Dictionary

All Word

84901 सखी ना. २. सहगामिनी; सहेली।
84902 सखी ना. ३. मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा।
84903 सखीभाव ना. वैष्णव सम्प्रदायमा आफूलाई इष्टदेवताकी सखी वा प्रेमिका मानेर उपासना गर्ने भक्तिको एक प्रकार।
84904 सखीसम्प्रदाय ना. आफूलाई अर्को रूपमा नलिई प्रभुको सखी वा प्रेमिकाका रूपमा लिएर उपासना तथा सेवा गर्ने वैष्णव भक्तहरूको एक सम्प्रदाय।
84905 सखुवा ना. राम्रो काठ हुने सालको रुखविशेष।
84906 सख्त वि. १. सिकिस्त; साह्रै (बिरामी )।
84907 सख्त वि. २. कठोर; कडा।
84908 सख्त वि. ३. मजबुत; दृढ।
84909 सख्ती ना. सख्त हुने भाव वा अवस्था; कडापन; कडाइ; कठोरता।
84910 सख्य ना. सखाको भाव; मित्रता।
84911 सख्यभाव ना. १. उपास्य देवलाई आफ्ना साथी वा प्रेमी मान्ने र सम्झने भक्तिको एक भाव।
84912 सख्यभाव ना. २. आफूभन्दा ठुलो वा सानो व्यक्तिलाई त्यस रूपमा नलिई साथीका रूपमा लिने वा हेर्ने काम।
84913 सगण ना. छन्दशास्त्रका अनुसार क्रमशः दुई लघु र एक गुरुबाट बन्ने गण (IIs)।
84914 सगबग ना. सर्प, गँड्यौला, जुकाजस्ता घस्रेर हिँड्ने प्राणी चलमलाउने चाल; हिँड्नेचल्ने काम; सगसग।
84915 सगबगाइ ना. सगबगाउने भाव, क्रिया वा प्रक्रिया; सगबगगराइ।
84916 सगबगाइनु अ.क्रि. सगबगाउने काम होइनु।
84917 सगबगाउनु अ.क्रि. १. सगबग गर्नु; चलमलाउनु।
84918 सगबगाउनु अ.क्रि. २. कुनै कामका निम्ति तम्सनु।
84919 सगबगाउँदो वि. सगबग गर्ने; चलमलाउँदो।
84920 सगबगाहट ना. सगबगाउने भाव, अवस्था वा प्रक्रिया।
84921 सगबगिनु अ.क्रि. सगबग होइनु।
84922 सगबगी ना. सगबग गर्ने काम; सगबग।
84923 सगर ना. १. पुराणकालीन प्रसिद्ध एक सूर्यवंशी राजाको नाम। वि.
84924 सगर ना. २. विष मिलेको; विषयुक्त।
84925 सगर ना. १. आकाश; आस्मान।
84926 सगर ना. २. स्वर्ग (उदा.- सगरका तारा को गन्न सक्छ र !)।
84927 सगरबिट ना. क्षितिज।
84928 सगरमाथा ना. नेपालको सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लामा नाम्चेबजारको उत्तरमा पर्ने, ८,८४८ मिटर अग्लो, विश्वको प्रसिद्ध तथा सर्वोच्च हिमशिखर; झ्यामोलोङ्मा; एभरेस्ट।
84929 सगसग ना. सकसक।
84930 सगसगाइ ना. सगसगाउने भाव, क्रिया वा प्रक्रिया।
84931 सगसगाइनु अ.क्रि. सकसकाइनु।
84932 सगसगाउनु अ.क्रि. सकसकाउनु।
84933 सगसगी ना. सकसकी।
84934 सगसगे वि. सकसके।
84935 सगाइ ना. सगाउने भाव, क्रिया वा प्रक्रिया।
84936 सगाइनु क.क्रि. सघाउ गरिनु; सघाइनु।
84937 सगाउनु स.क्रि. सघाउ गर्नु; सघाउनु।
84938 सगुण वि. १. राम्रा वा असल गुणहरूले युक्त; सद्गुणी; गुणवान्।
84939 सगुण वि. २. साहित्यिक गुणले भरिएको। (लेख, रचना आदि)।
84940 सगुण वि. ३. परिन्जो लागेको। ना.
84941 सगुण वि. ४. सत्त्व, रज र तमोगुणले युक्त ब्रह्म; साकार ब्रह्म।
84942 सगुन ना. १. कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण।
84943 सगुन ना. २. कुनै माङ्गलिक कार्यमा अपशकुन हटाउन र शुभ शकुन जनाउनका निम्ति दमाईं आदिलाई दिइने माङ्गलिक वस्तु।
84944 सगुनी वि. सगुनसम्बन्धी; सगुनको, सगुनयुक्त।
84945 सगुने ना. धामीका शब्दमा घाउखटिराका देवता।
84946 सगोत्र वि. १. कुनै कुलमा वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको। ना.
84947 सगोत्र वि. २. एउटै गोत्र; समान गोत्र।
84948 सगोत्र वि. ३. आफ्नै कुल वा वंश; फुकी; स्वाँगेभाइ।
84949 सगोत्र व्यभिचार ना. आफ्नै वा एउटै गोत्रका केटा र केटीमा हुने अनैतिक यौन सम्बन्ध।
84950 सगोत्र विवाह ना. एउटै गोत्रकी कन्यासँग हुने बिहावारी।