Dictionary

All Word

84651 संशोधन ना. १. कुनै रचना वा लेखाइमा भएका अशुद्धिलाई राम्ररी शुद्ध पार्ने काम; संशुद्धि।
84652 संशोधन ना. २. संस्कार; परिष्कार।
84653 संशोधन ना. ३. ऋणतिराइ।
84654 संशोधन ना. ४. प्रस्तावहरूको काँटछाँट, थपथाप आदि सुधार गर्ने कार्य वा सुझाउ।
84655 संशोधनवाद ना. मूल सिद्धान्तलाई हेरफेर गर्ने; मौलिकतालाई बदल्ने र विपरीत दिशामा मोडिने नीति; त्यस्तो राजनीतिक प्रक्रिया वा सिद्धान्त।
84656 संशोधनवादी वि. संशोधनका सिद्धान्तको अनुयायी; संशोधनवादमा विश्वास गर्ने।
84657 संशोधनीय वि. संशोधन गर्न उचित तथा आवश्यक; सच्याउनुपर्ने।
84658 संशोधित वि. संशोधन गरिएको; सुधारिएको।
84659 संश्रय ना. १. कुनै वस्तुको आड; आश्रय; सहाय।
84660 संश्रय ना. २. संयोग; मेल।
84661 संश्रय ना. ३. सम्पर्क; सम्बन्ध।
84662 संश्रय ना. ४. पारस्परिक सहयोगको सन्धि।
84663 संश्रय ना. ५. विश्रामस्थान; वासस्थल।
84664 संश्लिष्ट वि. १. अङ्कमाल गरेको; आलिङ्गित।
84665 संश्लिष्ट वि. २. नजिकको; समीपस्थ।
84666 संश्लिष्ट वि. ३. राम्रोसँग जोडिएको; बेसरी टाँसिएको।
84667 संश्लेष ना. १. आलिङ्गन।
84668 संश्लेष ना. २. मिलन; मेल।
84669 संश्लेष ना. ३. संयोग।
84670 संश्लेष ना. ४. सम्बन्ध।
84671 संश्लेष ना. ५. सन्धि।
84672 संश्लेषण ना. १. कुनै वस्तु, तत्त्व, वाक्य आदिलाई जोड्ने वा मिलाउने काम; जोराइ; टँसाइ।
84673 संश्लेषण ना. २. जोड्ने वा बाँध्ने साधन।
84674 संसज्ज ना. जुनसुकै समयमा पनि युद्धको खतरा आउन सक्ने ठानी सेनालाई पूर्ण रूपमा तैनाथ गरिराख्ने काम।
84675 संसद् ना. १. प्रजातान्त्रिक मुलुकहरूमा जानताद्वारा निर्वाचित प्रतिनिधिहरू सर्वोच्च संस्था; व्यवस्थापिका।
84676 संसद् ना. २. समिति; सभा।
84677 संसद् सचिवालय ना. संसद्सम्बन्धी कार्य गर्ने सचिवको कार्यालय।
84678 संसदीय वि. १. संसद्सम्बन्धी; संसद्सँग सम्बन्ध भएको।
84679 संसदीय वि. २. जनताले मत प्रदान गरी छानिएका प्रतिनिधिहरू मिलेर सरकार बनाउने तथा शासन चलाउने (राजनीतिक परिपाटी, जस्तै- संसदीय व्यवस्था, संसदीय प्रजातन्त्र आदि)।
84680 संसर्ग ना. १. सँगसँगै रहने-बस्ने गरी भएको सम्बन्ध वा सम्पर्क।
84681 संसर्ग ना. २. सहवास; बसाउठी; उठबस।
84682 संसर्ग ना. ३. जातिगत भेदभाव वा चोखीनितीका हिसाबले हुने लसपस; छातछुत।
84683 संसर्ग ना. ४. सम्भोग; समागम।
84684 संसर्ग दोष ना. कुसङ्गतका प्रभावद्वारा उब्जने नराम्रा गुण; सम्पर्कले हुने नजाती परिणाम।
84685 संसर्गी वि. १. संसर्गमा रहने सम्बन्ध वा सम्पर्क भएको।
84686 संसर्गी वि. २. छुवाछुत गर्ने; लसपस गर्ने।
84687 संसर्गी वि. ३. निकटमा रहेको; समीपस्थ। ना.
84688 संसर्गी वि. ४. संसर्गमा रहने व्यक्ति; जोडा; सँगी; साथी।
84689 संसाधन ना. उपभोगविना उपयोग गरिने फर्निचर, यन्त्र, पुस्तक आदि सामग्री।
84690 संसार ना. १. मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक जगत्; चराचर विश्व; विश्व; भुवन।
84691 संसार ना. २. जन्ममरण भएको जगत्; मर्त्यलोक।
84692 संसार ना. ३. प्राणीजगत्; जीवलोक।
84693 संसार ना. ४. जनता; दुनियाँ।५. सांसारिक जीवन; लौकिक प्रपञ्च।
84694 संसारचक्र ना. जन्ममरण, सृष्टिप्रलय, सुखदुःख आदि द्वन्द्वात्मक गति निरन्तर चलिरहने संसाररूपी चक्र।
84695 संसारयात्रा ना. १. जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख-दुःख आदि भोगेर गरिने जीवनयापन।
84696 संसारयात्रा ना. २. जिन्दगी; जीवन।
84697 संसारसागर ना. संसाररूपी समुद्र; समुद्र झैँ पार पाइन सकिने संसार।
84698 संसारी वि. १. संसारमा आवागमन गरिरहने; बारम्बार जन्ममरणका चक्रमा घुम्ने।
84699 संसारी वि. २. संसारको प्रपञ्चमा भुलेको; मायामोहमा डुबेको। ना.
84700 संसारी वि. ३. संसारमा बस्ने जीव; प्राणी;जीवात्मा।