Dictionary

All Word

83751 शुश्रूषु वि. ३. सुन्न वा जान्न चाहने।
83752 शुषिर वि. १. प्वाल वा छिद्र भएको। ना.
83753 शुषिर वि. २. प्वाल; छिद्र; दुलो।
83754 शुषिर वाद्य ना. मुखले फुकेर बजाइने बाजा (बाँसुरी, सनई, मुरली आदि)।
83755 शुष्क वि. १. आगो, घाम आदिको रापले तातेर पानीको भाग वा चिसोपनजति निथ्रिएको; सुकेको; सुक्खा।
83756 शुष्क वि. २. मनोविनोद वा हँस्सीठट्टामा अभिरुचि नलिने; बिरसिलो; नीरस।
83757 शुष्क वि. ३. अमिल्दो स्वभावको; खस्रो।
83758 शुष्क वि. ४. कुनै सार नभएको।
83759 शुष्क वि. ५. चाख नलाग्ने; झर्कोलाग्दो।
83760 शुष्ककलह ना. कारण वा मतलबविनाको झगडा; व्यर्थको रडाको।
83761 शुष्कता ना. शुष्क हुनाको भाव वा स्थिति; सुक्खापन; बिरसिलोपन।
83762 शुष्कनरवानर ना. शिवालिक पर्वतशृङ्खलामा अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको मानवजस्तो देखिने वानर।
83763 शुष्काङ्ग वि. शरीर सुकेको; दुब्लोपातलो।
83764 शूक ना. कुनै वस्तुको तिखिएको चुच्चो भाग (झुस; टुँडो आदि)।
83765 शूकधान्य ना. लामो टुँडो हुने जातको कुनै अन्न ( गहुँ, जौ, धान आदि); जुँगेधान, जौ, गहुँ आदि।
83766 शूकर ना. १. सुँगुर।
83767 शूकर ना. २. बँदेल; वराह।
83768 शूद्र ना. आर्यहरूको वर्णव्यवस्थाअनुसार अन्तिम वा चौथो वर्ण; पहिले अछुत मानिएको परिगणित जाति; हरिजन।
83769 शूद्रता ना. शूद्र हुनाको भाव वा अवस्था।
83770 शूद्रदेवता ना. पूषा।
83771 शून्य वि. १. गुदी वा सारवस्तु केही पनि नभएको; खाली; रित्तो; खोक्रो।
83772 शून्य वि. २. मानिसको बस्ती, हलचल आदि नभएको; सुनसान; निर्जन; एकान्त।
83773 शून्य वि. ३. भौतिक रूप वा आकार नभएको; निराकार।
83774 शून्य वि. ४. वास्तविकता वा अस्तित्व नभएको।
83775 शून्य वि. ५. नभएको; रहित (समस्त पदका अन्तमा, जस्तो- ज्ञानशून्य, भावशून्य इ. )। ना.
83776 शून्य वि. ६. खाली ठाउँ; आकाश अन्तरिक्ष।
83777 शून्य वि. ७. गणितमा कुनै अङ्कको पछाडि हाल्दा त्यस अङ्कलाई दश गुना बढाउने र एक्लो प्रयोग हुँदा अभावको सूचक बन्ने गोलो चिह्न; बिन्दु (.)
83778 शून्य वि. ८. विज्ञानका अनुसार हावा पनि नभएको खाली ठाउँ।
83779 शून्य वि. ९. हठयोगका अनुसार शरीरका आठ चक्रमध्ये सातौँ चक्र। १०. केही पनि नहुने कुरो वा स्थिति; अभाव; अवास्तविकता।
83780 शून्य वि. ११. ब्रह्म।
83781 शून्यता ना. शून्य हुनाको भाव वा स्थिति; रित्तोपन।
83782 शून्यवाद ना. १. ईश्वर, आत्मा आदिको नित्य सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त; बौद्धको माध्यमिक दर्शन।
83783 शून्यवाद ना. २. नास्तिक मत।
83784 शून्यवादी वि. १. शून्यवादको अनुयायी।
83785 शून्यवादी वि. २. बौद्ध।
83786 शून्यवादी वि. ३. नास्तिक।
83787 शून्यसान्य वि. सुनसान।
83788 शून्यहृदय वि. १. प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको।
83789 शून्यहृदय वि. २. मनमा दयामाया वा चेतना नभएको।
83790 शूर वि. १. डर नभएको; आँटिलो; साहसी; पराक्रमी। ना.
83791 शूर वि. २. वीर पुरुष; योद्धा।
83792 शूर वि. ३. कृष्णका बाजेको नाम।
83793 शूरता ना. शूर हुनाको गुण वा स्थिति; सूरोपन; शौर्य।
83794 शूरविद्या ना. युद्ध गर्ने वा युद्धकला सिकाउने विद्या।
83795 शूरवीर ना. १. साहसी योद्धा; ठुलो वीर। वि.
83796 शूरवीर ना. २. साह्रै आँटिलो; सूरो।
83797 शूरसेन ना. १. द्वापरयुगका मथुराका राजा र कृष्णका मामाबाजे।
83798 शूरसेन ना. २. व्रजभूमि वा त्यसका निवासी (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेनाहरू अति शूरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ)।
83799 शूर्प ना. अगाडि बिट नभएको र पछाडि बिट उचालिएको, मदेसमा प्रचलित, पुरानो चारकुने नाङ्लो।
83800 शूर्पणखा ना. नाङ्लाजस्ता नङ भएकी, रावणकी बहिनीको नाम।