Dictionary

All Word

83951 शोध निर्देशक ना. २. कुनै विषयको ज्ञान सूचनात्मक रूपमा प्रदान गर्ने ग्रन्थ; प्रश्नोत्तरका रूपमा विषयवस्तुको ज्ञान गराउने पुस्तक।
83952 शोधनीय वि. १. शोधन गर्न योग्य।
83953 शोधनीय वि. २. शोधन वा शुद्ध गर्न सकिने।
83954 शोधपत्र ना. शोध-निर्देशकका अन्तर्गत रहेर शोधार्थीले कुनै विषयमा आफ्नो शोधकार्य पूरा गरी तयार पार्ने गहन लेख वा पत्र।
83955 शोधपरक वि. शोधका रूपमा गरेको वा शोधलाई विशेष जोड दिइएको ( लेख, ग्रन्थ आदि)।
83956 शोधप्रबन्ध ना. शोधका आधारमा प्राप्त जानकारीलाई सङ्कलित गरेर लेखिएको प्रबन्ध; शोधपत्र।
83957 शोधभर्ना ना. कुनै विषय वा शीर्षकअन्तर्गत खर्च हुने रकम अर्कातिर खर्च गर्नुपर्दा पछि सो रकमान्तर भएको हिसाब पूरा गर्ने काम; सट्टाभर्ना।
83958 शोधार्थी ना. कुनै विषयमा शोध वा अनुसन्धान गर्न चाहने वा गरिरहेको व्यक्ति वा छात्र।
83959 शोधित वि. १. शोध गरिएको।
83960 शोधित वि. २. शुद्ध पारिएको; सुधारिएको।
83961 शोधित वि. ३. चुक्ता गरिएको; तिरिएको।
83962 शोध्य वि. हे. शोधनीय।
83963 शोध्यपत्र ना. छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठिक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना; प्रुफ।
83964 शोभन ना. १. राम्रोपन; सुन्दरता; शोभा; कान्ति।
83965 शोभन ना. २. ज्योतिषशास्त्रका अनुसार सत्ताइस योगमध्येको एक योग। वि.
83966 शोभन ना. ३. राम्रो लाग्ने; मनोहर; सुन्दर; चमकदार।
83967 शोभा ना. १. व्यक्ति, वस्तु वा सभा, कार्यक्रममा हुने सौन्दर्य; सुन्दरता।
83968 शोभा ना. २. चमक; कान्ति वा प्रकाश।
83969 शोभा ना. ३. भव्यता।
83970 शोभाञ्जन ना. सजिवनको बोट वा त्यसमा फल्ने कोसो।
83971 शोभान्वित वि. शोभाले युक्त।
83972 शोभायमान वि. शोभा बढाइरहेको; धेरै सुहाएको; राम्ररी खुलेको।
83973 शोभायात्रा ना. १. कुनै सांस्कृतिक-सामाजिक उत्सव वा विशिष्ट व्यक्तिका अभिनन्दनमा निकालिने जुलुस।
83974 शोभायात्रा ना. २. जन्ती; बरियाँत।
83975 शोभित वि. १. शोभाले पूर्ण; शोभायुक्त; सुहाएको; खुलेको।
83976 शोभित वि. २. सजिएको वा सजाइएको; सजिसजाउ।
83977 शोषक वि. १. पानी, रस, चिसो आदि सुकाउने; सोस्ने; सुक्खा पार्ने।
83978 शोषक वि. २. जुक्ति, बल आदि लगाएर अरूको धनसम्पत्ति, श्रम, उत्पादन आदि तान्ने वा चुस्ने; धुताहा; चुसाहा।
83979 शोषण ना. १. कुनै तातो वस्तुद्वारा पानी, रस, चिसो आदिको सोसाइ; सुक्ने वा सुकाउने काम।
83980 शोषण ना. २. अरूको, खास गरी आफ्ना अधीनमा रहेका निर्धानिमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ; चुस्ने वा धुत्ने काम; चुसाइ।
83981 शोषण रहित वि. कसैले कसैलाई थिचोमिचो गर्न नपाउने वा कुनै पनि प्रकारको शोषण नभएको (समाज)।
83982 शोषणी ना. लेख्ता वा रेखा खिच्दा बढी भएको मसी सोस्ने कागत; सोस्ता।
83983 शोषणीय वि. १. शोषण हुने वा हुन सक्ने; चुसिने।
83984 शोषणीय वि. २. चुस्न लायक; शोषण गर्न योग्य।
83985 शोषित वि. १. सुक्खा पारिएको; सुकाइएको।
83986 शोषित वि. २. अनुचित रूपमा सोस्ने काम गरिएको; चुसिएको; शोषणमा परेको।
83987 शौक ना. हे. सोख।
83988 शौच ना. १. शास्त्रले बताएअनुसार खानपान, आचरण, व्यवहार आदि सबै शुद्ध राख्ने काम; स्वच्छता; पवित्रता।
83989 शौच ना. २. सूतक, जुठो आदिबाट चोखिने काम।
83990 शौच ना. ३. दिसापिसाप आदि गर्ने काम।
83991 शौचागार / शौचालय ना. दिसापिसाप गर्ने ठाउँ; पाइखाना; चर्पी; हगनगौँडी।
83992 शौनक ना. ऋग्वेदको प्रातिशाख्य तथा अन्य अनेक वैदिक रचनाका प्रणेता, पुराणप्रसिद्ध, नैमिषारण्यवासी एक महर्षि।
83993 शौरसेनी ना. १. प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ) देश वा प्रदेशमा बोलिने शिष्ट प्राकृत भाषा। वि.
83994 शौरसेनी ना. २. शूरसेन देशको वा त्यहाँ चलेको; शूरसेनसम्बन्धी।
83995 शौर्य ना. सूरोपन; वीरता; बहादुरी; पराक्रम।
83996 शौल्किक ना. लिच्छविकालीन भन्सारचौकीको अधिकारी।
83997 श्मशान ना. मसान; मरनघाट।
83998 श्याम वि. १. कालो र निलो मिसाउँदा हुने रङको; हल्का कालो; कल्साउँदो; साँवलो।
83999 श्याम वि. २. गाढा हरियो। ना.
84000 श्याम वि. ३. कृष्ण।