Dictionary

All Word

84751 संस्तवन ना. १. कीर्ति वा यशको गान; प्रशंसा; स्तुति।
84752 संस्तवन ना. २. कुनै व्यक्ति सम्बन्धित काम कुरा वा सेवाका निम्ति योग्य र उपयुक्त भएको पुष्टि दिँदै गरिने प्रशंसा।
84753 संस्तुति ना. १. पूर्ण रूपले हुने स्तुति वा प्रशंसा।
84754 संस्तुति ना. २. अनुमोदन; सिफारिस।
84755 संस्था ना. १. राम्रोसित स्थायी किसिमले रहने काम; ठहराइ; बसाइ।
84756 संस्था ना. २. कुनै धर्म, सङ्गठन, समाज, राजनीति आदिको प्रचारप्रसार वा लोकहितका उद्देश्यले गठन गरिने सार्वजनिक सभा; सङ्घ।
84757 संस्था ना. ३. सरकारी वा गैरसरकारी कार्यालयहरूमा काम गर्ने व्यक्तिहरूको सामूहिक हितका निम्ति तयार भएको सङ्गठित समुदाय।
84758 संस्था ना. ४. व्यावसायिक दृष्टिले कुनै खास नियम तथा सिद्धान्तअनुसार काम गर्ने कुनै सङ्गठित दल वा वर्ग (जस्तो- सहकारी संस्था, साझा संस्था इ.)।
84759 संस्थागत वि. संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो संस्थागत उन्नति, संस्थागत कार्य, संस्थागत विकास आदि)।
84760 संस्थान ना. १. साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था।
84761 संस्थान ना. २. सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारीगैरसरकारी संस्था; निगम। राम्ररी बस्ने काम; बसाइ; स्थिति।
84762 संस्थान ना. ४. सार्वजनिक स्थान।
84763 संस्थान ना. ५. विधिवत् बसाउने वा अड्याउने काम; स्थापना।
84764 संस्थान ना. ६. रूप; आकृति।
84765 संस्थान ना. ७. अस्तित्व।
84766 संस्थान ना. ८. समूह; समष्टि।
84767 संस्थान ना. ९. रचना; निर्माण।
84768 संस्थापक ना. १. आफ्नो धन अर्पण गरी देवालय, विद्यालय,औषधालय, पुस्तकालय आदि सार्वजनिक महत्त्वका कार्य गर्ने वा कुनै सभा, सङ्गठन, संस्था आदिको प्रथम स्थापना गर्ने व्यक्ति।
84769 संस्थापक ना. २. कुनै नयाँ काम, मत, सम्प्रदाय आदिको उठान गर्ने वा प्रवर्तन गर्ने व्यक्ति; प्रवर्तक।
84770 संस्थापक सदस्य ना. कुनै सङ्घ, संस्था, मत, सम्प्रदाय आदिको स्थापना गर्ने प्रथम समूहमध्येको एक व्यक्ति।
84771 संस्थापन / संस्थापना ना. १. राम्ररी स्थापित गर्ने वा बसाउने काम; नडगमगाउने हिसाबले राख्ने काम।
84772 संस्थापन / संस्थापना ना. २. उद्योगयन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान।
84773 संस्थापन / संस्थापना ना. ३. कुनै नयाँ कार्य, विषय, परम्परा, मूल्य आदि कायम गर्ने वा तिनलाई नयाँ रूपमा परिणत गर्ने काम।
84774 संस्थापनीय वि. संस्थापन गर्न उचित वा योग्य; संस्थापन हुन सक्ने; संस्थाप्य।
84775 संस्थापित वि. संस्थापन गरिएको वा भएको; व्यवस्थित रूपमा स्थापना गरिएको।
84776 संस्थाप्य वि. संस्थापन गर्न योग्य वा उचित; संस्थापनीय।
84777 संस्थित वि. १. राम्ररी रहेको; नडग्ने गरी अडेको; स्थिर रूपमा स्थापित।
84778 संस्थित वि. २. ठडिएको; उभिएको; खडा।
84779 संस्थित वि. ३. एकत्र गरिएको।
84780 संस्थित वि. ४. देहावसान भएको; मरेको।
84781 संस्थिति ना. संस्थित वा खडा हुनाको भाव वा अवस्था; स्थिरता।
84782 संस्पर्श ना. १. राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया।
84783 संस्पर्श ना. २. कुनै नयाँ प्रवृत्तिको प्रभाव।
84784 संस्पर्शी वि. संस्पर्श गर्ने (व्यक्ति)।
84785 संस्मरण ना. १. बारबार सम्झनामा आउने बितेका दिनको कुरो; मिठो सम्झना; मधुर स्मृति। २ राम्रोसित वा बरोबर सम्झना गर्ने काम; नामजपाइ; संस्मृति।
84786 संस्मरण ना. ३. पुरानो घटना, वस्तु, महत्त्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराको उल्लेख, कथन वा रचना।
84787 संस्मरणीय वि. संस्मरणयोग्य; सम्झिरहनु पर्ने।
84788 संस्मृति ना. पूर्ण संस्मृति; संस्मरण।।
84789 संहार ना. १. बिग्रने, नासिने र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस।
84790 संहार ना. २. नृशंस हत्या; काटमार; मारामार।
84791 संहार ना. ३. संसारको प्रलय; कल्पान्त।
84792 संहार ना. ४. समाप्ति; अन्त।
84793 संहार ना. ५. सार रूपमा भनिएको कुरो; निचोर।
84794 संहार ना. ६. भेला पार्ने काम; बटुलाइ।
84795 संहारक वि. संहार वा नाश गर्ने; विनाशकारी; संहारकर्ता।
84796 संहारकर्ता / कारी वि. संहार गर्ने; संहारक।
84797 संहित वि. १. एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रित।
84798 संहित वि. २. मिलाइएको वा सम्मिलित गरिएको; जोरिएको; संयुक्त।
84799 संहित वि. ३. संबद्ध; संश्लिष्ट।
84800 संहित वि. ४. अधिकारीहरूद्वारा नियम, विधि आदिलाई संहिताका रूपमा ल्याइएको।