Dictionary

All Word

84201 श्रेष्ठी ना. धनाढ्य व्यक्ति; महाजन; सेठ।
84202 श्रोत ना. १. कर्ण; कान।
84203 श्रोत ना. २. शरीरबाट मल बाहिर जाने इन्द्रिय।
84204 श्रोत ना. ३. पानीको वेग; स्रोत।
84205 श्रोत ना. ४. हात्तीको सुँड।
84206 श्रोतव्य वि. सुन्न लायक; सुन्नुपर्ने।
84207 श्रोता वि. १. कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने। ना.
84208 श्रोता वि. २. श्रवण गर्ने वा सुन्ने व्यक्ति।
84209 श्रोतागण ना. कथा, पुराण, उपदेश, भाषण, व्याख्यान आदि सुन्नेहरूको समूह; श्रोतृगण।
84210 श्रोतामुखी वि. श्रोतापट्टि वा श्रोताको रुचिमा ध्यान दिने।
84211 श्रोतृ ना. श्रोता।
84212 श्रोतृगण ना. श्रोतागण।
84213 श्रोत्र ना. १. सुन्ने इन्द्रिय; कान।
84214 श्रोत्र ना. २. वेद।
84215 श्रोत्रिय वि. १. वेदको ज्ञाता; वेदमा प्रवीण। ना.
84216 श्रोत्रिय वि. २. वेद पढ्ने व्यक्ति; वेद जान्ने ब्राह्मण।
84217 श्रौत वि. १. कानसम्बन्धी; कानको।
84218 श्रौत वि. २. श्रुतिसम्बन्धी; वेदअनुसारको।
84219 श्रौत वि. ३. वेदसम्मत; वेदोक्त।
84220 श्रौतकर्म ना. वेदले बताएअनुसारको काम; वैदिक कार्य।
84221 श्रौतसूत्र ना. आश्वलायन, साङ्ख्यायन, कात्यायन आदि नामले अभिहित तथा वेदमा आधारित सूत्रग्रन्थहरूको सङ्ग्रह।
84222 श्लाघनीय वि. सह्राउन लायक; प्रशंसनीय।
84223 श्लाघा ना. सह्राउने काम; गुणगान; प्रशंसा।
84224 श्लाघ्य वि. सह्रनी गर्न लायक; प्रशंसनीय।
84225 श्लिष्ट वि. १. टाँसिएको, जोडिएको वा मिलेको; आलिङ्गित।
84226 श्लिष्ट वि. २. श्लेषयुक्त; दुई वा अनेक अर्थ लाग्ने (शब्द)।
84227 श्लिष्टोक्ति ना. दुई वा अनेक अर्थ लाग्ने भनाइ।
84228 श्लील वि. १. लाजभाँड नभएको; शिष्ट।
84229 श्लील वि. २. समाजको कल्याण गर्ने।
84230 श्लेष ना. मिल्ने वा जोरिने काम; संयोग।
84231 श्लेषोक्ति ना. श्लेषयुक्त कथन; श्लिष्टोक्ति।
84232 श्लेष्मान्तक ना. १. लप्सीको रुख।
84233 श्लेष्मान्तक ना. २. पशुपतिका वनको वरिपरिको जङ्गल।
84234 श्लोक ना. १. पद्यमा रचित वा कथित वाक्य; सिलोक; पद्य।
84235 श्लोक ना. २. प्रशंसा; स्तुति।
84236 श्लोकबद्ध वि. श्लोक वा पद्यमा लेखिएको; छन्दोबद्ध।
84237 श्ववृत्ति ना. मालिकको इसारामा नाच्ने र उसको दयामा बाँच्ने कुकुरको जस्तो वृत्ति; आत्मगौरवलाई तिलाञ्जलि दिई अरूको निगाह वा अधीनमा रहने काम।
84238 श्वान ना. कुकुर।
84239 श्वास ना. १. नाक वा मुखद्वारा बाहिरबाट हावा तानी स्वच्छ राख्ने तथा फोक्सो क्रियाशील पार्ने प्राणवायु; सास।
84240 श्वास ना. २. लामो वा छिटो रूपमा फेरिने सास; सुस्केरा।
84241 श्वास ना. ३. दमको रोगी; धम्की।
84242 श्वास ना. ४. ज्यान; प्राण।
84243 श्वासकाश ना. दम र खोकीको रोग।
84244 श्वासनली ना. बाहिरबाट शुद्ध सास लिने र मित्रबाट दूषित सास फ्याँक्ने गरी फोक्सोतिर सास ओहोरदोहोर गर्ने नली।
84245 श्वासप्रश्वास ना. नाकबाट भित्र तानिने तथा बाहिर छोडिने सास; श्वास र निश्वास।
84246 श्वेत वि. १. सेतो। ना.
84247 श्वेत वि. २. सेतो रङ्ग।
84248 श्वेतकुष्ठ ना. पाण्डुरोग।
84249 श्वेतनीति ना. गोरा जातिको प्रधानता भएको कुनै देशको सरकारले अँगालेको अन्य देशका काला जातिका मानिसलाई नागरिक भएर रहन नदिने नीति वा सिद्धान्त।
84250 श्वेतपत्र ना. १. आधुनिक राजनीतिका अनुसार कुनै महत्त्वपूर्ण चर्चा, वार्ता आदि प्रायः सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति।