Dictionary

All Word

83851 शेप ना. १. पुरुषको जननेन्द्रिय; लिङ्ग।
83852 शेप ना. २. पशुको रज।
83853 शेप ना. ३. पुच्छर।
83854 शेफालिका/ शेफाली ना. भेट्नैपिच्छे रहरका जस्ता पाँचपाँचवटा पात हुने एक जातको बोट वा माथि निलो र तल सेतो हुने त्यसको फूल।
83855 शेयर ना. हे. सेयर।
83856 शेर १ ना. हे. सेर (सिंह)।
83857 शेर २ ना. हे. सेर (कविता)।
83858 शेष वि. १. बाँकी रहेको; बचेखुचेको; रहल। ना.
83859 शेष वि. २. छानेर बचेको वस्तु; छनौटो।
83860 शेष वि. ३. गणितमा भाग गर्दा वा ठुलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क।
83861 शेष वि. ४. कुनै वस्तुको उपभोग गरिसकेपछि पनि रहेको थोरै अंश; निथारपिथार।
83862 शेष वि. ५. टुङ्गिने काम वा अवस्था; समाप्ति; मरण; अन्त्य।
83863 शेष वि. ६. शेषनाग।
83864 शेषनाग ना. भगवान् विष्णुको शय्याका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज; अनन्त।
83865 शेषपछि क्रि. वि. मृत्युउप्रान्त; मरेपछि; सेखपछि।
83866 शेषप्रश्न ना. ईश्वर, सृष्टिकर्ता, मरणउप्रान्तको स्थिति, वीज र फलको पौर्वापर्य आदिका बारेमा आजसम्म टुङ्गो लाग्न नसकेकाले उत्तर पाउन बाँकी रहेको असम्भव प्रश्न
83867 शेषशायी ना. विष्णु।
83868 शेषान्तर वि. १. शेष रहेको कुरो; परिणाम।
83869 शेषान्तर वि. २. भूतप्रेत; प्रेतात्मा (धामीझाँक्रीका बोलीमा )।
83870 शैक्षणिक वि. शिक्षणसम्बन्धी; शिक्षणको; शिक्षणका प्रयोजनमा आउने।
83871 शैक्षिक वि. १. शिक्षासँग सम्बन्ध राख्ने; शिक्षासम्बन्धी। ना.
83872 शैक्षिक वि. २. शिक्षाशास्त्रको विशेषज्ञ।
83873 शैक्षिक भ्रमण ना. पाठ्यक्रममा निर्देश गरेअनुसार शिक्षाका विभिन्न क्रियाकलापमध्ये ऐतिहासिक, भौगोलिक, सामाजिक आदि विषयको अध्ययनअवलोकनका निम्ति शिक्षणसंस्थाबाट विद्यार्थीहरू सम्बन्धित स्थानमा घुम्न जाने काम।
83874 शैक्षिक सत्र ना. शिक्षायोजनाअनुसार विद्यालय महाविद्यालयमा नयाँ कक्षाको आरम्भ भएदेखि वर्ष दिनभित्र चालु रहने समयावधि।
83875 शैथिल्य ना. १. शिथिल हुने चाल वा स्थिति; शिथिलता; खुकुलोपन।
83876 शैथिल्य ना. २. निर्धोपन; कमजोरी।
83877 शैथिल्य ना. ३. नसर्ने वा लेसिने चाल; ढिलाइ; सुस्ती।
83878 शैल ना. १. शिला भएको वा शिलाबाट बनेको; शिलासम्बन्धी। ना.
83879 शैल ना. २. पहाड; पर्वत।
83880 शैलकन्या / कुमारी ना. हिमालयकी पुत्री; पार्वती।
83881 शैलकूट ना. पहाडको चुचुरो; शिखर; टाकुरो।
83882 शैलज वि. शैल वा पर्वतबाट उत्पन्न।
83883 शैलजा ना. १. पार्वती।
83884 शैलजा ना. २. दुर्गा।
83885 शैलपुत्री ना. नवदुर्गामध्ये एक; पार्वती।
83886 शैलशिखर ना. पहाडको टाकुरो; पर्वतको चुचुरो; शैलकूट।
83887 शैलाधिप / शैलाधिराज ना. हिमालय।
83888 शैली ना. १. विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति; काम गराइको ढाँचा; परिपाटी; छाँटछन्द।
83889 शैली ना. २. असल शीलस्वभाव भएका व्यक्तिबाट हुने कुरो।
83890 शैली ना. ३. कुनै सिद्धान्त जस्तै भएर आएको रीति वा चलन।
83891 शैली ना. ४. साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा। ( सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदि)।
83892 शैलीकार ना. साहित्यिक रचनामा कुनै विशिष्ट तथा आकर्षक शैलीको निर्माता; शैलीको चमत्कार प्रदर्शित गर्ने व्यक्ति।
83893 शैली तत्त्व ना. लेखनका सन्दर्भमा कुनै पनि अनुभूत विषयवस्तुका अभिव्यक्तिलाई सुन्दर तथा प्रभावपूर्ण पार्नका निम्ति तरिकासाथ सजाइने विशिष्ट पदरचना।
83894 शैलेन्द्र ना. हिमालय पर्वत।
83895 शैल्पिक वि. शिल्पसम्बन्धी; शिल्पको।
83896 शैव वि. १. शिवसम्बन्धी; शिवको। ना.
83897 शैव वि. २. हिन्दुका मुख्य तीन (शैव, शाक्त, वैष्णव)सम्प्रदायमध्ये शिवलाई मान्ने सम्प्रदाय; शिवको उपासक; शिवभक्त।
83898 शैव वि. ३. शिवपुराण।
83899 शैव वि. ४. पाशुपत अस्त्र।
83900 शैवपत्र ना. बेलपत्र।