Dictionary

All Word

84801 संहिता ना. १. संहित हुनाको भाव वा अवस्था; संयोग; मेल।
84802 संहिता ना. २. व्याकरणमा अक्षरहरूमा हुने पारस्परिक सन्धि। निश्चित रूपमा चलेको वा क्रमबद्ध रूपमा एकत्रित गरी मिलाइएको आचार, नियम, विधि आदिको सङ्कलन वा तत्सम्बन्धी विधिव्यवहार (जस्तो- धर्मसंहिता, आचारसंहिता, दण्डसंहिता आदि )।
84803 संहिता ना. ४. गद्यलेख आदिको क्रमबद्ध सङ्ग्रह, सङ्कलन।
84804 संहिता ना. ५. मन्त्रद्रष्टा ऋषिहरूद्वारा लोकहितका निम्ति सङ्कलन भएका उपासना, ज्ञान, यज्ञविधि, आशीर्वादात्मक सूक्त आदिसित सम्बन्धित (वेदको ब्राह्मणभागदेखि भिन्न) मन्त्र वा प्रार्थनाको समूह।
84805 सइन ना. सधैँ पाकिरहने वा बिग्रेर भित्रसम्म गढेको कहिल्यै निको नहुने घाउ; सैन।
84806 सइस ना. घोडाको रेखदेख वा स्याहारसुसार गर्ने नोकर; चिरुवादार।
84807 सक्नु अ.क्रि. १. कुनै काम सिद्ध्याउनु वा टुङ्ग्याउनु।
84808 सक्नु अ.क्रि. २. कुनै काम गर्नका निम्ति समर्थ हुनु।
84809 सक्नु अ.क्रि. ३. उपभोग वा खर्च गरेर सिद्ध्याउनु; बुत्याउनु।
84810 सक्नु अ.क्रि. ४. खतम पार्नु; नास्नु।
84811 सक ना. कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन)।
84812 सकअसक वि. सक्ने र नसक्ने; समर्थअसमर्थ।
84813 सकभर क्रि.वि. बल र बुद्धिले भ्याएसम्म।
84814 सकर्मक वि. व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद)।
84815 सकर्मक क्रिया ना. कर्ममा काम निर्भर रहने वा कर्म लिने क्रिया (जस्तै- लिनु, खानु, हेर्नु इ.)।
84816 सकर्मक क्रियापद ना. सकर्मक क्रियाका रूप चल्ने शब्द (जस्तै- लिन्छ, खायो, हेर्नेछ इ.)।
84817 सकल ना. १. सबै अङ्ग वा अवयवले युक्त; कुनै अंश नछुटेको।
84818 सकल ना. २. सम्पूर्ण; सबै।
84819 सकल ना. ३. कलाले सहित।
84820 सकल वि. कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागतपत्र; सक्कल। (उदा.- सकलबमोजिम नकल ठिक दुरुस्त छ भनी सही गर्ने )।
84821 सकली वि. १. नकली नभएको।
84822 सकली वि. २. मिलावट, बिटुल्याइँ आदि नभएको; चोखो; शुद्ध।३. असल; उम्दा।
84823 सकली ढाका ना. पहिले ढाका सहरमा तयार गरिएको, मलमलमा रङ्गिन धागाले फूल काढिएको असल कपडा।
84824 सकस ना. १. कुनै कामकुरामा हुने वा पाइने हैरानी; सासना; सास्ती।
84825 सकस ना. २. अप्ठेरो स्थिति वा दुःखी अवस्था; कठिनाइ; तकलिफ।
84826 सकसक ना. १. शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन।
84827 सकसक ना. २. क्रि.वि.
84828 सकसक ना. २. केटाकेटी आदि चञ्चल भएर चलिरहे झैँ ; छुकछुक; तरबर।
84829 सकसक ना. ३. कुनै कामकुरो गर्न मन तुलबुलाउने छाँट; खसखस।
84830 सकसकाइ ना. सकसकाउने भाव, क्रिया वा प्रक्रिया।
84831 सकसकाइनु अ.क्रि. सकसक चलिनु; चञ्चल होइनु।
84832 सकसकाउनु अ.क्रि. १. शरीरमा जुम्रा, उपियाँ, भुसुना, कमिलाजस्ता मसिना किरा हिँड्दा असजिलो अनुभव हुनु; सकसक गर्नु।
84833 सकसकाउनु अ.क्रि. २. मसिना केटाकेटी आदि चलिरहनु; छुकछुकाउनु।
84834 सकसकाउनु अ.क्रि. ३. चञ्चल हुनु।
84835 सकसकी ना. सकसक लाग्ने काम; सगसगी।
84836 सकसके वि. सकसक गर्ने; चलिरहने।
84837 सकाइ ना. सक्ने भाव, क्रिया वा प्रक्रिया।
84838 सकाइनु क.क्रि. सक्न लाइनु।
84839 सकाउनु प्रे. क्रि. सक्न लाउनु; सक्ने पार्नु।
84840 सकाम वि. १. केही पाउने चाहना भएको; कामनायुक्त।
84841 सकाम वि. २. फलको आशा गर्ने।
84842 सकाम वि. ३. इच्छापूर्ण भएको; तृप्त।
84843 सकाम वि. ४. वासनायुक्त; विषयी; कामनायुक्त।
84844 सकार्नु स.क्रि. १. कुनै कामकुरो गर्न स्वीकार वा मन्जुर गर्नु; प्रस्ताव, सर्त आदि मान्नु।
84845 सकार्नु स.क्रि. २. कुनै काम आफ्नो जिम्मामा लिनु; अङभर गर्नु; सँभाल्नु।
84846 सकार ना. स' अक्षर; ऊष्मवर्णको तेस्रो अक्षर।
84847 सकार ना. १. कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी।
84848 सकार ना. २. कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा।
84849 सकारनामा ना. कुनै कुरा स्वीकार वा कबुल गर्दा नियममुताबिक लेखिने कागत; मन्जुरनामा।
84850 सकाराइ ना. सकार्ने क्रिया वा प्रक्रिया।