Dictionary

All Word

84601 संविभाजन ना. १. कुनै वस्तुलाई अलगअलग पार्ने काम; अंश वा भाग लाउने काम।
84602 संविभाजन ना. २. सम्बन्धित व्यक्तिहरूमा भएका दायित्व, दोष, गुण आदि तत्त्वलाई बाँडफाँड गर्ने काम।
84603 संविलयन ना. गणितमा दुई समूहका अङ्कहरू आकस्मिक रूपले बराबर भई निःशेष हुने काम।
84604 संवृत वि. १. कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
84605 संवृत वि. २. छिपेको; लुकेको।
84606 संवृत वि. ३. जोगाड भएको; रक्षित।
84607 संवृत्त वि. १. कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
84608 संवृत्त वि. २. छिपेको; लुकेको।
84609 संवृत्त वि. ३. जोगाड भएको; सुरक्षित।
84610 संवृद्ध वि. राम्ररी बढेको; पूर्ण रूपले बढेको; विकसित भएको; सप्रिएको।
84611 संवृद्धि ना. १. राम्रो वृद्धि; बढिबढाउ; समृद्धि।
84612 संवृद्धि ना. २. सामर्थ्य; शक्ति।
84613 संवेग ना. १. मानसिक वा शारीरिक क्रियामा आउने उत्तेजना; आवेग।
84614 संवेग ना. २. तीव्र वेग; द्रुत गति; शीघ्रता।
84615 संवेग ना. ३. प्रचण्डता; उग्रता।
84616 संवेगात्मक वि. १. संवेग भएको; तीव्र उत्तेजना हुने स्वभावको।
84617 संवेगात्मक वि. २. लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न (प्रकृति, भाव, समस्या आदि)।
84618 संवेदन/संवेदना ना. १. मानिसका मनमा हुने मार्मिक अनुभूति।
84619 संवेदन/संवेदना ना. २. सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति।
84620 संवेदन/संवेदना ना. ३. सूचना दिने काम; विचारप्रकट।
84621 संवेदनीय वि. संवेदन गर्न योग्य; संवेद्य।
84622 संवेद्य वि. संवेदना हुने वा भएको; संवेदनशील; अनुभवगम्य।
84623 संवेद्यता वि. संवेद्य हुनाको भाव वा अवस्था; संवेदनशीलता।
84624 संवैधानिक वि. संविधानले निर्देश गरेअनुसारको; संविधानमा आधारित वा संविधानद्वारा सुरक्षित र व्यवस्थित; संविधान-अनुकूलको।
84625 संवैधानिक अङ्ग ना. संविधानमा उल्लेख भएको वा संविधानद्वारा संरक्षित निकाय (मन्त्रिपरिषद्, सर्वोच्च अदालत, लोकसेवाआयोग, निर्वाचनआयोग, महालेखा परीक्षक आदि )।
84626 संवैधानिक अदालत ना. संविधानमा उल्लिखित तथा संविधानद्वारा संरक्षित र मान्य अदालत।
84627 संवैधानिक उपचार ना. संविधानका मर्यादामा आघात नपुर्‍याई गरिने कार्यहरू; संविधानका आधारमा गरिने सरकारी कार्यवाही।
84628 संवैधानिक कानुन ना. संविधानका आधारमा निर्माण भएका र वैधता प्राप्त गरेका ऐनकानुन।
84629 संवैधानिक राजतन्त्र ना. संविधाले दिएका सीमित अधिकारमा रही नेतृत्व दिने राजा भएको देशको शासनव्यवस्था।
84630 संवैधानिक सरकार ना. संविधानद्वारा सीमित तथा परिभाषित शक्ति मात्र पाएको सरकार; कानुनी रूपको सरकार।
84631 संशय ना. १. कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह; शङ्का।
84632 संशय ना. २. दोधारको अवस्था; दुबिधा।
84633 संशयवाद ना. परम्परादेखिका मान्यता ठिक र बेठिक पनि हुन सक्ने हुनाले आप्त वचनमा मात्र विश्वास गर्न सकिन्न भन्ने एक मत;पूर्वीय दर्शनको एक भेद।
84634 संशयवादी वि. १. संशयवादका सिद्धान्तको समर्थक; संशयको अनुयायी।
84635 संशयवादी वि. २. शङ्कालु स्वभावको; दोधारे।
84636 संशयात्मक वि. यसो हो भनेर किट्न नसकिने; सन्देहयुक्त; सन्दिग्ध (प्रश्न, उत्तर, कुरा आदि)।
84637 संशयात्मा वि. १. मनमा शङ्का लिइराख्ने; शङ्कालु स्वभावको।
84638 संशयात्मा वि. २. विश्वास नगर्ने; आत्मविश्वास नभएको।
84639 संशयालु वि. १. संशय भएको; संशययुक्त।
84640 संशयालु वि. २. संशयशील।
84641 संशयी वि. संशय गर्ने; संशयात्मा।
84642 संशुद्ध वि. १. राम्ररी सफा पारिएको; विशुद्ध; पवित्र।
84643 संशुद्ध वि. २. संशोधन गरिएको; शुद्ध पारिएको; संशोधित।
84644 संशुद्धि ना. १. राम्ररी शुद्ध गर्ने काम; पवित्र पार्ने काम।
84645 संशुद्धि ना. २. पूर्ण संशोधन गर्ने काम।
84646 संशोधक वि. १. संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने।
84647 संशोधक वि. २. संस्कार गर्ने।
84648 संशोधक वि. ३. ऋण फर्छ्याउने। ना.
84649 संशोधक वि. ४. संशोधन गर्ने व्यक्ति; प्रस्तावहरूका सुझाउ वा संशोधनको प्रस्तुतकर्ता।
84650 संशोधकीय ना. कुनै ग्रन्थ आदिको संशोधन गर्नेको भनाइ वा विचार।