Dictionary

All Word

85551 सत्कीर्ति ना. असल कामकुरा गरेर पाइने कीर्ति वा नाम; सुयश।
85552 सत्कुल ना. असल कर्मबाट लोकमा नाम चलेका व्यक्तिहरू जन्मेको कुल; उच्च कुल; ठुलो घराना।
85553 सत्कृत वि. १. सत्कार वा स्वागत गरिएको; सम्मानित।
85554 सत्कृत वि. २. उचित रूपले गरिएको; राम्ररी गरिएको।
85555 सत्कृति ना. १. आतिथ्यपूर्ण स्वागत; राम्रो सत्कार।
85556 सत्कृति ना. २. राम्रो वा असल काम; सदाचार।
85557 सत्गति ना. सद्गति।
85558 सत्तम वि. १. कुनै मनुष्यजातिमा सबैभन्दा उत्तम वा सर्वश्रेष्ठ वर्ग (जस्तो- द्विजसत्तम, ब्राह्मणसत्तम )।
85559 सत्तम वि. २. परम पूज्य; विशेष आदरणीय।
85560 सत्तरिऔँ / सत्तरियौँ वि. सत्तरीको सङ्ख्यामा पर्ने; सत्तरी सङ्ख्याको।
85561 सत्तरी ना. १. दलिनहरू अड्याउन घरको गारामा वारपार राखिने काठ, फलाम आदिको निदाल; लामो, ठुलो र मोटो काठ। वि.
85562 सत्तरी ना. २. धेरै ठुलो; बडेमाको।
85563 सत्तरी ना. १. उनान्सत्तरीपछिको सङ्ख्या वा गन्ती; ७०-को अङ्क। वि.
85564 सत्तरी ना. २. साठी र दश जोड्दा हुने सङ्ख्याको; सातको दशगुना।
85565 सत्तरीऔँ / सत्तरीयौँ वि. हे. सत्तरिऔँ।
85566 सत्तल ना. यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा व्यक्तिहरूद्वारा ठाउँठाउँमा (विशेषतः देवस्थलहरूमा) निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी; धर्मशाला।
85567 सत्ता ना. १. मूर्त रूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति; विद्यमानता; अस्तित्व।
85568 सत्ता ना. २. उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्तिसामर्थ्य वा अधिकार (जस्तो- राजसत्ता, प्रभुसत्ता आदि )।
85569 सत्ता ना. ३. श्रेष्ठता; उम्दापन।
85570 सत्ता ना. गन्जिफा, तास आदिको सातफुट्टी भएको पत्ती वा चक्की।
85571 सत्ताइस ना. १. छब्बिसपछिको सङ्ख्या वा गन्ती; २७- को अङ्क। वि.
85572 सत्ताइस ना. २. बिस र सातको जोडमा हुने गन्ती वा सङ्ख्याको।
85573 सत्ताइसौँ वि. गन्ती गर्दा सत्ताइस सङ्ख्यामा पर्ने; सत्ताइस सङ्ख्याको।
85574 सत्ताधारी ना. १. देशको शासनसत्ता आफ्ना हातमा भएको वा लिएको व्यक्ति; विद्यमान स्थितिप्रति पूर्ण नियन्त्रण राखेर बस्ने प्रमुख व्यक्ति।
85575 सत्ताधारी ना. २. कुनै विषयको मुख्य अधिकार वा प्रभुत्व पाएको व्यक्ति।
85576 सत्तान्तरित वि. आफूमा रहेको शासनसत्ता अरूलाई सुम्पिएको वा अर्पिएको (कुनै देश, राज्य वा प्रदेश )।
85577 सत्तामुखी वि. सत्ताको मुख ताक्नुपर्ने; सत्ताको मात्रै आशा गर्ने।
85578 सत्तारूढ वि. सत्तामा बसेको; सत्तासीन।
85579 सत्तारूढ दल ना. बहुमतले निर्वाचित भएर सत्तामा बसेको राजनीतिक दल वा पार्टी।
85580 सत्तासीन वि. सत्तामा रहेको वा बसेको; सत्तारूढ।
85581 सत्तु ना. सातु; सतुवा।
85582 सत्ते वि. दुनोटमा सातलाई भनिने वा सातको साटो प्रयोग गरिने (अङ्क वा शब्द, जस्तो- पाँचसत्ते पैतिस, नौसत्ते त्रिसट्ठी इ.)।
85583 सत्ते ना. १. सत्य; साँचो।
85584 सत्ते ना. २. यो कुरा साँचो हो भनी जनाउन किरिया हाल्दा प्रयोग गरिने शब्द; सतोसत। (उदा.- सत्ते मलाई तपाईंको असाध्यै माया लाग्छ)।
85585 सत्ते रामोराम ना. सत्ते; सतोसत।
85586 सत्त्व ना. १. कुनै मूर्त वा अमूर्त वस्तुको विद्यमानता; सत्ता; अस्तित्व।
85587 सत्त्व ना. २. कुनै वस्तुको मुख्य अंश वा सार तत्त्व।
85588 सत्त्व ना. ३. प्रकृतिका तीन गुण-सत्त्व, रज र तममध्ये एक।
85589 सत्त्व ना. ४. जीवनी शक्ति; प्राण; बल; साहस।
85590 सत्त्व ना. ५. जीव वा प्राणी।
85591 सत्त्व ना. ६. स्वभाव; प्रकृति।
85592 सत्त्व ना. ७. जल, वायु, तेज आदि पदार्थ; मूल तत्त्व।
85593 सत्त्व ना. ८. सहज स्वभाव; यथार्थ अवस्था। मृत आत्मा; भूत।
85594 सत्त्वगुण ना. चिर अस्तित्वका लागि आवश्यक वा राम्रो काममा प्रवृत्त तुल्याउने गुण; प्रकृतिका तीन गुणमध्ये उत्तम गुण।
85595 सत्त्वगुणी वि. १. सत्त्वगुणले युक्त; सत्त्वगुण भएको।
85596 सत्त्वगुणी वि. २. उत्तम प्रकृतिको; साधु तथा विवेकी।
85597 सत्पथ ना. असल बाटो; सन्मार्ग; सदाचार।
85598 सत्पात्र ना. कुनै वस्तु अर्पन वा विश्वास गर्न योग्य पात्र; असल व्यक्ति; सज्जन।
85599 सत्पुरुष ना. राम्रो बाटोमा लागेको असल मानिस; सत्पात्र; सज्जन; भलादमी।
85600 सत्यं शिवं सुन्दरम् ना. ज्ञानका क्षेत्रमा मानवताको उत्कृष्ट आदर्श व्यक्त गर्ने सत्य प्रतिष्ठापूर्ण, शिव कल्याणमय र सुन्दर सौन्दर्यप्रिय हुनाको अर्थ द्योतित भएको र चिन्तनमा सत्य, कर्ममा शिवत्व र प्रत्यक्षमा सौन्दर्यको तत्त्वबोध हुने एक सूत्र।