Dictionary

All Word

84851 सकाराइनु क.क्रि. सकार्न लाइनु; सकार गराइनु।
84852 सकाराउनु प्रे. क्रि. सकार्न लाउनु; सकार गराउनु।
84853 सकारात्मक वि. १. कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक।
84854 सकारात्मक वि. २. रचनात्मक; हुँदो। विप. नकारात्मक।
84855 सकारात्मकता ना. सकारात्मक हुनाको भाव, क्रिया वा अवस्था।
84856 सकारिनु क.क्रि. सकार गरिनु।
84857 सकारी वि. सकारको 'स' अक्षरसँग सम्बन्धित।
84858 सकारीभवन ना. कुनै व्यञ्जनध्वनि सकारमा परिणत हुने प्रक्रिया (जस्तो- भान्छा > भान्सा, पन्छनु > पन्सन आदि)।
84859 सकाल क्रि.वि. १. एकाबिहानै; सखार; सबेरै। ना.
84860 सकाल क्रि.वि. २. प्रातःकाल; झिसमिस।
84861 सकिनु क.क्रि. कुनै काम पूरा गरिनु; काम गर्ने सामर्थ्य प्राप्त गरिनु।
84862 सकुल्य वि. १. तीन पुस्तामाथिदेखि छ पुस्तासम्म पुगेको वा एउटै ताउलाको भात खानुबाट फुटेर एउटै घाटको पानी खाने भई बसेको बन्धुबान्धव।
84863 सकुल्य वि. २. एउटै कुल वा वंशको; मूल हाँगो एउटै भएको।
84864 सके संयो. सम्भावना जनाउने वा होला कि भनी अनुमान गरिने शब्द; सम्भवतः; सायद; सकभर। (उदा.- सके यो काम उनैले गरेका हुन्। तिमी जाँदै गर, सके म पनि आउनेछु। )।
84865 सकौनी ना. रोपाइँ सिद्ध्याएपछि खुसियालीको उपलक्ष्यमा गरिने उत्सव।
84866 सक्कल वि. हे. सकल।
84867 सक्कली वि. सकली।
84868 सक्के क्रि.वि. सम्भावना भए; सम्भव हुँदा; भरिको पूरक (जस्तो- भरिसक्के)।
84869 सक्खर ना. सखर।
84870 सक्खरखण्ड ना. सखरखण्ड।
84871 सक्खरसाला ना. सखरसाला।
84872 सक्खे वि. १. हुन सक्ने; सकले भ्याएसम्म; सम्भव। ना.
84873 सक्खे वि. २. सक्नेसम्मको क्षमता; सामर्थ्य; शक्ति।
84874 सक्तु ना. सातु; सतुवा।
84875 सक्तो वि. शक्तिले खामेजति; बलबुद्धिले पुगेजति। (उदा.- तपाईं नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छु )।
84876 सक्नुको वि. छुन, सहन वा सँभाल्न सकिने; कम्तीको; (उदा.- त्यो मान्छे देख्न मात्रै सुधो हो, सक्नुको छ र !)।
84877 सक्रिय वि. लगनका साथ काम गर्ने वा काममा दत्तचित्त भएको; क्रियात्मक रूपमा लागिरहने; गतिशील।
84878 सक्रियता ना. सक्रिय हुनाको भाव वा स्थिति; गतिशीलता; फुर्तिलोपन।
84879 सक्रिय नेतृत्व ना. कुशल, गतिशील तथा प्रभावकारी रूपमा दिइने नेतृत्व।
84880 सक्रिय भूमिका ना. अभीष्ट कुरो सिद्ध गर्न वा कुनै कुरा पूर्ण गर्न विशेष रूपमा लागिपर्ने तथा सूत्रधार बन्ने कामको पृष्ठभूमि वा आधार।
84881 सक्रिय सदस्य ना. क्रियाशील सदस्य।
84882 सक्रिय सहायता ना. कुनै कामका निम्ति मुखले मात्र नभई तन-मन- धनले र विशेषतः शारीरिक परिश्रमले समेत गरिने सहायता।
84883 सक्रिय सेवा ना. सरकारी पद, सेना आदिमा रहेर वा राष्ट्रिय तथा सामाजिक क्षेत्रमा विशेष खटेर गरिने सेवा वा काम।
84884 सक्षम वि. काम गर्ने क्षमता भएको वा गर्नुपर्ने काम पार लाउन सक्ने; समर्थवान्।
84885 सक्षमता ना. १. सक्षम हुनाको भाव वा स्थिति।
84886 सक्षमता ना. २. कुनै प्रज्वलित वस्तुको प्रज्वलन शक्ति वा कुनै बलिया वस्तुका बलको क्षमता वा दृढता।
84887 सख ना. सहायता; सहयोग (दिव्य.)।
84888 सखर ना. उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ; गुड।
84889 सखरखण्ड ना. झन्डै पानका आकारका पात हुने, सेतो वा रातो फूल फुल्ने एक जातको लहरो र त्यसैको खैरो वा रातो गुलियो कन्द।
84890 सखरपाला / साला ना. सखर पकाएर पातलो पारी जमाइएको चारपाटे आकारको खानेकुरो।
84891 सखल्ल वि. खुलस्ते भएको कुरा मनमा नराखी बोल्ने; खुलस्त; स्पष्ट। (उदा.- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ )।
84892 सखा ना. साथी; मित्र; सँगी; सहचर।
84893 सखाप ना. जो भएका सबै वस्तुको बेमाख; केही अंश पनि बाँकी नराख्ने काम।
84894 सखार क्रि.वि. १. बिहान सबेरै; झिसमिसेमा। ना.
84895 सखार क्रि.वि. २. प्रातःकाल; झिसमिसे।
84896 सखार ना. सकार।
84897 सखारै क्रि.वि. बिहान छिटै; सखारमा; सबेरै।
84898 सखिया ना. सखी; सँगिनी।
84899 सखिया नाच ना. थारू जातिमा प्रचलित एक लोकनृत्य।
84900 सखी ना. १. स्त्रीसाथी; सँगिनी।