Dictionary

All Word

84451 संयुक्त विज्ञप्ति ना. दुई वा दुईभन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिहरू सम्मिलित हुने वार्तामा छलफल भई निर्णय गरिएका विषयको संयुक्त रूपमा प्रकाशित विज्ञप्ति वा सूचना।
84452 संयुक्त व्यञ्जन ना. दुई वा दुईभन्दा बढी व्यञ्जन मिलेको अक्षर; संयुक्त वर्ण (जस्तै- क्य=क्+य्+अ, ज्ञ=ज्+ञ् +अ आदि)।
84453 संयुक्त समिति ना. दुई वर्ग, समुदाय वा संस्था आदिले मिलेर तयार गरेको समिति; सम्मिलित रूपमा तयार भएको समिति।
84454 संयुक्त सरकार ना. सङ्कटको स्थिति वा आवश्यकता परेका अवस्थामा विभिन्न दल वा पार्टी मिली बनेको सरकार; सर्वदलीय रूपमा वा जनसमूहबाट मिलीजुली तयार भएको सरकार।
84455 संयुक्त स्वर ना. एकभन्दा बढी स्वर मिलेर बनेको स्वर (जस्तै- अ+अ=आ, अ+इ=ए, अ +उ = ओ आदि)।
84456 संयुत वि. संयुक्त; मिलेको; जोरिएको।
84457 संयुति ना. १. संयुत हुनाको, भाव वा अवस्था।
84458 संयुति ना. २. दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम ( जस्तो- ग्रहहरूको संयुति)।
84459 संयोग ना. १. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व एक साथ मिल्ने वा जोरिने काम; मिश्रण; मेल।
84460 संयोग ना. २. अकस्मात् हुने मिलन; अचानकसित हुने भेट।
84461 संयोग ना. ३. स्त्रीपुरुष वा प्रेमीप्रेमिकाको मिलन।
84462 संयोग ना. ४. मैथुन; रतिक्रीडा; सम्भोग।
84463 संयोग ना. ५. वैवाहिक सम्बन्ध।
84464 संयोग ना. ६. विशेष परिस्थितिबाट मिलेको अवसर; मौका।
84465 संयोग ना. ७. आकस्मिक रूपले परिआउने वा मिल्ने घटना; आकस्मिकता; भवितव्य।
84466 संयोग ना. ८. समान उद्देश्यका निम्ति कुनै दुई थरी व्यक्ति, पक्ष, राष्ट्र आदिको हुने मेल।
84467 संयोगजन्य वि. सम्पर्कमा रहेको वा रहन जाने संयोगबाट हुने वा भएको।
84468 संयोग शृङ्गार ना. साहित्यमा नायकनायिकाको सधैँ पारस्परिक भेटघाट, दर्शन, स्पर्श आदि भएको कुरा वर्णन गर्दा पर्ने एक अलङ्कार; शृङ्गार रसका संयोगशृङ्गार र वियोगशृङ्गारमध्ये एक; सम्भोग शृङ्गार।
84469 संयोगात्मक वि. १. जोडिने किसिमको; मिल्ने प्रकारको।
84470 संयोगात्मक वि. २. संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने।
84471 संयोगान्त वि. अन्तमा नायकनायिकाको संयोग वा मिलन भएको देखाइएको; संयोग हुने वा भएको (नाटक, कथा, उपन्यास, चलचित्र आदि)।
84472 संयोजक वि. १. दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने; विभिन्न वस्तु वा तत्त्वलाई एकसाथ पार्ने।
84473 संयोजक वि. २. व्याकरणका शब्द वा वाक्यलाई जोड्ने (अव्यय, जस्तै- र, तर, कि, वा आदि)।
84474 संयोजक वि. ३. कुनै सभा, गोष्ठी आदि कार्यक्रमको आयोजना गर्ने; आयोजक।
84475 संयोजक चिह्न ना. दुई वा त्यसभन्दा बढी रूपखण्ड वा शब्द आदिलाई जोड्ने वा जोडिएको देखाउने चिह्न; (-) चिह्न ( जस्तो- अध्ययन-संस्थान, प्रज्ञा-प्रतिष्ठान, समाचार-पत्र, वन- अध्ययन- संस्थानका आदि)।
84476 संयोजकत्व वि. १. संयोजकको भाव वा स्थिति।
84477 संयोजकत्व वि. २. दुई वा दुईभन्दा बढी वस्तु आदिलाई जोड्ने तत्त्व।
84478 संयोजन ना. १. दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोरिने काम।
84479 संयोजन ना. २. कुनै कामकुराको ठिक चाँजोपाँजो; आयोजन।
84480 संयोजन ना. ३. व्यवस्था; प्रबन्ध।
84481 संयोजन ना. ४. कुनै एक वस्तुसँग अर्को वस्तुको मेल; मिलान; जोडाइ।
84482 संयोजन ना. ५. मैथुन; सम्भोग।
84483 संयोजनीय वि. संयोजन गर्न वा मिलाउन योग्य; संयोज्य।
84484 संयोजित वि. १. संयोजन गरिएको; मिलाइएको।
84485 संयोजित वि. २. चाँजोपाँचो ठिक गरिएको; आयोजित।
84486 संयोज्य वि. संयोजनीय।
84487 संरक्षक वि. १. सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने।
84488 संरक्षक वि. २. सह्यारसम्भार गर्ने; हेरचाह गर्ने।
84489 संरक्षक वि. ३. पालन-पोषणको अभिभारा लिने; आश्रयदाता। ना.
84490 संरक्षक वि. ४. असमर्थ व्यक्ति वा सन्तानको पालनपोषण गर्ने व्यक्ति; अभिभावक।
84491 संरक्षक वि. ५. रखवाला।
84492 संरक्षक वि. ६. बालबालिकाको हेरचाह गर्ने व्यक्ति; धरालो; ददा।
84493 संरक्षकत्व ना. संरक्षक हुनाको भाव वा अवस्था।
84494 संरक्षण ना. १. राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा;बचाउ; जगेर्ना।
84495 संरक्षण ना. २. रेखदेख गर्ने काम; हेरविचार।
84496 संरक्षण कर ना. स्वदेशी उद्योग वा व्यापारव्यवसाय आदिमा बाहिरबाट आउने वस्तुको खराब प्रभाव नपरोस् भनी लगाइने कर।
84497 संरक्षणीय वि. १. राम्ररी रक्षा गर्न उचित वा योग्य; राम्रोसँग रक्षा वा बचाउ गर्नुपर्ने।
84498 संरक्षणीय वि. २. बचाउन वा जोगाउन लायक।
84499 संरक्षित वि. राम्ररी रक्षा गरिएको; जोगाएर राखेको; सुरक्षित।
84500 संरक्षित राज्य ना. कुनै शक्तिशाली ठुलो राष्ट्रका अधीनमा रहेको सानो राज्य; शक्तिशाली राज्यको अधिकारमा भर परेको कमजोर राज्य।