Dictionary

All Word

85101 सङ्खे वि. सङ्खजस्तो; सङ्खका ढाँचाको।
85102 सङ्खे किरो ना. खबटाभित्र हुने र जताततै हिँड्ने एक प्रकारको चिप्लेकिरो।
85103 सङ्खे घाँटी ना. तल फुकेको र माथि साँघुरिँदै चुच्चो परेको घाँटी।
85104 सङ्खेत्रो ना. भोगटेका छाँटका लाम्चा पात र सेता फूल हुने एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शङ्खलाई गाल्ने कीपजस्तो त्यसैको फल।
85105 सङ्ख्य वि. १. गणना वा गन्ती गर्न सकिने; गन्न हुने; सङ्ख्या निकाल्न सकिने। ना.
85106 सङ्ख्य वि. २. लडाइँ; युद्ध।
85107 सङ्ख्यक वि. सङ्ख्याले युक्त; सङ्ख्या भएको; शब्दका पछाडि गाँसिएर सङ्ख्या वा परिमाणको बोध गराउने (जस्तै- अल्पसङ्ख्यक, बहुसङ्ख्यक आदि)।
85108 सङ्ख्या ना. १. गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क।
85109 सङ्ख्या ना. २. गणनाबाट निस्कने परिमाण; थान; गोटा।
85110 सङ्ख्या ना. ३. कुनै दैनिक, मासिक पत्रपत्रिकाको अङ्क।
85111 सङ्ख्याङ्क ना. १. सङ्ख्याका सङ्केत वा चिह्न।
85112 सङ्ख्याङ्क ना. २. सङ्ख्या, अङ्क वा चिह्न; न्यूमेरल।
85113 सङ्ख्याङ्कन ना. पुस्तकपुस्तिका, बिल-भरपाई आदिमा हातले वा यन्त्रद्वारा नम्बर चढाउने वा सङ्ख्या हाल्ने काम; सङ्ख्यालाई व्यक्त गर्ने वा लेख्ने काइदा वा तरिका।
85114 सङ्ख्यातीत वि. सङ्ख्याभन्दा परको; असङ्ख्य; अनगन्ती।
85115 सङ्ख्येय वि. सङ्ख्या भएको; गन्न सकिने; सङ्ख्या जनिने वा सङ्ख्याले जनाउन सकिने ( मूर्त वस्तु)। विप. असङ्ख्येय।
85116 सङ्ग ना. १. साथमा रहने वा सँगै हुने काम; सहवास; बसउठ।
85117 सङ्ग ना. २. भेट्ने काम; मिलन; संयोग; संसर्ग।
85118 सङ्ग ना. ३. संसारी विषयभोगप्रतिको अनुराग; स्त्रीसम्पर्क; आसक्ति।
85119 सङ्ग ना. ४. नदीहरूको सङ्गम; दोभान। ना. यो.
85120 सङ्ग ना. ५. सँग; साथ।
85121 सङ्गठन ना. १. आवश्यक व्यक्तिहरू वा विभिन्न तत्त्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम।
85122 सङ्गठन ना. २. त्यस्तो कार्य वा उद्देश्यको परिपूर्तिका निम्ति मिलेर बनाइने सङ्घ वा संस्था।
85123 सङ्गठन ना. ३. परस्परको मेल; जमात; टोली।
85124 सङ्गठनकर्ता वि. सङ्गठन गर्ने; भेला पार्ने।
85125 सङ्गठनात्मक वि. मूल रूपमा सङ्गठन गरिने; मेल गराइने; जुटाइने (कुनै काम वा कार्यक्रम), (जस्तै- सङ्गठनात्मक उत्तर, सङ्गठनात्मक योजना, सङ्गठनात्मक विस्तार इ.)।
85126 सङ्गठित वि. १. सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको।
85127 सङ्गठित वि. २. कुनै कामविशेषका निम्ति पारस्परिक रूपमा सम्बद्ध; व्यवस्थित।
85128 सङ्गत वि. १. साथसाथै आएको; जोरिएको; मिलेको।
85129 सङ्गत वि. २. एकत्र भएको; संयोजित; सञ्चित।३. मिल्ने पाराको; सुहाउँदो; उचित। ना.
85130 सङ्गत वि. ४. परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास।
85131 सङ्गत वि. ५. ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ।
85132 सङ्गति ना. १. मिल्ने वा जोरिने काम; मेलमिलाप; सम्बन्ध।
85133 सङ्गति ना. २. ठिक्क मेल खाने प्रक्रिया (लिङ्ग, वचन, पुरुष आदिको )।
85134 सङ्गति ना. ३. कुनै क्रमबद्ध कुरा; सिलसिला; प्रसङ्ग।
85135 सङ्गति ना. ४. सहवास; समागम।
85136 सङ्गति ना. ५. उपयुक्तताका दृष्टिले हुने भेला; सभा; सङ्घ।
85137 सङ्गतिपूर्ण वि. सङ्गति भएको; सुहाउँदो; मिल्दो।
85138 सङ्गम ना. १. परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट।
85139 सङ्गम ना. २. साहचर्य; सङ्गति।
85140 सङ्गम ना. ३. दुई नदी मिलेको ठाउँ; दोभान।
85141 सङ्गम ना. ४. रतिक्रिया; समागम।
85142 सङ्गम ना. ५. अनुकूलन; संयोग।
85143 सङ्गमरमर / सङ्गमर्मर ना. खानीमा पाइने र सजावटका निम्ति भुइँ आदिमा छापिने, चिप्लो टल्कने, रातो, सेतो रङ हुने, बलियो र असल जातको पत्थरविशेष।
85144 सङ्गाती ना. सँगसँगै हुर्केबढेको वा धेरै दिन सहवास गरेको साथी; पुरानो साथी; सँगाती।
85145 सङ्गिन ना. १. बन्दुकका टुप्पामा जोडिएको घोच्ने भालाजस्तो हतियार। वि.
85146 सङ्गिन ना. २. भारी वा मोटो; डरलाग्दो; कडा; गम्भीर वा कठोर।
85147 सङ्गिन चोरी ना. सरकारी ढुकुटीको चोरी।
85148 सङ्गिनी ना. सँगिनी।
85149 सङ्गी वि. १. साथमा रहने वा सम्पर्कमा आउने। ना.
85150 सङ्गी वि. २. सँगी।