Dictionary

All Word

84401 संज्ञा ना. ७. सूर्यसँग बिहा भएकी विश्वकर्माकी एक कन्या।
84402 संज्ञा ना. ८. गायत्रीको एक नाम।
84403 संज्ञापद ना. नामवाचक शब्द।
84404 संज्ञावान् वि. १. संज्ञाले युक्त; चेतना वा होस भएको।
84405 संज्ञावान् वि. २. नाम भएको।
84406 संज्ञाहीन वि. संज्ञा वा चेतना नभएको; चेतनारहित; अचेत; बेहोस।
84407 संन्यस्त ना. हे. सन्न्यस्त।
84408 संन्यास ना. हे. सन्न्यास।
84409 संन्यासी वि. सन्न्यासी।
84410 संयत वि. १. कुनै नीति, नियम आदिले बाँधिएको।
84411 संयत वि. २. मर्यादा वा सीमाभित्र रहेको; मर्यादित।
84412 संयत वि. ३. क्रम, औचित्य आदिबाट व्यवस्थित भएको वा हुने।
84413 संयत वि. ४. अनुशासनमा रहने; नियन्त्रणमा रहेको।
84414 संयत वि. ५. इन्द्रियनिग्रही; संयमी।
84415 संयत वि. ६. सावधानीपूर्वकको; सतर्क।
84416 संयन्त्र ना. १. ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन।
84417 संयन्त्र ना. २. साधारण कामका यन्त्रहरू बनाउने ठुलो यन्त्र; ठुलो मेसिन।
84418 संयम ना. १. दबाउने वा रोकेर राख्ने क्रिया वा भाव; वशमा राख्ने काम।
84419 संयम ना. २. नैतिक वा धार्मिक दृष्टिले मनलाई विषय वासनासम्बन्धी अनुचित वा हानिकारक मार्गमा प्रवृत्त हुनुबाट रोक्ने काम; इन्द्रियनिग्रह।
84420 संयम ना. ३. स्वास्थ्यको दृष्टिमा हानिकारक वस्तुको सेवन गर्नुबाट बचाउने काम; परहेज।
84421 संयम ना. ४. व्यावहारिक दृष्टिले आफूलाई अनुचित काममा प्रवृत्त हुनुबाट बचाउने काम।
84422 संयम ना. ५. क्रोध, घमन्ड आदि आउन नदिने काम; शान्त भएको अवस्था वा स्थिति।
84423 संयम ना. ६. बन्धन।
84424 संयम ना. ७. योगक्रियामा ध्यान, धारणा र समाधिको साधन।
84425 संयम ना. ८. उद्योग; प्रयत्न।
84426 संयमन ना. १. संयम गर्ने क्रिया वा प्रक्रिया।
84427 संयमन ना. २. मनलाई खराब वा अनुचित विषयवस्तुमा लाग्न नदिने काम; मनोनिग्रह; आत्मसंयम।
84428 संयमन ना. ३. बन्धन वा रोकावटमा रहने कार्य; दमन।
84429 संयमन ना. ४. आत्मसंयम।
84430 संयमित वि. १. संयम गरिएको; मर्यादित।
84431 संयमित वि. २. रोकेर वा अन्य कुनै कारणबाट वशमा पारिएको।
84432 संयमित वि. ३. दमन गरिएको वा भएको।
84433 संयमित वि. ४. अनुशासित; नियन्त्रित।
84434 संयमी वि. १. संयममा रहने; इन्द्रियलाई दमन गर्ने।
84435 संयमी वि. २. नियन्त्रित गर्ने; रोक्ने।
84436 संयमी वि. ३. संयमपूर्वक जीवन बिताउने; आत्मनिग्रही।
84437 संयुक्त वि. १. कुनै वस्तुका साथ जोडिएको; संयुक्त भएको; गाँसिएको; टाँसिएको।
84438 संयुक्त वि. २. मिसिएको; मिलेको।
84439 संयुक्त वि. ३. नछुट्टिएको वा भङ्ग नभएको (संस्था आदि)।
84440 संयुक्त वि. ४. दुईभन्दा बढी अंसियार भएको (व्यापारिक संस्था)।
84441 संयुक्त कुटुम्ब ना. एउटै खलक वा परिवार।
84442 संयुक्त क्याम्पस ना. दुइटा भिन्नभिन्न अध्ययन- संस्थान क्षेत्रअन्तर्गतका विषयहरू पढाइने व्यवस्था भएको क्याम्पस।
84443 संयुक्त खाता ना. ब्याङ्क आदि दामकामे संस्थासित गरिने लेनदेनको विषयमा एक वा एकभन्दा बढी व्यक्तिका नाममा रहेको र संयुक्त रूपमा हस्ताक्षर गरी सञ्चालन गरिने खाता वा तत्सम्बन्धी हिसाब।
84444 संयुक्त जमानी ना. १. कुनै काम वा व्यवहारका निम्ति दुई वा दुईभन्दा बढी व्यक्तिहरू सम्मिलित भई बसिने जमानी।
84445 संयुक्त जमानी ना. २. कारणी र त्यससँग सम्बन्धित दुवै पक्ष बसी गरिने जमानबन्दी।
84446 संयुक्त परिवार ना. बाबु-छोरा, दाजुभाइ आदि नछुट्टिई एकाघरमा बसेको परिवार; मानु नछुट्टिएको वा सगोलमा रहेको एउटै जहान।
84447 संयुक्त राष्ट्र सङ्घ ना. दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा विश्वशान्ति, पछौटे देशको उन्नति, मानवकल्याण आदि विभिन्न उद्देश्य पूरा गर्नका लागि गठन गरिएको, संसारका धेरै राष्ट्रहरूको सङ्गठन।
84448 संयुक्त रूप ना. अनेक वस्तु वा विशेषताको सम्मिलित वा संयोजित रूप।
84449 संयुक्त लेखा ना. व्याङ्क आदिमा एकभन्दा बढी व्यक्तिहरूको नाममा संयुक्त रूपले चल्ने हिसाब; संयुक्त खाता।
84450 संयुक्त वाक्य ना. निरपेक्ष संयोजकबाट जोडिएर सबै उपवाक्य स्वतन्त्र हुने वाक्य; दुई वा दुईभन्दा बढी सरल वाक्यहरू मिलेर बिचमा र, वा, अनि, पनि आदि जोडिएर बन्ने वाक्य; वाक्यका मुख्य तीन भेद सरल, मिश्र र संयुक्तमध्ये एक।