Dictionary

All Word

84051 श्रमविभाजन ना. कुनै काम छिटोछरितो टुङ्ग्याउन वा श्रमलाई सामूहिक छरितो रूपमा ल्याई व्यवस्थित रूपमा छुट्टयाई बाँड्ने तथा जिम्मा लाउने काम।
84052 श्रमशक्ति ना. श्रमद्वारा प्राप्त हुने शक्ति वा तागत।
84053 श्रमसाध्य वि. श्रमले मात्र पार लाउन सकिने; चर्को मिहिनेत गर्नुपर्ने; कष्टसाध्य।
84054 श्रमसङ्गठन ना. श्रमको समुचित उपयोग तथा श्रमिकहरूको स्थिति र हकहितको सुधार एवं सुरक्षाका निम्ति बनेको सङ्गठन।
84055 श्रमसङ्घ ना. कुनै कारखाना आदिमा काम गर्ने श्रमिकहरूको संस्था; श्रमसङ्गठन।
84056 श्रमिक ना. १. श्रम गर्ने व्यक्ति; मजदुर; ज्यामी। वि.
84057 श्रमिक ना. २. मेहनत गर्ने; श्रमी।
84058 श्रमिक कल्याण कार्य ना. श्रमिकहरूको भलाइका निम्ति गरिने कार्य।
84059 श्रमिक कल्याण केन्द्र ना. श्रमिकहरूको कल्याण हुने, विभिन्न कार्य गरिने केन्द्र वा ठाउँ।
84060 श्रमिक दिन ना. एक दिनमा एक व्यक्तिले गरेका कामका अनुपातले हडताल आदिका समयमा भएको हानिको हिसाब लगाउँदा हुने दिनको सङ्ख्या।
84061 श्रमिक सङ्घ ना. श्रमसङ्घ।
84062 श्रवण ना. १. कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण।
84063 श्रवण ना. २. सुन्ने ज्ञानको इन्द्रिय; कर्ण; कान।
84064 श्रवण ना. ३. सत्ताइस नक्षत्रमध्ये बाइसौँ नक्षत्र।
84065 श्रवण केन्द्र ना. सबैले सुन्न पाउने गरी सार्वजनिक रूपमा रेडियो वा ध्वनियन्त्र राखिएको मुख्य ठाउँ।
84066 श्रवण विद्या ना. सुनेर मात्र आर्जन गरिने वा सिकिने विद्या।
84067 श्रवणीय वि. सुन्न लायक; सुन्नुपर्ने।
84068 श्रवणीयता ना. श्रवणीय हुनाको भाव वा स्थिति; सुन्न सकिने अवस्था।
84069 श्रवणेन्द्रिय ना. पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिभ्रो र छाला) मध्ये एक इन्द्रिय; सुन्ने इन्द्रिय; कान।
84070 श्रव्य वि. १. सुन्न योग्य; सुन्न सकिने।
84071 श्रव्य वि. २. सुनेर मात्र थाहा पाइने।
84072 श्रव्यकाव्य ना. अभिनय नभई सुनेर वा पढेर मात्र आनन्दानुभूति गरिने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका काव्य।
84073 श्राद्ध ना. शास्त्र तथा कुलका आचारअनुसार पितृहरूले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म।
84074 श्राद्ध पक्ष ना. आश्विन महिनाको कृष्णपक्ष; सोह्रश्राद्ध।
84075 श्राद्धिक वि. श्राद्धसम्बन्धी; श्राद्धको।
84076 श्राद्धीय वि. श्राद्धसम्बन्धी; श्राद्धिक।
84077 श्रान्त वि. १. श्रमले थाकेको; थकित; क्लान्त।
84078 श्रान्त वि. २. इन्द्रियहरूलाई वशमा राख्ने। ना.
84079 श्रान्त वि. ३. सन्न्यासी; साधु।
84080 श्रान्ति ना. १. थकाइ मेट्नका लागि गरिने विश्राम; बिसाइ।
84081 श्रान्ति ना. २. परिश्रम; मेहनत।
84082 श्रान्ति ना. ३. थकाइ; थकान; ग्लानि।
84083 श्राप ना. शाप; सराप।
84084 श्रावक ना. १. बौद्ध भिक्षु वा सन्त।
84085 श्रावक ना. २. जैन मतका अनुयायी सन्न्यासी। वि.
84086 श्रावक ना. ३. श्रवण गर्ने; सुन्ने; श्रोता।
84087 श्रावण ना. १. नेपाली वर्षको चौथो महिनाको नाम; असार र भदौका बिचमा पर्ने महिना।
84088 श्रावण ना. २. श्रवणेन्द्रियसम्बन्धी ज्ञान।
84089 श्रावणी ना. १. श्रावण महिनाको पूर्णिमा।
84090 श्रावणी ना. २. यज्ञोपवीत धारण गरिने वार्षिक पर्वदिन; जनैपूर्णिमा; रक्षाबन्धन।
84091 श्रावणेर वि. भिक्षु हुनुभन्दा पूर्वको नयाँ बौद्ध सन्न्यासी।
84092 श्राव्य वि. १. श्रवण गराउन उचित; सुन्न वा सुनाउन लायक।
84093 श्राव्य वि. २. प्रस्ट सुनिने।
84094 श्राव्य वि. ३. सूचनीय।
84095 श्री ना. १. विद्या, बुद्धि, सम्पन्नता, रूप, गुण आदिका शक्ति वा पूर्णताद्वारा झल्कने शोभा; कान्ति; दीप्ति।
84096 श्री ना. २. छेलोखेलो धनसम्पत्ति; ऐश्वर्य।
84097 श्री ना. ३. धनकी प्रतीक लक्ष्मी ।
84098 श्री ना. ४. विद्या तथा गुणकी प्रतीक सरस्वती।
84099 श्री ना. ५. कुनै महिमा वा गौरवको चिह्न; यश।
84100 श्री ना. ६. सजावट; सिँगार।