Dictionary

All Word

83801 शूल ना. १. प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार।
83802 शूल ना. २. पोल्ने मासुमा घुसारिने सुइरो।
83803 शूल ना. ३. वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा; सोला हान्ने रोग।
83804 शूल ना. ४. मानसिक वेदना; व्यथा; पीडा।
83805 शूल ना. ५. ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक।
83806 शूल ना. ६. वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्ष, अग्नि, गुण वा विद्यामध्ये कुनै एक बराबरको नाप।
83807 शूलपाणि ना. १. हातमा शूल लिने व्यक्ति।
83808 शूलपाणि ना. २. महादेव; शिव।
83809 शूलविद्या ना. वास्तु वा मूर्तिमा तीन अमल बराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, शूल, अग्नि, गुण वा विद्या बराबरको नाप।
83810 शूली ना. १. ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, मालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार; बातो। वि.
83811 शूली ना. २. त्रिशूल लिने (महादेव)।
83812 शूली ना. ३. शूलको रोग भएको।
83813 शृगाल ना. जम्वुक; स्याल।
83814 शृङ्खला ना. १. कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लङ।
83815 शृङ्खला ना. २. धातु, विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो; जन्जिर।
83816 शृङ्खलाबद्ध वि. १. शृङ्खला वा क्रम, लङ आदि मिलेको; सिलसिलेवार।
83817 शृङ्खलाबद्ध वि. २. सिक्री वा जन्जिरले बाँधिएको।
83818 शृङ्खलित वि. १. शृङ्खलामा राखिएको; क्रमबद्ध।
83819 शृङ्खलित वि. २. सिक्रीले उनिएको; जन्जिरमा बाँधिएको।
83820 शृङ्ग ना. १. सिङ।
83821 शृङ्ग ना. २. टाकुरो वा चुचुरो (जस्तो- पर्वतशृङ्ग)।
83822 शृङ्ग ना. ३. कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुँडे जुनको चोसो वा कुनु; स्तनको टुप्पो इ.)।
83823 शृङ्ग ना. ४. फुकेर बजाइने नरसिङ्गा वा भैँसी आदिका सिङको बाजा।
83824 शृङ्ग ना. ५. पानीको सिर्को; फोहरा; पचका।
83825 शृङ्गपूट ना. जुका परेका बालकहरूलाई खुवाइने जरायोको सिङ पुट गरी बनाइएको प्रसिद्ध आयुर्वेदीय औषधी।
83826 शृङ्गार ना. १. शरीर वा कुनै वस्तुलाई राम्रो र आकर्षक पार्न सजाउनेसिँगार्ने काम; सजावट।
83827 शृङ्गार ना. २. शारीरिक शोभा बढाउन कोरीबाटी गरी लुगा, सिँदूर, गाजल, लिपिस्टिक आदि लाउने काम; सिँगारपटार।
83828 शृङ्गार ना. ३. शोभा बढाउने वस्तु; सिँगार गर्ने साधन।
83829 शृङ्गार ना. ४. काव्यमा वर्णित नौ प्रकारका रसमध्ये पहिलो र रति स्थायी भाव, नायकनायिका आलम्बनविभाव आदि हुने एक रस। (यो संयोग शृङ्गार र विप्रलम्भ शृङ्गार दुई किसिमको हुन्छ)।
83830 शृङ्गार ना. ५. सम्भोगको इच्छा; रसिकता; प्रेम।
83831 शृङ्गारक ना. १. प्रीति; प्रेम।
83832 शृङ्गारक ना. २. सिँदुर । वि.
83833 शृङ्गारक ना. ३. सिँगार्ने।
83834 शृङ्गार रस ना. काव्यका नव रसमध्ये एक रस; शृङ्गार।
83835 शृङ्गाराभास ना. नसुहाउँदो र अनुचित रूपमा शृङ्गारको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष।
83836 शृङ्गारिक वि. शृङ्गारको भावना भएको; शृङ्गारसम्बन्धी।
83837 शृङ्गारित वि. १. शृङ्गार गरिएको; सिँगारिएको।
83838 शृङ्गारित वि. २. शृङ्गार वा प्रेममा आसक्त।
83839 शृङ्गारी वि. १. शृङ्गारयुक्त; शृङ्गार गर्ने; सजिसजाउ। ना.
83840 शृङ्गारी वि. २. ठाँटिलो, रसिलो व्यक्ति।
83841 शृङ्गारी वि. ३. कामुक वा ढाँचाढर्रा पार्ने मानिस।
83842 शृङ्गी वि. १. सिङ हुने वा सिङ भएको; सिङालो (पशु)।
83843 शृङ्गी वि. २. सिङबाट बनेको वा सिङको (बाजा)। ना
83844 शृङ्गी वि. ३. पहाडको टाकुरो।
83845 शृङ्गी वि. ४. सिङ्गेमाछो।
83846 शेख ना. १. मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि।
83847 शेख ना. २. मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग।
83848 शेखर ना. १. शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि)।
83849 शेखर ना. २. शिखर; चुचुरो।
83850 शेखर ना. ३. टाउको; शिर।