Dictionary

All Word

85451 सडियल वि. १. सडेको वा कुहिएको; सड्ने जातको।
85452 सडियल वि. २. नासिने र बिग्रिने; बेकम्मा।
85453 सडुवा वि. सड्ने खालको; सड्न लागेको। स्त्री. सडुवी।
85454 सड्कनु अ.क्रि. हे. सट्कनु।
85455 सड्कन्ताम् वि. १. सड्कने बानी भएको। ना.
85456 सड्कन्ताम् वि. २. सुइँकुच्चा; भगाइ।
85457 सड्काइ ना. सड्कने तथा सड्काउने भाव, क्रिया वा प्रक्रिया।
85458 सड्काइनु क.क्रि. सड्कन लाइनु।
85459 सड्काउनु प्रे. क्रि. सड्कने पार्नु; सट्काउनु।
85460 सड्कुवा वि. सड्कने स्वभावको; सड्केको।
85461 सड्को ना. सट्को।
85462 सत् वि. १. सत्तायुक्त; वर्तमान; विद्यमान; मौजुद।
85463 सत् वि. २. वास्तविक; यथार्थ; सत्य।
85464 सत् वि. ३. टिकिरहने; स्थायी; नित्य।
85465 सत् वि. ४. धर्मात्मा; पुण्यात्मा।
85466 सत् वि. ५. उच्च; श्रेष्ठ; उत्तम।
85467 सत् वि. ६. चोखो र निर्दोष; पवित्र। ना.
85468 सत् वि. ७. सत्य; ईश्वर।
85469 सत् वि. ८. सद्गुणी व्यक्ति; सज्जन; साधु।९. ब्रह्म वा परमात्मा। १०. धर्म।
85470 सत् वि. ११. पातिव्रत्य; सतीत्व।
85471 सत ना. १. कुनै वस्तु वा पदार्थको सार; सत्त्व।
85472 सत ना. २. अस्तित्व; सत्ता।
85473 सतचालिस ना. १. छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क। वि.
85474 सतचालिस ना. २. चालिस र सात जोड्दा हुने वा छयालीसपछिका सङ्ख्याको।
85475 सतचालिसौँ वि. सतचालिस सङ्ख्यामा पर्ने; सतचालिस सङ्ख्याको।
85476 सतचालीस ना. हे. सतचालिस।
85477 सतचालीसौँ वि. हे. सतचालिसौँ।
85478 सतचुर/सतचुर्न वि. १. सयौँ टुक्रा भएर फुटेको; टुक्रैटुक्रा भएको।
85479 सतचुर/सतचुर्न वि. २. निथाचूर्ण।
85480 सतत क्रि.वि. १. अवच्छिन्न रूप वा अटुट क्रमले; एकनाससित; निरन्तर; लगातार।
85481 सतत क्रि.वि. २. सधैँभरि; हमेसा।
85482 सतपदी ना. सप्तपदी।
85483 सतबिउ / सतब्यु ना. सद्मी।
85484 सतभतार ना. १. सयौँ लोग्ने बनाएकी वा नाठा खेलाउने स्वास्नीमानिस; रन्डी; वेश्या; फुँडी। वि.
85485 सतभतार ना. २. ज्यादा अग्लो र मोटो; नसुहाउँदो कदको; बेछाँटको; भद्दा।
85486 सतभतारे ना./ वि. सतभतार।
85487 सतम् ना. सयलाई बुझाउने सङ्ख्या।
85488 सतम् शाखा ना. भारोपेली भाषा-परिवारमध्ये दुई वर्गमा विभाजित (सतम् र केन्तुम् ) शाखामा अघिल्लो वर्ण 'स' को उच्चारण गर्नेहरूको एक शाखा वा वर्ग (भारतेली, इरानेली, स्लाभेली, लिथुआनियाली आदि समूह )।
85489 सतरन्ज ना. बुद्धिचालको खेल वा त्यो खेल खेल्ने साधन।
85490 सतरन्जा ना. विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा।
85491 सतरन्जी ना. सानो सतरन्जा; सतरन्जा; शतरन्जी।
85492 सतराज ना. एक जातको धानविशेष।
85493 सतर्क वि. १. तर्कपूर्ण वा युक्तियुक्त; तर्क गर्नमा सिपालु।
85494 सतर्क वि. २. जोगिएर रहने; सचेत; सावधान।
85495 सतर्कता ना. सतर्क हुनाको भाव, गुण वा अवस्था; सावधानी।
85496 सतसट्ठिऔँ / सतसट्ठियौँ वि. सतसट्ठी सङ्ख्यामा पर्ने; सतसट्ठी सङ्ख्याको।
85497 सतसट्ठी ना. १. छयसट्ठीपछिको सङ्ख्या वा गन्ती; ६७-को अङ्क। वि.
85498 सतसट्ठी ना. २. साठी र सात जोड्दा हुने सङ्ख्याको।
85499 सतसट्ठीऔं / सतसट्ठीयौं वि. हे. सतसट्ठिऔँ।
85500 सतह ना. कुनै वस्तुको माथिल्लो तहसम्म भएको भाग; माथिल्लो तह।