Dictionary

All Word

85301 सजिउन ना. सजिवन।
85302 सजिया वि. साजा हकको; धेरै हकदार भएको; सगोलको; गोस्वारा।
85303 सजिलो वि. १. कम प्रयास वा परिश्रमले हुन सक्ने; सुगम; सरल।
85304 सजिलो वि. २. पाहिक परेको; मिल्दोजुल्दो; अनुकूल।
85305 सजिवन ना. १. अँडिरका जस्ता पाँचकुने पात हुने, पहेँला फूल फुल्ने, फेद मोटो हुने एक जातको बोट वा त्यसैको अण्डाकार फल।
85306 सजिवन ना. २. तराई प्रदेशमा हुने अग्ला रुखमा लामा लामा बोडीका आकारका तरकारी खान हुने कोसा फल्ने एक रुख; त्यसैको फल।
85307 सजिवन ना. १. हात्तीकाने; सातला।
85308 सजिवन ना. २. मैथिलीभाषी क्षेत्रमा तरकारी खाइने लौका।
85309 सजिसजाउ वि. १. राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृत।
85310 सजिसजाउ वि. २. ठिकठाक परेको; प्रस्तुत; तयार।
85311 सजीव वि. १. जीव वा प्राण भएको; शरीरधारी; प्राणयुक्त।
85312 सजीव वि. २. ओज वा तेज भएको; ओजस्वी ।ना.
85313 सजीव वि. ३. प्राणी; जीव।
85314 सज्जन ना. १. असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन। वि.
85315 सज्जन ना. २. साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति)।
85316 सज्जनता ना. सज्जनमा रहने गुण वा स्वभाव; भलादमीपन; सौजन्य।
85317 सज्जा ना. १. सजाउने काम; सजावट।
85318 सज्जा ना. २. सजाउने साधन वा उपकरण; वेषभूषा।
85319 सज्जात्मक वि. सज्जा गर्ने; बाह्य सौन्दर्यलाई बढाउने (अलङ्कार आदि)।
85320 सज्जित वि. १. सजिसजाउ भएको; सिँगारिएको।
85321 सज्जित वि. २. तयार पारिएको; तम्तयार।
85322 सज्जी ना. धुने वा सफा गर्ने काममा प्रयोग गरिने प्रसिद्ध क्षार पदार्थ।
85323 सज्जीखार ना. सज्जी।
85324 सज्जीमाटो ना. खारमाटो।
85325 सज्यारु ना. १. अधियाँमा काम गर्ने मोही।
85326 सज्यारु ना. २. कुनै काममा बराबर पुँजी लगाई नाफानोक्सान बेहोर्ने गरी सजियामा काम गर्ने व्यक्ति।
85327 सझिया वि. साझा हकको; सजिया।
85328 सझियार ना. कुनै साझा कामकर्तव्य, लगानी, लाभ आदिमा सम्मिलित व्यक्ति; साझेदार।
85329 सञ्चय ना. १. अलिअलि गरी बटुलेर धेरै पार्ने काम; क्रमैसँग गरिने जोरजाम; जोहो।
85330 सञ्चय ना. २. धेरै परिमाण; राशि; थुप्रो।
85331 सञ्चय कोष ना. १. सरकारी तथा विभिन्न संस्थान, निगम आदिका स्थायी कर्मचारीहरूको भविष्यको व्यवस्थाका निम्ति सेवाको अवधि समाप्त भएपछि मात्र झिकिने सर्तमा मासिक वेतनबाट प्रतिशतको हिसाबमा काटिने र थपिने रकम जम्मा गरिएको तथा नियमानुसार ब्याजसमेत वृद्धि हुँदै जाने धन।
85332 सञ्चय कोष ना. २. त्यस्तो रकम वा धन जम्मा गर्ने अड्डा।
85333 सञ्चय कोष ना. ३. कर्मचारी सञ्चय कोष।
85334 सञ्चयन ना. १. सञ्चय गर्ने काम।
85335 सञ्चयन ना. २. फूल आदि चुन्ने वा छान्ने काम।
85336 सञ्चयी वि. १. सञ्चयवृत्ति भएको; सञ्चय गर्ने।
85337 सञ्चयी वि. २. लोभी स्वभावको; कृपण।
85338 सञ्चरण ना. १. टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ; डुलाइ।
85339 सञ्चरण ना. २. फिँजाउने काम; फैलाउ।
85340 सञ्चरित वि. सञ्चार भएको; फैलिएको।
85341 सञ्चलन ना. १. हिँडडुल गर्ने काम।
85342 सञ्चलन ना. २. कुनै पनि वस्तुको गति; कम्पन; हल्लाइ।
85343 सञ्चार ना. १. हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन।
85344 सञ्चार ना. २. आवतजावत गर्ने बाटो; मार्ग; पथ।
85345 सञ्चार ना. ३. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम।
85346 सञ्चार ना. ४. त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इ.)।
85347 सञ्चारक वि. १. सञ्चार गर्ने; खबर, सूचना आदि फैलाउने।
85348 सञ्चारक वि. २. सङ्क्रमण गर्ने। ना.
85349 सञ्चारक वि. ३. पथप्रदर्शक; नेता।
85350 सञ्चारक वि. ४. कुनै पनि सङ्क्रामक रोगको कीटाणुग्रस्त व्यक्ति, प्राणी वा माध्यम।