Dictionary

All Word

84551 संवहन ना. दायित्व लिने काम; अभिभारा बोक्ने काम।
84552 संवहन क्रिया ना. कुनै वस्तुको सार्ने वा आफै सर्ने स्वभाव; राम्ररी सञ्चार हुने प्रणाली।
84553 संवाद ना. १. नियन्त्रित विषयवस्तुहरू वा परिस्थितिमा गरिने कुराकानी।
84554 संवाद ना. २. बोलाइ आदि शिक्षणको एक पद्धति। परस्परको कुराकानी; वार्तालाप; बातचित।
84555 संवाद ना. ४. विवाद; बहस; तर्क।
84556 संवाद ना. ४. समाचार; खबर; सन्देश।
84557 संवाददाता ना. समाचारपत्रमा प्रकाशित गर्नुपर्ने कुराहरू विभिन्न ठाउँबाट प्राप्त गर्ने उद्देश्यले ठाउँठाउँबाट समाचार पठाउन तोकिएको व्यक्ति; समाचारदाता।
84558 संवाद समिति ना. समाचार संकलन गर्ने र प्रकाशित गर्नेगराउने उद्देश्यले गठित समिति; राष्ट्रिय समाचार समिति।
84559 संवादात्मक वि. संवाद वा बातचितका शैलीको; कथोपकथन भएको।
84560 संवादिका ना. संवाददाताको काम गर्ने महिला; स्त्री संवाददाता।
84561 संवादी वि. १. संवाद गर्ने; कुराकानी गर्ने।
84562 संवादी वि. २. सहमत हुने।
84563 संवादी वि. ३. समान; सदृश। ना
84564 संवादी वि. ४. सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर।
84565 संवार ना. १. ढाक्ने वा छोप्ने काम; ढाकछोप।
84566 संवार ना. २. ध्वनिविज्ञानका अनुसार ध्वनिका उच्चारणमा केही खुम्च्याहट पैदा भई कोमल वर्णहरूको उच्चारण हुने एक प्रयत्न।
84567 संवारण ना. १. रोक्ने काम; रोकाइ; छेकाइ।
84568 संवारण ना. २. छोप्ने वा ढाक्ने काम; ढकाइ; ढाकछोप।
84569 संवार्ता ना. संवाद।
84570 संवास ना. १. धेरै दिनको सँगैको बसाइ; सहवास; बसाउठी।
84571 संवास ना. २. सार्वजनिक रूपमा प्रयोग हुने पाटी, पौवा, धर्मशाला आदि; सार्वजनिक निवास।३. घर; गृह।
84572 संवास ना. ४. सुवासित वस्तु; सुगन्ध।
84573 संवास ना. ५. मैथुन; सम्भोग।
84574 संवासित वि. बास्ना आउने पारिएको; सुगन्धित तुल्याइएको।
84575 संवाहन ना. कुनै तत्त्वको प्रभाव परी तातो, चिसो, द्रव वा वाष्पीय वस्तुको सञ्चार हुने काम।
84576 संवाहनिक वि. संवाहन हुने; संवाहनसँग सम्बन्धित।
84577 संवाहनिक वर्षा ना. सतहको न्यानो बाफिलो हावा उचाइमा पुगेर हुने वर्षा।
84578 संविद् ना. १. चेतनाशक्ति; ज्ञान।
84579 संविद् ना. २. तत्त्वबोध; स्मरण; समझ।
84580 संविद् ना. ३. अनुभूति; संवेदना।
84581 संविद् ना. ४. वृत्तान्त; हाल।
84582 संविद् ना. ५. राती पालो बस्ने प्रहरीको साङ्केतिक शब्द; प्यारोल।
84583 संविद् ना. ६. प्रतिज्ञा।
84584 संविद् ना. ७. विश्वास।
84585 संविद् ना. ८. स्वीकृति। वार्तालाप; कुराकानी।
84586 संविद वि. संविद्युक्त; चेतनामय; सचेत।
84587 संविदा ना. १. परस्परमा गरिने सम्झौता; सन्धि; मेलमिलाप।
84588 संविदा ना. २. व्यापार, ठेक्कापट्टा आदिमा सम्बन्धित पक्षबाट गरिने सर्तबन्दी; अनुबन्धन; करार।
84589 संविदा पत्र ना. आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्त लेखिएको पत्र; करारनामा।
84590 संविधान ना. १. राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरु लेखिएको मूल विधान; मूल कानुन।
84591 संविधान ना. २. देशका सम्पूर्ण ऐनकानुनको मूल स्रोत।
84592 संविधान ना. ३. व्यवस्था; प्रबन्ध।
84593 संविधान ना. ४. साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम।
84594 संविधान ना. ५. व्यवस्था; प्रबन्ध; बन्दोबस्त।
84595 संविधानको धारा ना. संविधानको व्याख्या गर्ने क्रममा वर्गीकृत दफा वा उपदफा।
84596 संविधान परिषद् ना. कुनै राष्ट्र, देश वा उच्च संस्थाको विधाननिर्माण गर्न गठन भएको समिति; संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको सभा; विधायिका।
84597 संविधान प्रदत्त वि. संविधानले प्रदान गरेको (अधिकार, स्वतन्त्रता आदि)।
84598 संविधानवाद ना. संविधानलाई नै सर्वेसर्वा मान्ने राजनीतिक सिद्धान्त।
84599 संविधानवादी वि. संविधानका मर्यादालाई अक्षरशः पालन गर्ने।
84600 संविधान सभा ना. संविधान निर्माण गर्ने प्रयोजनका लागि जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सभा।