Dictionary

All Word

85401 सटीक वि. टीकाद्वारा अर्थ खुलस्त पारिएको; टीका वा व्याख्यासहितको।
85402 सटुवा वि. १. साट्ने काम गरेको; सटही गरेको।
85403 सटुवा वि. २. साट्ने; सटनी गर्ने।
85404 सट्कनु अ.क्रि. १. कसैले चालै नपाउने गरी लुसुक्क हिँड्नु; सुटुक्क जानु; भाग्नु।
85405 सट्कनु अ.क्रि. २. शरीरका नसा रड्केर पीडा हुनु; झस्को पस्नु।
85406 सट्कनु अ.क्रि. ३. मानसिक स्थिति वा मस्तिष्क खजमजिनु; छँटाहापन आउनु।
85407 सट्काइ ना. सट्कने वा सट्काउने क्रिया वा प्रक्रिया।
85408 सट्काइनु क.क्रि. सट्कन लाइनु।
85409 सट्काउनु स.क्रि. प्रायः चिनजानको व्यक्तिद्वारा कसैले थाहा नपाउने गरी धनमाल सुटुक्क लैजानु; आँखा छलेर चोर्नु। प्रे.क्रि. सट्कने पार्नु।
85410 सट्किनु अ.क्रि. १. सट्कने काम होइनु।
85411 सट्किनु अ.क्रि. २. सट्कनु।
85412 सट्को ना. १. चाल नपाइने किसिमले आउने वा जाने गति।
85413 सट्को ना. २. पलक झिम्क्याउनुभरको क्षण। (उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ)।
85414 सट्क्याइ ना. सट्किने भाव, क्रिया वा प्रक्रिया।
85415 सट्क्याहट ना. सट्किने भाव, स्थिति वा क्रियाप्रक्रिया।
85416 सट्ट क्रि.वि. १. गर्नुपर्ने कामकुरो तुरुन्त वा सफाइका साथ गर्ने गरी।
85417 सट्ट क्रि.वि. २. कुनै वस्तु झटपट सुटुक्क झिक्ने चाले।
85418 सट्ट क्रि.वि. ३. भएको वस्तु सबै सिद्ध्याउने गरेर।
85419 सट्टक ना. अठार उपरूपकमध्ये एक; प्रवेशक, विष्कम्भक केही नहुने र प्रशस्त मात्रामा अद्भुत रसमात्रै पाइने प्राकृत भाषाको उपरूपकको एक भेद।
85420 सट्टा ना. १. वस्तुका निम्ति दिइने कुनै अर्को वस्तु; साटो; बदला।
85421 सट्टा ना. २. साट्ने काम; सटही।
85422 सट्टापट्टा ना. परस्परमा एउटा वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; विनिमय।
85423 सट्टाबिदा ना. सार्वजनिक बिदाका दिनमा काम गर्नुपर्ने कर्मचारीले अर्को कुनै दिनमा बिदा पाउने व्यवस्था।
85424 सट्टाबिर्ता ना. १९६२ सालमा सरकारबाट पाहिक पर्ने जग्गा हरण भई त्यसको सट्टामा दिइएको वा नयाँ मन्जुर गरिएको बिर्ता जग्गा।
85425 सट्टाभर्ना ना. आफूले लिएको कुनै वस्तु खती हुँदा वा हराउँदानासिँदा साटो दिइने अर्को वस्तु अथवा त्यस्तो वस्तु साटो दिने काम।
85426 सट्ठी ना. लिनुदिनुपर्ने रकम वा चिजको छिनाफाना; फच्चे; चुक्ती।
85427 सट्याकसुटुक क्रि.वि. १. गरिएका कामकुरा छिपाएर वा कसैलाई स्पष्ट थाहा नदिईकन।
85428 सट्याकसुटुक क्रि.वि. २. आकलझुकल आउने वा जाने चालसँग।
85429 सट्याकसुटुक क्रि.वि. ३. गोप्य कुराको धेरथोर सुइँको पाएर। ना.
85430 सट्याकसुटुक क्रि.वि. ४. गुप्ती कुरो वा व्यवहार।
85431 सठिया वि. रोपेको साठी दिन वा दुई महिनामा पाक्ने र हुने। ना. त्यस्तरी पाक्ने धान, मकै आदि बाली वा अन्न।
85432 सठिया भटमास ना. मसिनु सेतो गेडा हुने, एक जातको भटमास।
85433 सड्नु अ.क्रि. १. घाम, पानी आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुने गरी कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु।
85434 सड्नु अ.क्रि. २. काठ आदि मकाउनु; बिग्रनु।
85435 सड्नु अ.क्रि. ३. निष्क्रिय हुनु।
85436 सड्नु अ.क्रि. ४. पतित हुनु।
85437 सडक ना. टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग।
85438 सडक विभाग ना. यातायात मन्त्रालयअन्तर्गत रहेको, नयाँ सडकको निर्माण गर्ने र भएका सडकहरूको जीर्णोद्धार तथा मर्मत गर्ने एक प्रमुख अड्डा।
85439 सडक मार्ग ना. मोटर, कार, बस आदि गुड्ने बाटो।
85440 सडन ना. १. सडेको चिज वा व्यक्ति।
85441 सडन ना. २. सड्ने काम।
85442 सडन्ते वि. सड्न लागेको; सड्ने स्वभावको।
85443 सडल ना. सडेबिग्रिएको वस्तु वा व्यक्ति।
85444 सडलपडल ना. १. सडेबिग्रिएर काममा नआइरहेको वस्तु। वि.
85445 सडलपडल ना. २. सडे-पडेको।
85446 सडाइ ना. १. सड्ने भाव, क्रिया वा प्रक्रिया। [सडाउ+आइ]
85447 सडाइ ना. २. सडाउने भाव, क्रिया वा प्रक्रिया।
85448 सडाइनु क.क्रि. सड्ने पारिनु।
85449 सडाउनु प्रे. क्रि. सड्ने पार्नु; नराम्रो अवस्थामा पुर्‍याउनु; बिगार्नु।
85450 सडिनु अ.क्रि. सड्ने हुनु।