Dictionary

All Word

84251 श्वेतपत्र ना. २. सरकारले जनतालाई राष्ट्रिय सरोकारका विषयमा अवगत गराउन जारी गरिने विज्ञप्ति।
84252 श्वेतप्रदर ना. जननेन्द्रियबाट पानी बग्ने, स्त्रीहरूको एक प्रकारको रोग।
84253 श्वेतवाराह ना. १. ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प।
84254 श्वेतवाराह ना. २. सेतो बनेल।
84255 श्वेताङ्ग ना. १. सेतो शरीर हुने प्राणी; गोरा जाति।
84256 श्वेताङ्ग ना. २. हाँस।
84257 श्वेताम्बर ना. १. जैन धर्ममा सेतो वस्त्र पहिरिने एक सम्प्रदाय।
84258 श्वेताम्बर ना. २. सेतो वस्त्र लाउने सन्न्यासी।
84259 देवनागरी वर्णमालाको एकतिसौँ व्यञ्जन; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; मूर्धन्य ष; पेट फाऱ्यो ष।
84260 षट् ना. १. 'छ' को सङ्ख्या वा अङ्क। वि.
84261 षट् ना. २. छवटा।
84262 षट्कर्ण वि. भन्ने र सुन्नेबाहेक तेस्रो व्यक्तिले पनि सुनेको; छवटा कानमा परेको (कुरो)।
84263 षट्कर्म ना. १. स्वधर्ममा रहनेका निम्ति ब्राह्मणले गर्नुपर्ने छवटा काम (पढ्नु, पढाउनु, दान दिनु, दान लिनु, यज्ञ गर्नु र यज्ञ गराउनु)।
84264 षट्कर्म ना. २. मानिसले गर्नुपर्ने छवटा कर्म (स्नान, पूजा, तर्पण, होम, जप र सन्ध्या)।
84265 षट्कर्म ना. ३. योगीहरूका छवटा कर्म (धौती, वस्ती, नेती, त्राटक, नौली र कपालभाती )।
84266 षट्कर्म ना. ४. तान्त्रिकहरूका छ वटा कर्म (मारण, उच्चाटन, स्तम्भन, वशीकरण, विद्वेष र शान्ति)।
84267 षट्कर्मा वि. षट्कर्म गर्ने (ब्राह्मण, तान्त्रिक, योगी वा गृहस्थ )।
84268 षट्कोण वि. १. छ कुना परेको; छ कुने। ना.
84269 षट्कोण वि. २. सरस्वतीको प्रतीक छ कुने यन्त्रविशेष।
84270 षट्चक्र ना. हठयोगका अनुसार मानिसका शरीरमा रहने छवटा चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा)।
84271 षट्दर्शन ना. हिन्दुका तत्त्वज्ञानसम्बन्धी छ दर्शन वा शास्त्र (साङ्ख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा र उत्तरमीमांसा)।
84272 षट्पद वि. १. छ खुट्टे (प्राणी)। ना.
84273 षट्पद वि. २. भ्रमर।
84274 षट्पदी ना. छवटा चरण वा पाउ हुने छन्द।
84275 षट्शास्त्र ना. वेदका छवटा अङ्ग; षडङ्ग।
84276 षट्शास्त्री ना. वेदका छवटै अङ्गमा पारङ्गत व्यक्ति; षट्शास्त्रको ज्ञाता।
84277 षडङ्ग ना. १. वेदका शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष- यी छवटा प्रमुख अङ्ग वा शाखा।
84278 षडङ्ग ना. २. राजनीतिका सन्धि, विग्रह, ढुकाइ, आक्रमण, तटस्थता र शरण - यी छवटा मुख्य चाल।
84279 षडङ्ग ना. ३. शरीरका दुई खुट्टा, दुई हात, टाउको र घड- यी छवटा मुख्य अवयव।
84280 षडङ्ग ना. ४. गाईको गोबर, गहुँत, दुध, दही, घिउ र गोरोचनसमेत छ थरी उपयोगी पदार्थ।
84281 षडभिज्ञ ना. बुद्ध।
84282 षडवन्त ना. अग्निहोत्रका कर्ममा अग्निलाई पुरोडाश दिने पात्र।
84283 षडानन ना. छ मुख हुने कार्तिकेय; कुमार।
84284 षड्ऋतु ना. वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर गरी छवटा ऋतु।
84285 षड्गुण ना. एउटा राज्यले अर्को राज्यसित मौकाअनुसार अँगाल्ने छवटा मुख्य नीति - सन्धि, विग्रह, यान (आक्रमण), आसन (विश्राम), द्वैधीभाव र संश्रय (बलियो राजा वा राज्यको आश्रय )।
84286 षड्ज ना. सङ्क्षेपमा 'स' वा 'सा' भनिने, सङ्गीतको सप्तस्वरमध्येको पहिलो स्वर।
84287 षड्दर्शन ना. हिन्दुहरूका छवटा आस्तिक दर्शन (साङ्ख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त)।
84288 षड्बिन्दु ना. १. विष्णु।
84289 षड्बिन्दु ना. २. कमिलाका छाँटको एक प्रकारको किरो।
84290 षड्बिन्दु ना. ३. कपाल दुख्ता लगाइने तिलको तेल, बाखीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल।
84291 षड्मुख ना. शिवपार्वतीका पुत्र कुमार।
84292 षड्यन्त्र ना. १. अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा कारबाई; कपटपूर्ण आयोजन।
84293 षड्यन्त्र ना. २. मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र।
84294 षड्यन्त्रकारी वि. षड्यन्त्र गर्ने (मानिस); षड्यन्त्री।
84295 षड्यन्त्री वि. षड्यन्त्रकारी।
84296 षड्रस ना. गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो - यी छ प्रकारका रस वा स्वाद।
84297 षड्राग ना. सङ्गीतशास्त्रका अनुसार छ किसिमका राग (श्री, भैरव, मेघ, हिन्डोल, दीपक र मालकोश)।
84298 षड्रिपु ना. मानिसहरूका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य - यी छवटा जोडदार शत्रु।
84299 षड्विकार ना. प्राणीहरूका मनमा हुने छवटा विकार वा परिणाम (जन्म, वृद्धि, बाल्यावस्था,यौवन, वार्धक्य र मृत्यु )।
84300 षण्ड ना. १. नसुमरेको गोरु; बैल।