Dictionary

All Word

84951 सगोत्री वि. एउटै गोत्रको; आफ्नै वंशको; सगोत्र।
84952 सगोत्रीय वि. सगोत्री।
84953 सगोल वि. १. नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डाफन्डा नभएको।
84954 सगोल वि. २. एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा।
84955 सग्राँती ना. महिनाको पहिलो दिन; एक गते; सङ्क्रान्ति।
84956 सग्राँती मसान्त ना. लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन। (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ)।
84957 सग्लाइ अ.क्रि. सग्लाउने क्रिया वा प्रक्रिया।
84958 सग्लाइनु अ.क्रि. सग्लाउने होइनु।
84959 सग्लाउनु अ.क्रि. हृष्टपुष्ट वा गतिलो हुनु; सप्रनु।
84960 सग्लिनु अ.क्रि. कुनै वस्तु सग्लो हुनु; सिङ्गो रहनु।
84961 सग्लो वि. सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो। (उदा.- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन)। स्त्री. सग्ली।
84962 सघन वि. १. बाक्लो वा घना ( वनजङ्गल आदि)।
84963 सघन वि. २. खँदिलो; ठोस।
84964 सघन वि. ३. साथै चलाउन वा चल्न सक्ने कुराले युक्त।
84965 सघनखेती ना. धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बाली फाँडिनासाथ अर्को बाली लाग्ने, तयार हुने किसिमले खेती गर्ने र प्रशस्त बाली उब्जाउने काम।
84966 सघाइ ना. सघाउने भाव, क्रिया वा प्रक्रिया; सहायता; सघाउ।
84967 सघाइनु क.क्रि. सघाउने काम गरिनु।
84968 सघाउ ना. सघाउने काम; सहयोग; मदत; गुहार।
84969 सघाउनी ना. १. सघाएको काम।
84970 सघाउनी ना. २. सघाएका निम्ति दिइने इनाम वा पुरस्कार।
84971 सघाउनु स.क्रि. १. अरूको कामकुराका सहायता गर्नु; सक्तो मदत गर्नु।
84972 सघाउनु स.क्रि. २. साथ दिनु; गुहार दिनु।
84973 सघाउपघाउ ना. हारगुहार; आडभरोस; सहायता।
84974 सघावट ना. सघाउने काम; सघाओट; सघाउ।
84975 सघो ना. सघाउ।
84976 सघोट ना. सघावट; सघाउ; सघो।
84977 सघोपघो ना. सघाउपघाउ।
84978 सङ ना. यो. साथमा; सँग; सित।
84979 सङलगुवा सँगै जाने व्यक्ति; साथ लागेको मानिस।
84980 सङलगुवी ना. सँगै जाने स्त्री; साथ लाग्ने सँगिनी।
84981 सङाल्नु स.क्रि. सङ्ग्रह गर्नु; बटुल्नु; सँगाल्नु।
84982 सङालाइ ना. सङाल्ने भाव, क्रिया वा प्रक्रिया; सँगालाइ।
84983 सङालिनु क.क्रि. सङाल्ने काम गरिनु; सँगालिनु।
84984 सङालो ना. सँगालो।
84985 सङ्कट ना. १. कुनै आपत्विपत्को स्थिति; साह्रै अप्ठ्यारो अवस्था; कष्ट; कठिनाइ।
84986 सङ्कट ना. २. जोखिम; डर।
84987 सङ्कट ना. ३. दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी। वि.
84988 सङ्कट ना. ४. सङ्कीर्ण; साँघुरो।
84989 सङ्कट काल ना. १. कुनै आपद्विपद्,आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि।
84990 सङ्कट काल ना. २. आपद्विपद्ले घेरिएको अवस्था; खराब परिस्थिति।
84991 सङ्कटकालीन वि. १. सङ्कट परेको अवस्थाको; सङ्कटकालको।
84992 सङ्कटकालीन वि. २. सङ्कटकालमा सङ्कटको स्थितिबाट बच्नका निम्ति प्रयोग हुने, पाइने वा गरिने (जस्तै- सङ्कटकालीन अधिकार, सङ्कटकालीन घोषणा; सङ्कटकालीन बैठक इ.)।
84993 सङ्कटग्रस्त वि. सङ्कटले गाँजेको वा घेरेको।
84994 सङ्कटमय वि. सङ्कटले भरिएको; आतङ्कयुक्त।
84995 सङ्कटा ना. १. सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी।
84996 सङ्कटा ना. २. काठमाडौँको नयाँ सडकनजिक टेबहाल भन्ने ठाउँमा अवस्थित त्यसै नामकी प्रसिद्ध देवी।
84997 सङ्कटा ना. ३. ज्योतिषशास्त्रका अनुसार मानवजीवनमा सङ्कट गराउने एक योगिनी।
84998 सङ्कटापन्न वि. सङ्कटको अवस्थामा परेको; सङ्कटपूर्ण ठाउँ वा स्थितिको; जोखिमी।
84999 सङ्कटा माई ना. सङ्कटा।
85000 सङ्कटास्पद वि. हे. सङ्कटापन्न।