Dictionary

All Word

85351 सञ्चारण ना. सञ्चार गर्ने वा गराउने काम।
85352 सञ्चारमन्त्री ना. सञ्चार मन्त्रालयको कार्यभार सँभाल्ने मन्त्री।
85353 सञ्चारविद् ना. सञ्चारसम्बन्धी काम वा प्रविधिको ज्ञाता।
85354 सञ्चार विभाग ना. सञ्चारसम्बन्धी काम वा साधनको व्यवस्था मिलाउने र आवश्यक नीतिनियम आदि कार्यान्वित गराउने सरकारी विभाग।
85355 सञ्चार साधन ना. दुई वा धेरै स्थान, व्यक्ति आदिका बिच सम्बन्ध स्थापित गर्ने साधन (तार, हुलाक, रेडियो, टेलिफोन, मोटर, जहाज आदि)।
85356 सञ्चारिका ना. १. सञ्चारकको स्त्रीरूप।
85357 सञ्चारिका ना. २. कुटुनी; दूती।
85358 सञ्चारिणी वि. सञ्चारीको स्त्रीरूप।
85359 सञ्चारी वि. १. सञ्चार गर्ने वा सञ्चार हुने; गतिशील; परिवर्तनीय।
85360 सञ्चारी वि. २. रोग फैलाउने; सरुवा।
85361 सञ्चारीभाव ना. साहित्यिक रसको निष्पत्ति गराउने स्थायी भावहरूमा प्रकट र प्रच्छन्न रहेर रस पुष्टि गर्ने प्रायः सर्वमान्य तेत्तिस प्रकारका भाव। (नाट्यशास्त्रका आचार्य भरतद्वारा उल्लिखित तेत्तिस भावका नाम यी हुन्- निर्वेद, आवेग, दैन्य, श्रम, मद,जडता, औग्य्र , मोह, विबोध, स्वप्न, अपस्मार, गर्व, मरण, अलसता, अमर्ष, निद्रा, अवहित्था, औत्सुक्य, उन्माद, शङ्का, स्मृति, मति, व्याधि, सन्न्यास, लज्जा, हर्ष, असूया, विषाद, धृति, चपलता, ग्लानि, चिन्ता र वितर्क)।
85362 सञ्चालक वि. १. राम्ररी चलाउने; गतिशील पार्ने। ना.
85363 सञ्चालक वि. २. कुनै पनि कामलाई समुचित रूपले चलाउने वा गतिशील पार्ने व्यक्ति; सुव्यवस्थित किसिमले कुनै काम थाल्न वा चलाउन सिपालु मानिस।
85364 सञ्चालन ना. कुनै काम वा व्यवस्थालाई सुचारु रूपले चलाउने काम; गतिशील रूपमा निरन्तर चलाइने कुनै काम वा त्यस्तो कामको समुचित प्रबन्ध।
85365 सञ्चालन समिति ना. कुनै पनि सङ्घ, संस्था, दल आदिको उद्देश्यअनुरूप कार्यक्रमको निरूपण तथा निर्णय गरी आवश्यक व्यवस्था मिलाउने र तिनको कार्यान्वयनसमेत गराउने, सम्बन्धित सदस्यहरूमध्येबाट नियमानुसार गठित समिति।
85366 सञ्चालित वि. व्यवस्थित तरिकाबाट सञ्चालन गरिएको; राम्ररी चलाइएको।
85367 सञ्चित वि. सञ्चय गरिएको; राम्ररी बटुलिएको; जोरजाम गरिएको।
85368 सञ्चित कोष ना. १. भविष्यका निम्ति आवश्यक कार्यलाई जम्मा पारिएको कुनै धन।
85369 सञ्चित कोष ना. २. सरकारलाई प्राप्त हुने सबै किसिमको राजस्व तथा राजस्वको धितो लिइएका सबै कर्जा र ऐनको अधिकार दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त हुने धन आम्दानी बाँधेर राखिने सरकारी कोष।
85370 सञ्चित ज्ञानराशि ना. जम्मा भएको ज्ञानको राशि।
85371 सञ्चिता / सञ्चिति ना. १. सञ्चित वा जम्मा गर्नाको क्रिया वा भाव; जोगाउने काम; बटुलाइ; सञ्चय।
85372 सञ्चिता / सञ्चिति ना. २. तह लगाउने काम; हेरविचार; सुरक्षा।
85373 सञ्जय ना. कौरव र पाण्डवको झिगडामा शान्तिपूर्ण सम्झौता गराउन प्रयत्नशील हुने र धृतराष्ट्रलाई महाभारतयुद्धको प्रत्यक्ष वर्णन सुनाउने उनैका विश्वस्त सारथि।
85374 सञ्जात वि. १. कसैका साथ वा कसैद्वारा उत्पन्न; जन्मेको (जस्तो- वात- सञ्जात= हनुमान् )।
85375 सञ्जात वि. २. प्रकट भएको; देखिएको; व्यक्त। ना.
85376 सञ्जात वि. ३. पुराणका अनुसार एक प्राचीन जाति।
85377 सञ्जात बलि वि. १. मरेको प्राणीको मासु खाने। ना.
85378 सञ्जात बलि वि. २. डुम कौवा।
85379 सञ्जीवन ना. १. राम्रो वा स्वस्थ जीवन।
85380 सञ्जीवन ना. २. कसैको सहवासमा जीवन बिताउने काम।
85381 सञ्जीवन ना. ३. पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी।
85382 सञ्जीवन ना. ४. एक नरकको नाम।
85383 सञ्जीवनी ना. १. मरेको व्यक्तिलाई पुनर्जीवित पार्ने भनिएको एक प्रसिद्ध अमृत।
85384 सञ्जीवनी ना. २. त्यस्तो बुटी विशेष।
85385 सट ना. रोकिने वा बन्द हुने काम; टुटाइ (उदा.- आज बिजुली सट भएछ)।
85386 सटक ना. सडक।
85387 सटक सीताराम ना. कसैलाई थाहापत्तै नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा; ठोकाइ।
85388 सटनी १. कुनै वस्तु परस्पर साट्ने काम; सटही; सटानी।
85389 सटनी २. साटफेर गर्दा लाग्ने दस्तुर; बट्टा।
85390 सटरपटर ना. कुनै काममा फुर्तीफार्ती देखाउने वा विशेष सक्रिय हुने चाल।
85391 सटही ना. १. वस्तु वा मुद्रा विनिमय गर्ने वा साट्ने काम; भजाउने काम; सटनी।
85392 सटही ना. २. रुपियाँपैसा आदि विनिमय गर्दा लाग्ने दस्तुर; बट्टा।
85393 सटही काउन्टर ना. कुनै ब्याङ्कअन्तर्गत वैदेशिक मुद्रा साट्न तोकिएको ठाउँ।
85394 सटही दर ना. मुद्राविनिमय आदिका निम्ति केन्द्रीय वा राष्ट्रबैङ्कद्वारा निर्धारित विभिन्न मुद्राको दर वा भाउ।
85395 सटाइ ना. साट्ने काम वा किसिम; भजाइ।
85396 सटाइनु क.क्रि. साट्न लाइनु।
85397 सटाउनु प्रे. क्रि. साट्न लाउनु।
85398 सटानी ना. हे. सटनी।
85399 सटासट क्रि.वि. १. कुनै काम छिटोछिटो गर्ने गरी; धमाधम।
85400 सटासट क्रि.वि. २. फुर्तीसाथ हिँड्ने चालले; फटाफट।