Dictionary

All Word

83651 शीर्षक ना. २. टाउको जोगाउने वा ढाकिने वस्तु (फेटा, टोपी, पगरी आदि)।
83652 शीर्षदेशना ना. जीवित व्यक्तिका टाउकाको नाप लिने प्रक्रिया।
83653 शीर्षबिन्दु ना. हे. शिरोबिन्दु।
83654 शीर्षरेखा अक्षरमाथि रहने सिधा रेखा; डिको।
83655 शीर्षस्थ वि. सबभन्दा माथि रहेको; उपल्लोस्तरको।
83656 शीर्षस्थ सम्मेलन ना. विभिन्न राष्ट्रका बिच हुने उच्चस्तरीय सम्मेलन।
83657 शीर्षस्थान ना. १. सबभन्दा उच्च वा माथिल्लो ठाउँ।
83658 शीर्षस्थान ना. २. भेरी अञ्चलको दुल्लुमा ज्वालादेवीको पश्चिमपट्टि रहेको ज्वाला निस्कने ठाउँ।
83659 शील ना. १. राम्रो बानीबेहोरा; असल चालचलन; चरित्र; स्वभाव; प्रकृति।
83660 शील ना. २. जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थ दिई समासका अन्तमा प्रयोग हुने (जस्तो- भ्रमणशील, स्नेहशील, सौन्दर्यशील इ.)।
83661 शुक ना. १. सुगा।
83662 शुक ना. २. शुकदेव।
83663 शुकदेव ना. शुकी (सुगी) का रूपमा पृथ्वीमा घुमेकी घृताची नामकी अप्सराबाट जन्मेका, व्यासका छोरा; प्रसिद्ध पुराणवाचक ज्ञानीका रूपमा प्रख्यात ऋषि।
83664 शुक्रबार ना. हे. सुक्रबार।
83665 शुक्ति ना. १. सिपी।
83666 शुक्ति ना. २. घुँगीकिरो।
83667 शुक्ति ना. ३. शङ्ख।
83668 शुक्ति ना. ४. खप्पर।
83669 शुक्तिका ना. १. सिपी।
83670 शुक्तिका ना. २. शरीररचना-विज्ञानमा तख्ताकार वा कुनै वस्तु रहने, हाडको खोक्रो भागको नाम।
83671 शुक्र ना. १. आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौँ ग्रह; भृगु।
83672 शुक्र ना. २. आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु; दैत्यगुरु; शुक्राचार्य।
83673 शुक्र ना. ३. पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व; वीर्य।
83674 शुक्र ना. ४. शुक्रवार।
83675 शुक्रकीट ना. शुक्रकीटाणु।
83676 शुक्र कीटाणु ना. पुरुषको परिपक्व तथा सन्तानउत्पादनको क्षमता भएको वीर्यकोष।
83677 शुक्रमेह ना. मूत्रेन्द्रियबाट शुक्र बगिरहने एक रोग।
83678 शुक्रवार शुक्रबार।
83679 शुक्रवासर ना. शुक्रवार; शुकबार।
83680 शुक्रवाहिनी वि. शुक्र वा वीर्य बग्ने।
83681 शुक्रवाहिनी नली ना. पुरुषको शरीरमा हुने शुक्र बग्ने नली।
83682 शुक्राचार्य ना. भृगु ऋषिका छोरा र दानवहरूका गुरु; प्रसिद्ध ऋषि।
83683 शुक्राणु ना. स्त्रीको गर्भमा प्रविष्ट भएर सन्तान उत्पादन गराउने पुरुषको वीर्यको अणु वा परिपक्व शुक्रकीट।
83684 शुक्ल वि. १. सेतो; उज्यालो; विशुद्ध। ना.
83685 शुक्ल वि. २. साठी संवत्सरमध्येको एक संवत्सर।
83686 शुक्ल वि. ३. ब्राह्मण र क्षत्रियहरूको एक उपाधि वा थर।
83687 शुक्ल पक्ष ना. औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र बिम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमापक्ष; सुदी।
83688 शुक्ल यजुर्वेद ना. शुक्लयजुर्वेद र कृष्णयजुर्वेदमध्ये एक।
83689 शुचि वि. चोखो; शुद्ध; पवित्र।
83690 शुण्ड ना. १. मत्ताहात्तीको गण्डस्थलबाट चुहिने सुगन्धी रस।
83691 शुण्ड ना. २. हात्तीको सुँड।
83692 शुदी ना. शुक्लदिवसको सड्क्षिप्त रूप; सुदी।
83693 शुद्ध वि. १. धुलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र।
83694 शुद्ध वि. २. छलकपट केही नभएको; निष्कपट।
83695 शुद्ध वि. ३. दाग वा दोष नभएको; निष्कलङ्क; निर्दोष।
83696 शुद्ध वि. ४. त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि); ठिक।
83697 शुद्ध वि. ५. केही नजान्ने वा धनजन केही नभएको; सुदाम।
83698 शुद्धता ना. शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व; शुद्ध हुनाको भाव वा स्थिति; शुद्धपना।
83699 शुद्धबुद्ध ना. साह्रै सोझो प्रकृतिको; केही नजान्ने।
83700 शुद्धशान्ति ना. मृतकको आशौचबाट शुद्ध हुनलाई मरेका बाह्र वा तेह्र दिनमा गरिने होम, दान आदि कर्म; मृतकको जुठो चोख्याउने काम।