Dictionary

All Word

85201 सङ्घर्षशील वि. १. सङ्घर्षमा लागेको; सङ्घर्षमै जीवन बिताएको।
85202 सङ्घर्षशील वि. २. सङ्घर्ष गरिरहनुपर्ने।
85203 सङ्घर्ष समिति ना. स्वाधीनता, मौलिक अधिकार आदिको प्राप्तिका निम्ति आन्दोलन थाल्ने वा सङ्घर्ष सञ्चालन गर्ने समिति।
85204 सङ्घर्षी वि. १. सङ्घर्ष गर्ने; सङ्घर्षरत।
85205 सङ्घर्षी वि. २. ऊष्मीभूत वा घृष्ट व्यञ्जन (स, ह)।
85206 सङ्घस्थविर ना. बौद्ध मठ वा सङ्घारामका मुख्य भिक्षु।
85207 सङ्घात ना. १. कुनै परिस्थिति वा प्रतिक्रियास्वरूप हुने ठुलो आघात; चर्को मानसिक ठक्कर।
85208 सङ्घात ना. २. कुनै कामका निम्ति सङ्गठित दल; जमात।
85209 सङ्घात ना. ३. दुई वा दुईभन्दा बढी स्वरहरूको मेल (जस्तै- ऐ, औ आदि)।
85210 सङ्घात्मक वि. सङ्घको प्रधानता भएको; सङ्घको रूप दिइएको।
85211 सङ्घात्मक सरकार ना. सङ्घीय राज्यमा सम्बन्धित विभिन्न राज्यको प्रतिनिधित्व भएको सरकार।
85212 सङ्घार ना. सँघार; दैलाको ठेलो।
85213 सङ्घार ना. १. फजुल खर्च र जथाभाबी गरी भएभरको सम्पत्ति स्वाहा पार्ने काम; संहार।
85214 सङ्घार ना. २. सबै थोक सिद्ध्याउने काम; सत्यानाश; बरबादी।
85215 सङ्घाराम ना. बौद्ध भिक्षुहरू निवास गर्ने मठ; विहार।
85216 सङ्घारे वि. १. फजुलमा सम्पत्ति उडाउने स्वभावको; सङ्घार गर्ने; संहारे।
85217 सङ्घारे वि. २. सबै कुरा नाश पार्ने; सर्वनाशी; सत्यानाशी।
85218 सङ्घीय वि. सङ्घ भएको; सङ्घसम्बन्धी। ( जस्तो- सङ्घीय गणतन्त्र, राष्ट्रसङ्घीय अधिवेशन आदि)।
85219 सङ्घीयता सङ्घीय हुनाको भाव। (उदा. - नेपालमा सङ्घीयताको परीक्षण हुन बाँकी छ )।
85220 सङ्घीय संविधान ना. आन्तरिक मामिलामा प्रायः स्वतन्त्र हुने तर परराष्ट्रनीति, रक्षा आदि प्रमुख आवश्यक विषयहरूका सम्बन्धमा केन्द्रीय वा सङ्घीय सरकारको अधीनमा रहने राज्य वा सङ्घको संविधान।
85221 सङ्रङ्ग/ सङ्रङ्ङ क्रि.वि. रसजति सबै सुकेर वा सुक्ने गरी।
85222 सङ्रालिनु अ.क्रि. सङ्रालो भएर आउनु; सङ्ग्रालिनु।
85223 सङ्रालो ना. १. प्रवाह बनेर आउने मिठो सम्झना।
85224 सङ्रालो ना. २. सङ्ग्रालो।
85225 सङ्लनु अ.क्रि. १. मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु।
85226 सङ्लनु अ.क्रि. २. नराम्रा कुरा हटेर चित्त सफा हुनु; हृदय निर्मल बन्नु। स.क्रि. ३ मेसो मिलाई तह लाउनु र बटुल्नु (धागो, जनै आदि)।
85227 सङ्लाइ ना. सङ्लने भाव, क्रिया वा प्रक्रिया।
85228 सङ्लाइनु क.क्रि. सङ्लो वा सफा पारिनु; सङ्लने तुल्याइनु।
85229 सङ्लाउनु प्रे. क्रि. सङ्लो वा सफा पार्नु; सङ्लने तुल्याउनु।
85230 सङ्लिनु अ.क्रि. १. सङ्लो होइनु।
85231 सङ्लिनु अ.क्रि. २. सङ्लनु।
85232 सङ्लो वि. १. धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल।
85233 सङ्लो वि. २. हृदय सफा र शुद्ध भएको; निष्पाप; पवित्र।
85234 सचराचर वि. १. चर र अचरसहित (पृथ्वी); स्थावर र जङ्गमले पूर्ण। ना.
85235 सचराचर वि. २. संसार; विश्व।
85236 सचल वि. १. चलायमान; चल्ने; जङ्गम। ना.
85237 सचल वि. २. चल्ने वस्तु; जङ्गम पदार्थ।
85238 सचलता ना. सचल हुनाको भाव वा अवस्था; चञ्चलता।
85239 सचिनु अ.क्रि. सच्याउने काम गरिनु; साँचो कुरा वा शुद्ध रूप रहनु।
85240 सचित्र वि. चित्रहरू समावेश भएको; चित्रसहित।
85241 सचिव ना. १. कार्यपालिकालाई सहयोगसल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रिमण्डलले गरेको निर्णयलाई कार्यान्वित गराउने विशिष्ट तहको कर्मचारी।
85242 सचिव ना. २. कुनै सङ्घसंस्थाका कार्यको संयोजन तथा निर्णय आदि क्रियान्वित गराउने एक प्रमुख पद।
85243 सचिव ना. ३. कुनै प्रमुख व्यक्ति वा उच्च तहका अधिकारीको पत्रव्यवहार, जनसम्पर्क, व्यवस्था सञ्चालन आदि काम गर्ने निजी सहायक (पी. ए.)।
85244 सचिव ना. ४. मन्त्री; अमात्य।
85245 सचिव स्तर ना. १. सचिवहरूले नै गर्नुपर्ने वा विभिन्न मन्त्रालयका सचिवहरूका बिचमा गरिने सम्झौता, जाँच आदि कामकुराको तह।
85246 सचिव स्तर ना. २. दुई सरकारका सचिवका बिच सम्पन्न हुने सम्झौता वा लेनदेन आदिको कामकुरो।
85247 सचिवालय ना. १. कुनै राज्य, प्रान्तीय सरकार वा ठुलठुला सङ्घसंस्थाका सचिवहरूको प्रधान कार्यालय; सेक्रेटरियट।
85248 सचिवालय ना. २. मन्त्रिस्तरीय विभागको प्रशासनलाई नियन्त्रित र सञ्चालित गर्ने उच्च तहको कार्यालय; मन्त्रीहरूको प्रधान कार्यालय; मन्त्रालय।
85249 सचिवी ना. १. सचिवले गर्ने वा सँभाल्ने काम; सचिवको काम वा पद।
85250 सचिवी ना. २. सचिवको ढाँचा वा छाँट।