहरूको आचरण; सदाचार।
83589 शिष्टाचार महापाल ना. परराष्ट्र मन्त्रालयअन्तर्गत मित्रराष्ट्रका राजदूत वा अन्य प्रतिनिधिहरूको स्वागतका लागि खटिने विशिष्ट अधिकृत ( चिफ अफ प्रोटोकल)।
83590 शिष्टाचारी वि. १. शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने; शिष्टाचारको पालन गर्ने।
83591 शिष्टाचारी वि. २. सदाचारी।
83592 शिष्टाचारी वि. ३. विनम्र; विनयशील।
83593 शिष्य ना. १. शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।
83594 शिष्य ना. २. आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो।
83595 शिष्य ना. ३. आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो। वि.
83596 शिष्य ना. ४. सिकाउन सधाउन योग्य।
83597 शिष्यता/त्व ना. शिष्य हुनाको भाव वा अवस्था।
83598 शिष्य परम्परा ना. कुनै गुरुसम्प्रदायबाट चल्दै आएको शिष्यहरूको पुस्तैनी परम्परा; परम्परागत शिष्यमण्डली।
83599 शीकर ना. १. पानीका मसिना थोपाको समूह; छिटाछिटी; जलकण।
83600 शीकर ना. २. बतासमा उडेको पानीको थोप्लो; ओस; शीत।