Dictionary

All Word

85001 सङ्कर ना. १. अन्तर्मिश्रण; मिलावट।
85002 सङ्कर ना. २. भिन्न जातिका आमाबाबुबाट पैदा भएको सन्तान; ठिमाहा।
85003 सङ्कर ना. ३. एउटै वाक्य वा सन्दर्भमा छुट्ट्याउन नसकिने गरी हुने दुई वा दुईभन्दा बढी अलङ्कारको मिश्रण।
85004 सङ्कर भाषा ना. विभिन्न भाषापरिवारका शब्दको योगबाट बनाइएको भाषा; खिचडी भाषा।
85005 सङ्कर्षण ना. १. मिलेर तान्ने वा घिच्च्याउने काम; खुम्च्याइ।
85006 सङ्कर्षण ना. २. आकर्षण।
85007 सङ्कर्षण ना. ३. हलोजोताइ।
85008 सङ्कर्षण ना. ४. बलरामको एक नाम।
85009 सङ्कलक ना. सङ्कलन गर्ने व्यक्ति; सङाल्ने मानिस; सङ्ग्रहकर्ता।
85010 सङ्कलन ना. १. कुनै वस्तु, सरसामान आदि जम्मा गर्ने वा थुप्य्राउने काम; सङ्ग्रह; बटुलाइ। २ कुनै रचना आदिका उपयोगिताको दृष्टिले समेत छनोट गरी एक ठाउँमा भेला पार्ने काम; सँगालो।
85011 सङ्कलन ना. ३. गणितमा अङ्कहरू जम्मा गर्ने प्रक्रिया; योग; जोड।
85012 सङ्कलन ना. ४. मिल्ने काम; सङ्गम।
85013 सङ्कलित वि. १. सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको।
85014 सङ्कलित वि. २. सञ्चित गरिएको; जगेर्ना गरिएको।
85015 सङ्कलित वि. ३. जोडिएको।
85016 सङ्कल्प ना. १. कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट; मनसुबा।
85017 सङ्कल्प ना. २. देव कार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य वा दानवाक्य।
85018 सङ्कल्प ना. ३. फलको आशाले कुनै धार्मिक वा पुण्यकार्य गर्ने दृढता।
85019 सङ्कल्प ना. ४. तत्काल उपस्थित कुनै समस्याका बारेमा निर्णय गरी परिणाम निकालिने आकस्मिक प्रस्ताव।
85020 सङ्कल्प ना. ५. उद्देश्य; लक्ष्य; विचार; आकाङ्क्षा।
85021 सङ्कल्प बिर्ता ना. कुशबिर्ता।
85022 सङ्कल्पित वि. मानसिक दृढतासाथ कुनै कार्य पूर्ण गर्न निश्चय गरिएको; मनले सङ्कल्प गरिएको।
85023 सङ्कष्ट ना. ठुलो आपत्विपत्को अवस्था; सङ्कट।
85024 सङ्काय ना. उच्चकोटिको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा ( फ्याकल्टी)।
85025 सङ्कीर्ण वि. १. खुला वा फुक्का हृदय नभएको; साँघुरिएको; साँघुरो।
85026 सङ्कीर्ण वि. २. चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित।
85027 सङ्कीर्ण वि. ३. क्षुद्र; नीच।
85028 सङ्कीर्णता ना. १. सङ्कीर्ण हुने चाल वा स्थिति; छोटो विचार; अनुदारदाता।
85029 सङ्कीर्णता ना. २. अनेक वाक्यका पद छ्यासमिस हुँदा हुने वाक्यदोष।
85030 सङ्कीर्ण नास ना. नृतत्त्वशास्त्रका अनुसार सानो नाक हुने एक जातको वानर; वानरको एक भेद।
85031 सङ्कीर्तन ना. भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान।
85032 सङ्कुचित वि. १. खुम्चिएको; साँगुरिएको।
85033 सङ्कुचित वि. २. सानो चित्तको; तुच्छ।
85034 सङ्कुचित वि. ३. सङ्कीर्ण; अनुदार।
85035 सङ्कुल ना. १. भरिभराउ; घना।
85036 सङ्कुल ना. २. परस्परमा मिलेको; संयुक्त। ना.
85037 सङ्कुल ना. ३. परस्परविरोधी असङ्गत कुराहरूको जमघट।
85038 सङ्कुल ना. ४. अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च।
85039 सङ्कुलता ना. सङ्कुल हुनाको भाव, स्थिति वा छाँट।
85040 सङ्कुलित वि. सङ्कुल भएको वा बनाइएको।
85041 सङ्केत ना. १. हात, आँखा, ओठ आदि अङ्ग-उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान।
85042 सङ्केत ना. २. कुनै कुरा निर्देशित गरिने चिह्न; चिनु; प्रतीक।
85043 सङ्केत ना. ३. सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र।
85044 सङ्केतक वि. १. सङ्केत गर्ने; इसारा दिने।
85045 सङ्केतक वि. २. प्रेमी र प्रेमिकाको पूर्वसूचित मिलनस्थल।
85046 सङ्केतचिह्न ना. कुनै नाम, पद आदिको सङ्क्षिप्त रूप दिँदा लेखिने साङ्केतिक चिह्न ( .); छोटकरी नाम (जस्तै- प्रा. प्राध्यापक, सम्पा.- सम्पादक, भू. पू.- भूतपूर्व, का. म. न. पा.- काठमाडौँ महानगरपालिका, रा. स. स.- राष्ट्रिय समाचार समिति इ.)।
85047 सङ्केतपाटी ना. कुनै कुराको सङ्केत दिनका निम्ति सम्बन्धित ठाउँमा राखिएको वा टाँगिएको अक्षर अङ्कित फल्याक वा पातो; सूचनापाटी।
85048 सङ्केतलिपि ना. चाँडोचाँडो भाषण, प्रवचन आदि टिप्नका लागि आविष्कार गरिएको सङ्क्षिप्त रूपमा शब्द, वाक्य आदि लेखिने चिह्नयुक्त लिपि (सर्टह्यान्ड)।
85049 सङ्केतशब्द ना. लामो वाक्य वा कुरोलाई छोटकरीमा बुझाउन प्रयोग गरिने शब्द (उदा.- कृपया उता पल्टाउनुहोस्- कृ. उ. प.), जवाफ आकाशवाणीबाट तुरुन्त पाऊँ- ज. आ. वा. तु. आदि)।
85050 सङ्केतस्थल ना. १. सङ्केत वा इसारा गरिएको ठाउँ।