Dictionary

All Word

85151 सङ्गीत ना. १. विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन।
85152 सङ्गीत ना. २. नृत्य, गीत र वाद्यवादनको मेल; गानाबजाना।
85153 सङ्गीत ना. ३. बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायनविद्या।
85154 सङ्गीत ना. ४. सामूहिक गान; सहसङ्गीत।
85155 सङ्गीत मार्तण्ड ना. सङ्गीतका विशिष्ट विद्वान्: सङ्गीत भास्कर।
85156 सङ्गीतरूपक ना. गीतप्रधान रूपक वा गीतिनाटक।
85157 सङ्गीतलहरी ना. १. सङ्गीतको लहर वा तरङ्ग।
85158 सङ्गीतलहरी ना. २. सङ्गीतकला वा सङ्गीतविद्याको किताब।
85159 सङ्गीतशाला ना. सङ्गीतालय।
85160 सङ्गीतशास्त्र ना. सङ्गीतका सैद्धान्तिक तथा व्यावहारिक कुरा, नियमविधि, शैलीशिल्प आदिको विवेचना गरिएको शास्त्र; गायनविद्या।
85161 सङ्गीत शिरोमणि ना. सङ्गीतका विशेष ज्ञातालाई प्रदान गरिने, नेपालको एक राष्ट्रिय उपाधि वा सम्मान।
85162 सङ्गीतालय ना. गानाबजाना हुने ठाउँ वा घर; सङ्गीतशाला।
85163 सङ्गृहीत वि. सङ्ग्रह गरिएको; जम्मा पारिएको; बटुलिएको; सङ्कलित।
85164 सङ्ग्रह ना. १. कुनै वस्तु एक ठाउँमा जम्मा गर्ने काम; एकत्रीकरण; सञ्चय।
85165 सङ्ग्रह ना. २. विविध विषय वा रचना जम्मा गरी बनाइएको पुस्तक; सङ्कलन।
85166 सङ्ग्रह ना. ३. स्त्रीसँगको संसर्ग वा समागम।
85167 सङ्ग्रहकर्त्ता ना. सङ्ग्रह गर्ने व्यक्ति; भेला पार्ने मानिस; सङ्कलक।
85168 सङ्ग्रहण ना. सङ्ग्रह गर्ने काम; लिने काम; सँगालाइ।
85169 सङ्ग्रहणी ना. अपच हुने र खाएको वस्तु जस्ताको तस्तै दिसा हुने एक रोग; अतिसारको एक प्रकार।
85170 सङ्ग्रहणीय वि. सङ्ग्रह गर्न योग्य; राख्न लायक वा जम्मा गर्नुपर्ने; सङ्ग्राह्य।
85171 सङ्ग्रहालय ना. प्राचीन महत्त्वका, दुर्लभ र अनौठा वस्तुहरू बटुलेर राखिने ठाउँ वा घर।
85172 सङ्ग्रही वि. सङ्ग्रह गर्ने; जम्मा पार्ने; बटुल्ने।
85173 सङ्ग्रहीता वि. १. सङ्ग्रह गर्ने; एकत्र पार्ने; सङ्ग्रही। ना.
85174 सङ्ग्रहीता वि. २. सारथी।
85175 सङ्ग्राम ना. युद्ध; रण; लडाइँ।
85176 सङ्ग्रालिनु अ.क्रि. १. घाउ, खटिरा, रोग आदि चर्को रूपमा बढ्नु।
85177 सङ्ग्रालिनु अ.क्रि. २. कुटाकुट, रडाको, बाझाबाझि आदि नराम्रोसित चर्कनु।
85178 सङ्ग्रालिनु अ.क्रि. ३. आगाको मुस्लो डरलाग्दो भएर बढ्नु; राँकिनु।
85179 सङ्ग्रालो ना. १. ठुलो झिगडा, विरोध वा सङ्घर्ष; चर्को भिडन्त।
85180 सङ्ग्रालो ना. २. अस्मेलको बाढी।
85181 सङ्ग्राहक वि. सङ्ग्रह गर्ने; सँगाल्ने; बटुल्ने; सङ्ग्रही।
85182 सङ्ग्राह्य वि. सङ्ग्रह गर्न उचित; जम्मा गर्नुपर्ने।
85183 सङ्घ ना. १. कुनै विशेष उद्देश्यको पूर्तिका निम्ति बनेको वा समान उद्देश्य लिएका धेरै व्यक्ति वा सङ्गठित संस्थाहरूको समूह; कुनै विशेष सिद्धान्त, नियम आदिमा आधारित संस्था।
85184 सङ्घ ना. २. समूह; मण्डली; जमात।
85185 सङ्घ ना. ३. बौद्ध भिक्षुहरूको मठ वा समाज।
85186 सङ्घ ना. ४. प्राचीन कालमा प्रचलित एक प्रकारको प्रजातान्त्रिक पद्धति।
85187 सङ्घ ना. ५. परराष्ट्रनीति, रक्षा, मौद्रिक व्यवस्था आदि समान उपयोगका प्रमुख विषयहरू केन्द्रीय सत्तामा राखी अन्य कुरामा स्वायत्त शासनको अधिकार प्रयोग गर्ने अनेक राज्यको सङ्गठन वा एकाइ।
85188 सङ्घटन ना. सङ्गठन।
85189 सङ्घटित ना. सङ्गठित।
85190 सङ्घर्ष ना. १. दुई वा त्यसभन्दा बढी व्यक्ति, दल वा शक्ति बिचमा हुने स्पर्धा; टक्कर।
85191 सङ्घर्ष ना. २. कुनै विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास।
85192 सङ्घर्ष ना. ३. रगडिने वा घोटिने काम।
85193 सङ्घर्ष ना. ४. भिडिने काम; घम्साघम्सी; भिडन्त।
85194 सङ्घर्ष ना. ५. परस्परको हानथाप वा होड; प्रतियोगिता।
85195 सङ्घर्ष ना. ६. दुई थरीका बिचको पेलाइ; ठेलमठेल।
85196 सङ्घर्षण ना. परस्परको रगडिने वा घोटिने काम; जुधाइ; सङ्घर्ष।
85197 सङ्घर्षणात्मक वि. सङ्घर्ष वा सङ्घर्षण हुने; सङ्घर्षण प्रक्रिया प्रमुख भएको।
85198 सङ्घर्षमय वि. १. सङ्घर्षैसङ्घर्षले भरिएको; प्रायः सङ्घर्ष मात्रै भएको।
85199 सङ्घर्षमय वि. २. सङ्घर्ष गरिरहनुपर्ने।
85200 सङ्घर्षरत वि. सङ्घर्षमा लागेको; सङ्घर्षमा तल्लीन; सङ्घर्षी।