Dictionary

All Word

84501 संरक्ष्य वि. राम्ररी रक्षा गरिरहनुपर्ने; संरक्षणीय।
84502 संरचना ना. ज्ञान-विज्ञानसम्बन्धी कुनै पनि वस्तु, तत्त्व आदिका, बनाइएको ढाँचा वा किसिम; बनावट; बनोट (जस्तो- शब्दसंरचना, भावसंरचना, वस्तुसंरचना आदि )।
84503 संरचना विज्ञान ना. विज्ञानका क्षेत्रमा नयाँ वस्तु वा चिजको निर्माण- प्रविधिसम्बन्धी निरूपण तथा विवेचन गरिएको शास्त्र (मर्फोलोजी)।
84504 संरुद्ध वि. गतिमा रोकावट आएको; रोकिएको; बाधा परेको।
84505 संरूप ना. भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै- 'दाँत् + ई = दाँती, दँत्+अन्तृ= दन्ते; दन् + आसो= दनासो'मा दाँत्, दँत् र दन् संरूप हुन्।)।
84506 संलग्न वि. १. कुनै काममा लागेको; लीन भएको।
84507 संलग्न वि. २. जोल्टिएको; सम्बद्ध।
84508 संलग्न वि. ३. नत्थी भएको; जोरिएको; टाँसिएको।
84509 संलग्नता ना. संलग्न हुनाको भाव वा अवस्था; तन्मयता।
84510 संलाप ना. परस्परमा गरिने सरसल्लाह; आपसी वार्तालाप; गुप्त कुराकानी।
84511 संलापक वि. १. संलाप गर्ने; कुराकानी गर्ने ना.।
84512 संलापक वि. २. शृङ्गार र करुणका अतिरिक्त अन्य रस प्रधान हुने, तीन वा चार अङ्क र नायक धूर्त किसिमको हुने एक रूपक।
84513 संलापित वि. संलाप भएको; कुराकानी गरिएको।
84514 संलापी वि. संलाप वा कुराकानी गर्ने; संलापक।
84515 संलाप्य वि. संलाप गर्न योग्य।
84516 संलेख ना. कानुनी वा अन्य कुनै कामकारबाईका बारेमा भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको कागत।
84517 संवत् ना. १. वर्ष; साल; संवत्सर।
84518 संवत् ना. २. विक्रम संवत्।
84519 संवत् ना. ३. कुनै विशिष्ट व्यक्ति वा प्रशासनका पालादेखि आरम्भ भएको वर्षगणना (विक्रम, इस्वी, शक, नेपाल आदि)।
84520 संवत्सर ना. १. बाह्र महिना मिली सौरमानका आधारमा बनेको वर्ष; साल; संवत्।
84521 संवत्सर ना. २. साठीवटा विभिन्न नामका संवत् (प्रभव, विभव, शुक्र, प्रमोद, प्राजापत्य, अङ्गिरस, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, वृष, चित्रभानु, स्वर्भानु, दारुण, पार्थिव, व्यय, वर्षण, सर्वजित्, सर्वधारी, मानुष, विरोधी, विकृत, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्ब, विलम्ब, विकारी, सर्वरी, जव, सुभिक्ष, शोभन, क्रोध, विश्वावसु, पराभव, प्लवङ्ग, कालिक, सौम्य, साधारण, अहिछत्र, पारिवारी, प्रमाथी, आनन्द, राक्षस, अनल, पिङ्गल, सिद्धार्थ, रौद्र, दुर्मति, दुन्दुभी, रक्त, क्रोध र क्षय)। विक्रम संवत्।
84522 संवर ना. १. पानी; जल।
84523 संवर ना. २. सहनशीलता।
84524 संवर ना. ३. आत्मसंयम।
84525 संवर ना. ४. छोप्ने साधन; बिर्को।
84526 संवर ना. ५. बोध; ज्ञान।
84527 संवर ना. ६. छनाइ; रोजाइ।
84528 संवर ना. ७. पुल; साँघु।
84529 संवरण ना. १. रोज्ने काम; छनोट; छनाइ।
84530 संवरण ना. २. विवाहका निम्ति योग्य वर छान्ने काम; वरण।
84531 संवरण ना. ३. ढाक्ने काम; छोपाइ।
84532 संवरण ना. ४. लुकाउने काम; ढाकछोप।
84533 संवरण ना. ५. छोप्ने वस्तु; आवरण।
84534 संवरण ना. ६. पुराणमा वर्णित सूर्यकी पुत्री तपतीसित विवाह गर्ने एक प्रसिद्ध राजा।
84535 संवरण ना. ७. वरणी गर्ने बेलामा कन्याका पिता र दुलाहाका बिचमा पर्दा टाँगी पढिने कथा।
84536 संवरणीय वि. वरण गर्न लायक; वरण गर्न योग्य।
84537 संवर्द्धक वि. १. राम्ररी बढाउने; वृद्धि गराउने; संवर्धन।
84538 संवर्द्धक वि. २. पालनपोषण गर्ने।
84539 संवर्द्धन ना. १. राम्ररी बढाउने काम; संवृद्धि।
84540 संवर्द्धन ना. २. पालनपोषण।
84541 संवर्द्धनी ना. हे. संवर्धनी।
84542 संवर्द्धनीय वि. १. संवर्द्धन गर्न योग्य वा उचित; राम्ररी बढाउनुपर्ने; संवर्धनीय।
84543 संवर्द्धनीय वि. २. पालनपोषण गर्न योग्य।
84544 संवर्द्धित वि. १. राम्ररी बढाइएको; विकसित गराइएको; संवर्धित।
84545 संवर्द्धित वि. २. पालनपोषण गरिएको।
84546 संवर्धक ना. हे. संवर्द्धक।
84547 संवर्धन ना. हे. संवर्द्धन।
84548 संवर्धनीय वि. संवर्द्धनीय।
84549 संवर्धनी ना. बढार्ने वस्तु; कुचो; संवर्द्धनी।
84550 संवर्धित वि. हे. संवर्द्धित।